विनय तामाङलाई बिजयी बनाउन गोजमुमो पार्टीको राजनैतिक कसरत सुरु - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, April 25, 2019

विनय तामाङलाई बिजयी बनाउन गोजमुमो पार्टीको राजनैतिक कसरत सुरु

गफसफ.com, दार्जीलिङ, 25 अप्रेल।
आगामी विधानसभा चुनाउमा गोजमुमो अध्यक्ष विनय तामाङलाई विजयी गराउन गोजमुमोका सम्पूर्ण नेतृत्वहरूले कसरत शुरू गरिसकेका छन्। यही क्रममा गोर्खा जनमुक्ति मोर्चा महासचिव अनित थापाले पनि हिजोदेखि नै दार्जीलिङमा डेरा हालेर बसेका छन्। गोजमुमो दार्जीलिङ महकुमा समिति प्रवक्ता सन्दीप छेत्रीले बताएअनुसार, महासचिव अनित थापाले दार्जीलिङ महकुमाक्षेत्रका विभिन्न शाखा प्रशाखाका नेतृत्व अनि कार्यकर्ताहरूसित धाराबाहिकरूपमा बैठकहरू बसेर सागंठनिक सुढृढीकरण कार्य गरिरहेका छन्।

प्रवक्ता सन्दीप छेत्रीले बताएअनुसार, महासचिव थापाले आज दार्जीलिङ महकुमा अन्तर्गत पर्ने दार्जीलिङ तराई-डुवर्स प्लान्टेसन लेवर युनियनका कार्यकर्ताहरूसगं बैठक गरे जहाँ डीटीडीपीएलयुका केन्द्रीय अध्यक्षा करूणा गुरूङ पनि उपस्थित रहेका थिए।यसबाहेक सुके समष्टिक्षेत्रका प्रतिनिधिहरूलगायत दार्जीलिङ वरिपरिका नेतृत्वहरूसित पनि थापाले बैठक गरेको छेत्रीले बताएका छन्।
पार्टी महासचिव अनित थापाको गोर्खा जनमुक्ति मोर्चाभित्र नै छुट्टै स्थान रहेको छ। सागंठनिक क्रियाकलापहरूमा अनित थापा निक्कै पोख्त छन्। उनकै नेतृत्वमा  खरसाङमा    गोजमुमोको संगठन बलियो छ। यसबाहेक गत लोकसभा चुनाउको समय उनी कालेबुङमा पनि क्याप नै हालेर बसेका थिए जसको फलस्वरूप हाल कालेबुङ पनि सांगठनिकरूपमा निक्कै बलियो बनेको छ। अब दार्जीलिङमा पनि उनले क्याम्प हालेका छन्। पार्टी महासचिवको सक्रियताले उप-विधानसभा चुनाउमा हाम्रो विजयी सुनिश्चित गर्नेछ भन्ने पार्टीलाई विश्वास पनि छ, प्रवक्ता सन्दीप छेत्रीले यसो भने। विधानसभा उप-चुनाउको जम्मै जिम्मा हालमा पार्टी महासचिव अनित थापाले नै आफ्नो काँधमा लिएर खटिरहेको पनि उनको भनाइ छ।

No comments:

Post a Comment

Post Bottom Ad