भाजपाको खर्साङमा शक्ति प्रदर्शन ; राजु विष्टको चुनावी जनसभामा ओर्लियो जनताको भीड - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, April 15, 2019

भाजपाको खर्साङमा शक्ति प्रदर्शन ; राजु विष्टको चुनावी जनसभामा ओर्लियो जनताको भीड

गफसफ.com, खरसाङ  14 अप्रेल।
खरसाङमा तृणमूलको जनसभा गरेको ठीक तीन दिनपछि भाजपाले पनि खरसाङमा जनसभा गरेर शक्ति प्रदर्शन गरेका छन्। आज यहाँको मन्टिभियट खेल मैदानमा भाजपा प्रार्थी राजु विष्टको पक्षमा गोरामुमो, क्रमाकपा, गोर्खालीग, सुमिटी, गोरानिमो, भाजपाको संयुक्त आयोजनामा चुनावी जनसभा सम्पन्न भयो। उक्त जनसभालाई गोरामुमोको वरिष्ठ सदस्य पीसी अग्रवालको अध्यक्षतामा सम्पन्न भयो। यस जनसभामा मुख्य अतिथिको रूपमा गोरामुमो अध्यक्ष मन घिसिङ उपस्थित थिए भने विशिष्ट अतिथिको रूपमा भाजपाको वरिष्ठ नेता मुकुल रोय, अरबिन मनोहर, गोजमुमोको कार्यर्कारी सभापति लोपसाङ लामा, भाजपा जिल्ला अध्यक्ष मनोज देवान लगायत अन्यहरू उपस्थित थिए।

जनसभालाई सम्बोधन गर्दै भाजपा प्रार्थी राजु विष्टले दिदीले अत्यचार गरेपनि हाम्रो मान्छे यसरी भेला भएकोमा खुशी व्यक्त गर्दै बंगालकी मुख्यमन्त्रीमाथि खनिए। उनले भने – “दिदी अब तपाईले हामीलाई खेलाञ्ची ठानेको मैले बुझे, म गोर्खाको छोरा हुँ, मेरो पनि गोर्खाको रगत छ, तपाईले मलाई मणिपुरको हरे, बाहिरको हरे, हो ठीकै हो तर म हिन्दुस्तानी भारतीय गोर्खा हुँ, तपाईलाई बंगलादेशी चल्छ तर भारतीय गोर्खा किन चल्दैन !
विष्टले हामी लुब्धो भएर बसे हामीलाई अझ सताउँछ भन्दै जुन पार्टीको पुलिसले गोर्खाको सन्तानलाई छात्तीमा गोली ठोक्यो त्यही पार्टीलाई भोट दिनु सक्नुहुन्छ भनी प्रश्न गर्दै हामी त्यत्ति लाटा छैनौं अनि हाम्रो सन्तान शहीद भएको बदला लिने सुनौल दिन 18 अप्रेल हो भनी बताए। विष्टले अझ भने – ” बिमल दाजु पनि चाढ़ै आउँदैछ, बिमल सबैको मायाले तानेर छिट्टै पहाड़ आउनेछन्। दिदीलाई बिमल गुरुङ भनेपछि निक्कै डर लाग्दो रैछ, अस्तीको जनसभामा पनि बिमलको नाम पुकारेछन् दिदीले। अहिले 5 हजारभन्दा बेसी दाजु भाइहरू जंगलमा छ, चुनाव सकेर सबैलाई घर फर्काउनेछौं, कसैले पनि जंगलमा बस्नु पर्दैन।
जनसभालाई भाजपाको वरिष्ठ नेता मुकुल रोयले नेपालीमा वक्तव्य शुरू गर्दै राजु विष्टलाई जिताउने आह्वान् गरे ।उनले अातंकवादीहरूको गढ़ बालाकोटमा भारतीय सेनाले हमला गर्दा देशवासीहरू खुशी भए तर दुईजना मात्रै दुःखी थिए ती हुन् राहुल र ममता भनी बताउँदै उनीहरूलाई आतंकी हमलाको पनि प्रमाण चाहियो हरे भनी व्यग्यं पनि गरे। उनले बिमल गुरुङ हाम्रो साथी हो भन्दै राज्यमा लोकतन्त्र जीवित रहन्छ कि रहँदैन शंका छ भन्दै ममताको तानाशाहीले नै बिमल यहाँ आउन नसकेको बताँउदै अब हामी बिमललाई ल्याउनेछौं भनी बताए। जनसभालाई सम्बोधनको क्रममा गोरामुमो केन्द्रीय प्रवक्ता निरज जिम्बाले खरसाङको जनसभालाई ऐतिहासिक बताउँदै माटो , जाति र राष्ट्रिय चिन्हारीको लागि पानी झरी र जाड़ो नभनी जनताहरू उपस्थित भएको जनाउँदै भाजपाको घोषणा पत्र हेरेर नै हामीले भाजपालाई सहयोग गरेको बताए।
उनले भाजपाको घोषणा पत्रले भारतभरिको गोर्खाहरूलाई बोकेको छ भन्दै भाजपाले आफ्नो मुख्य मुद्दा राम मन्दिर निर्माणको मांगलाईभन्दा अघि गोर्खाहरूको मांगलाई अघि राखेको बताए। जिम्बाले भाजपाले गोर्खाहरूलाई माया गरेको बताउँदै अब हामी माया गर्नेलाई कि गोली ठोक्नेलाई भोट दिनु पर्ने हो भनी जनतालाई प्रश्न गरे। जनताले अहिले शिरदेखि पुच्छरसम्म तृणमूल भनेपनि हातको औंला भाजपा भन्ने गरेको बताउँदै निरज जिम्बाले यसपाली भाजपालाई होइन गोर्खाले गोर्खालाई भोट दिनु पर्ने पनि आह्वान् गरे। जनसभालाई अञ्जली शर्मा, बन्दना राई, विकास राई, प्रताप खाती, सबन लामा, दावा पाख्रीन, जेबी तामाङ, अरूण घतानी, मनोज देवान, निमा लामा, बीपी बजगाई आदिले पनि वक्तव्य दिएका थिए।

No comments:

Post a Comment

Post Bottom Ad