अमरसिंह राईले मिरिकमा गरे रोड शो ; चिया श्रमिकहरूलाई कमानमा नै भेटेर भोटको गरे अपिल - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, April 15, 2019

अमरसिंह राईले मिरिकमा गरे रोड शो ; चिया श्रमिकहरूलाई कमानमा नै भेटेर भोटको गरे अपिल


गफसफ.com, मिरिक, 15 अप्रेल।  
लोकसभा चुनाउको ठिक तीन दिन अघि गोजमुमो समर्थित तृणमूल प्रार्थी अमरसिंह राईले मिरिकमा रोड शो गर्दै चुनाउ प्रचार गरेका छन्। यसक्रममा उनले मिरिक चिया कमानमा कार्यरत श्रमिकहरूलाई भेट गरेर आगामी 18 मईको दिन हुने 17 औँ लोकसभा चुनाउमा आफुलाई मतदान गरेर बिजय बनाउने अपिल गरे। यस अवसरमा हिल तृणमूल पार्टीका कार्यकर्ताहरू सँगै गोजमुमो पार्टी कार्यकर्ताहरूको व्यापक उपस्थिति रहेको थियो।

चुनाउ प्रचारको क्रममा प्रार्थी अमरसिंह राईले चिया श्रमिकहरूलाई आफ्नो मेलोमा नै भेट गरेर भलाकुसरी गर्दै भोटको अपिल गरे। उनले चिया श्रमिकहरूका निम्ति सरकारले पर्जा-पट्टा दिने तय भएको भन्दै आफ्नो जमीनको अधिकार प्राप्त गर्नका निम्ति पनि जनताले आफुलाई बिजयी बनाउनुपर्ने अपिल गरे। उनले चिया श्रमिकहरूको अवस्था दिनदिनै बिग्रन्दै गइरहेको भन्दै तृणमूल सरकारले चिया श्रमिकहरूको हितमा धेरै कार्य गरिरहेको दाबी गरे। यसक्रममा उनले चिया श्रमिकहरूको विविध समस्याहरूलाई सरकारसक्षम उठाएको अनि उक्त समस्याहरू समाधान हुने पनि उनले दाबी गरे। श्रमिकहरू दिउँसोको खाना मेलोमा नै खाएर बिश्राम गरिरहेको समयमा पार्थी अमरसिंह राई पुगेका थिए। यसक्रममा श्रमिकले पनि आफ्नो सम्पूर्ण गुणासो प्रार्थी अमरसिंह राई समक्ष खुलेर पोखेका थिए।

हिल तृणमूल कंग्रेस अध्यक्ष एलबी राई मिरिक महकुमा चुनाउ संयोजक अरूण सिग्ची तृणमूल कंग्रेस मिरिक महकुमा समितिका अध्यक्ष अनिल छेत्री युवा समिति अध्यक्ष सोभन घिसिङ नगरपालिका नगरपार्षदगणको विशेष उपस्थितिमा सम्पन्न उक्त चुनाउ प्रचारको क्रममा हजारौंको संख्यामा भेला भएका जनसमर्थकहरूले अमरसिंह राई जिन्दावाद नाराले गुञ्जायमान बनाए। यसैक्रममा मिरिक बजारमा एउटा चुनावी पथ सभालाई सम्बोधन गर्दै गोजमुमो समर्थित तृणमूल कंग्रेस पार्थी अमरसिंह राईले जनताले आफुलाई भोट दिएर सेवा गर्ने मौका दिनुपर्ने अपिल गरे।
उनले जनताको हितमा आफुले धेरै कार्यहरू गर्दै आएको दाबी गर्दै अझ धेर जनताको कार्य गर्ने पनि उनले दाबी गरेका छन्। यसैक्रममा हिल तृणमूल कंग्रेस अध्यक्ष एलबी राई ,मोर्चा मिरिक महकुमा चुनाउ संयोजक अरूण सिग्ची आदिले पनि अमरसिंह राईलाई बिजय बनाउनुपर्ने अपिल गरे।

No comments:

Post a Comment

Post Bottom Ad