भूमिगत नेता विमल गुरुङ भोलि बाघडोगरा विमानस्थल आइपुग्ने गोरखा जनमुक्ति युवा मोर्चा केंद्रीय समिति नामक फेसबुक पेजको दाबी - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, April 3, 2019

भूमिगत नेता विमल गुरुङ भोलि बाघडोगरा विमानस्थल आइपुग्ने गोरखा जनमुक्ति युवा मोर्चा केंद्रीय समिति नामक फेसबुक पेजको दाबी

गफसफ.com, कालेबुङ, 3 अप्रेल।
गोर्खा जनमुक्ति मोर्चाका भूमिगत नेता विमल गुरुङ भोलि भूमिगत अवस्थाबाट बाहिर निस्कने गोरखा जनमुक्ति युवा मोर्चा केंद्रीय समिति – नामक फेसबुक पेजले दाबी गरेको छ। यतिका लामो समयसम्म भूमिगत अवस्थामा रहेका विमल गुरुङ अचानक भोलि दिउँसो 11 बजे बाघडोगरा विमल स्थल आइपुग्ने खबरले सनसनी छाएको छ। जुन समाचार अहि सामाजिक सञ्जाल फेसबुक अनि वाट्सअपहरूमा भाइरल बनिरहेको छ।
गोरखा जनमुक्ति युवा मोर्चा केंद्रीय समिति नामक फेसबुक पेज मा प्रकाशित खबर
गोजमुमो विमल गुटको विभिन्न कार्यक्रमहरूलाई  सामाजिक सञ्जाल फेसबुकमा सक्रियताको साथमा साझा गर्दै आएको उक्त फेसबुक पेजले केहि समय अघि मात्रै भूमिगत नेता विमल गुरुङ भोलि बघडोगरा विमानस्थलमा आइपुग्ने दाबी गरेको हो। जसको लगात्तै पछि फेसबुकमा उक्त खबर मानिसहरूले –‘सेयर’ गरिरहेका छन्।
“भोलि दिनाकं ४/४/२०१९ को दिन सबै सबैलाई अध्यक्ष बिमल गुरुङ ज्युको स्वागतको निम्ति बिहान ११बजे अनुशासित ढंगमा बागडोग्रा बिमानस्थलमा उपस्थित भईदिने आग्रह गरिन्छ” - गोरखा जनमुक्ति युवा मोर्चा केंद्रीय समिति नाम गरिएको फेसबुक पेजले लेखेको छ।
स्मरण रहोस, गत 2017 को 105 दिने बन्ददेखि नै भूमिगत अवस्थामा रहेका विमल गुरुङ माथि पश्चिम बङ्गाल सरकारले विभिन्न मुद्दाहरू लगाएपछि उनी अहिलेसम्म सार्वजनिक रूपले जनता सामु आउन सकिरहेका छैनन्। यस्तो अवस्थामा रोशन गिरी अनि विमल गुरुङले लोकसभा चुनावका निम्ति दार्जीलिङ लोकसभा आसनबाट खडा भएका भाजपा प्रार्थी राजु विष्टको पक्षमा प्रचार गर्न भारतको सर्वोच्च न्यायलयमा अन्तरिक जमानतको अर्जी
गोरखा जनमुक्ति युवा मोर्चा केंद्रीय समिति नामक फेसबुक पेज
चडाएका थिए। जसको सुनवाई गर्दै सर्वोच्च न्यायालयले आज मात्रै उनीहरूले कोलकोता उच्च न्यायालयमा जाने निर्देश दिएको छ भने कोलकोता उच्च न्यायालयलाई आगामी चारदिनभित्रमा मामिलाको सुनवाई गर्ने आदेश समेत दिएको छ। यस्तो अवस्थामा अचानक विमल गुरुङ गुटद्वारा नै सञ्चालनमा रहेको गोरखा जनमुक्ति युवा मोर्चा केंद्रीय समिति – नामक फेसबुक पेजले उक्त समाचार सार्वजनिक गरेपछि मानिसहरू आश्चर्यचकित भएका छन्।
फेसबुकमा जस्ताको त्यस्तै पढ्न तलको लिङ्क थिच्नुहोस्: 

No comments:

Post a Comment

Post Bottom Ad