जनतालाई स्वागतमा पर्खाएर फर्किएन विमल गुरुङ पहाड; बीपी बजगाईँले भने –‘पहाडमा अशान्ति नहोस् भनेर विमल गुरुङको आगमन रद्द गर्‍यौँ’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, April 4, 2019

जनतालाई स्वागतमा पर्खाएर फर्किएन विमल गुरुङ पहाड; बीपी बजगाईँले भने –‘पहाडमा अशान्ति नहोस् भनेर विमल गुरुङको आगमन रद्द गर्‍यौँ’

गफसफ.com, सिलगडी, 4 अप्रेल।
छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको समय चलेको 105 दिनको बन्द अवधी भूमिगत बनेका विमल गुरुङ आज हवाई मार्ग भएर पहाड फर्कने निर्धारित भए पनि अन्तमा समर्थकहरू निराश पार्दै पहाड फर्किएनन्। उनको स्वागतका निम्ति विभिन्न ठाउँहरूबाट बाघडोग्रा विमान स्थल पुगेका समर्थकहरू अन्तमा निराश बनेर फर्कन परेको छ। भूमिगत नेता विमल गुरुङ सँगै अन्य भूमिगत नेताहरूमा रोशन गिरी, निमा तामाङ लगायत मोठ 9 जना फर्कने तय भए पनि केवल दुईजना मात्र बाघडोग्रा विमान स्थलमा ओर्लिए। जसलाई पुलिसले तत्कालै पक्राउ गरेर लगेको छ।

भूमिगत नेता विमल गुरुङहरू आज पहाड फर्कने घोषणा भएपछि बाघडोग्रा विमानस्थल बिहानै पुलिस छाउनीमा परिणत भएको थियो। प्रशासनले सम्पूर्ण सुरक्षा व्यवस्था विमानस्थल परिशरमा कठोर बनाएपछि विमल गुरुङहरू आखिरमा आफ्ना समर्थकहरूलाई अन्तिम क्षणसम्म पर्खाएर पनि आएनन्। जसको कारण उनीहरूको स्वागतमा गएका समर्थकहरू निराश बनेर फर्किए।
यता विमल गुरुङहरू पहाड फर्कन नसकेपछि गोर्खा जनमुक्ति मोर्चा विमल गुटका प्रवक्ता बीपी बजगाईँले आज एक पत्रकार सम्मेलन आयोजना गरेर पहाड नफर्कनुको कारण बताएका छन्। ‘गोजमुमो गान्धीवादी सिद्धान्तलाई विश्वास गर्ने पार्टी हो। आज पार्टीका अध्यक्ष विमल गुरुङहरू पहाडमा आउँदा कतिपय तत्वहरूद्वारा दङ्गा फैलाउने अनि अशान्ति सिर्जना गर्ने सूचना पाएपछी हामीले विमल गुरुङको पहाड फर्कने कर्यक्रम रद्द गरेका हौँ’ बिपी बजगाईँले भने।

उनले अझ भने - ‘विमल गुरुङहरूलाई राजनैतिक प्रेरित बनेर झूटो मुद्दाहरू लगाएको छ। जसको कारण हामी सर्वोच्च अदालतमा गएका हौँ। जसको फलस्वरूप सर्वोच्च न्यायालयले उनलाई उच्च न्यायालयमा जाने भनेपछि उनी आज आउने भएका थिए। जुन कुरा केन्द्रिय समितिको वैठकमा तय भएको हो।’
उनले पत्रकारहरूलाई सम्बोधन गर्दै हिज मिडियामा पार्टी कार्यकर्ताहरूलाई बाघडोग्रामा आउने आह्वान गरेपछि आज सोही अपिल अनुसार पहाडका मानिसहरू आएको भन्दै मानिसहरू स्वेच्छाले चुनावको समय खुलेर बाहिर आउनु आफुहरूका निम्ति खुशीको कुरा हो भनि बताए।
बजगाईँले आज पुलिसले ब्यारिकेट लगाएर स्वागतमा जुटेका जनतालाई रोक्ने कार्य गरेको बताउँदै आफ्ना नेतालाई स्वागत गर्नमा समेत रोक लगाउने कार्य गरेको आरोप लगाएका छन्। ‘आज बाघडोग्रा एउटा छाउनीमा परिणत भयो। कसैलाई भित्र जान समेत दिइएन। हामीले हाम्रो नेतालाई समेत स्वगत गर्न नपाउने भयौँ। यतिमात्रै होइन बाटोमा समेत ब्यारिकेट लगाएर रोक्ने कार्य भयो’ बीपी बजगाईँले भने।
उनले पुलिसले सुरक्षाको हिसाबले गरेको कार्य ठिकै हुनसक्ने बताउँदै यता जीटीएका एकजना नेत्री छिरिङ दहाल विमानस्थलभित्र प्रवेश गरेर विरोध गर्दै गरेको घट्नाले भने बङ्गालमा न्यायको तराजु बराबर छैन भन्ने प्रमाणित भएको पनि दाबी गरे।
‘हामीलाई आज अथवा भोलि जलपाईगडी न्यायालयमा जान थियो। त्यसभन्दा अघि उनलाई पहाडमा राख्ने थियौँ तर पहाडमा जाँदा बाटोमा धेरै प्रकारका मानिसहरू बसेको हामीले अपुष्ट खबर पायौँ। जसको कारण दङ्गा समेत फैलिन सक्ने थियो। यो सूचनाहरू हामीले पाएका थियौँ। गोर्खा जनमुक्ति मोर्चा गान्धीवादी दर्शनलाई मान्छ। हामीले कहिल्यै हिंसालाई प्रोत्साहन दिएनौँ’ बीपी बजगाईँले भने।
उनले अझ भने – ‘अहिले चुनावको समय छ। हामी चुवान जितिरहेका छौँ। यस्तो अवस्थामा उनी आउँदा दङ्गा भड्किए, पहाडमा अशान्ति फैलिएको हामी चाहँदैनौँ। हामी शान्ति चाहन्छौँ। यसैकारण केन्द्रिय समिति बसेर एउटा निर्णय लियौँ। विमल गुरुङ उडानको आधा घण्टा अघिसम्म आउन चाहन्थे तर, पहाडलाई एउटा आगोबाट बँचाउन, दङ्गा हुनबाट बँचाउन उनको आगमनलाई रद्द गर्‍यौँ। तर जुन दस्तावेजको आधारमा अपिल गर्न सक्नेथियौँ तर त्यो लिएर आइरहेका दुईजनालाई आउँदा आउँदै पुलिसले पक्राउ गरे।’

No comments:

Post a Comment

Post Bottom Ad