सिलगडीमा चुनाव प्रचार गर्न आएका प्रधानमन्त्री नरेन्द्र मोदीले बिर्सिए ‘गोर्खाको सपना’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, April 3, 2019

सिलगडीमा चुनाव प्रचार गर्न आएका प्रधानमन्त्री नरेन्द्र मोदीले बिर्सिए ‘गोर्खाको सपना’


गफसफ.com, नयाँ दिल्ली, 3 अप्रेल।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गोर्खाहरूको सपना बिर्सेका छन्। सिलगडीमा चुनावी जनसभालाई सम्बोधन गर्न आइपुगेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम बङ्गालको 41 वटा आसनलाई ध्यानमा राखेर गोर्खाहरूको छुट्टै राज्य गोर्खाल्याण्डको माग सन्दर्भमा केहि बोलेनन्।

यसभन्दा अघि 2014-को लोकसभा चुनाव प्रचारको क्रममा सिलगडी आएका प्रधानमन्त्री मोदीले “गोर्खा का सपना मेरा सपना”- भनेका थिए भने यसपल्ट उनले उक्त सपना बिर्सेर मौनता अप्नाएका छन्। यतिमात्र नभएर मोदीले आजको चुनावी सभामा गोर्खा समुदायका 11 जात गोष्ठिलाई जनजाति बनाउने सन्दर्भमा पनि केहि सम्बोधन गरेनन्। उनले सन् 2016 –को विधानसभा चुनावको क्रममा गोर्खा समुदायका 11 जात गोष्ठिलाई जनजातिको मान्यता दिने घोषणा गरेका थिए भने आज उनले सिलगडीमा आयोजित चुनावी जनसभामा उक्त गोर्खा समुदायका 11 जात गोष्ठिलाई पनि जनजाति बनाउने सन्दर्भमा स्पष्ट रूपले सम्बोधन गरेनन्।

लोकसभा चुनाव प्रचारको क्रममा सिलगडी कावाखाली मैदानमा आयोजित भाजपाको चुनावी जनसभालाई सम्बोधन गर्न आइपुगेका प्रधानमन्त्री नरेन्द्र मोदीले विशेष गरेर गोर्खाहरूलाई विशेष सम्बोधन गर्ने दार्जीलिङ पहाडका मानिसहरूले अपेक्षा राखेका थिए। गोजमुमो विमल गुट अनि गोरामुमो पार्टीले भाजपा प्रार्थी राजु विष्टलाई समर्थन गरेको कारण अनि अघिबाट दुईचोटी भाजपाले दार्जीलिङ आसनबाट चुनाव जितेको कारण पनि आज प्रधानमन्त्री नरेन्द्र मोदीले गोर्खाहरूलाई सम्बोधन गर्ने पहाडका जनताले आशा साँचेका थिए। तर पहाडवासीले साँचेको आशालाई उनले निराशामा परिवर्तन गर्दै गोर्खाल्याण्ड गठनको सन्दर्भमा एकै शब्द समेत बोलेनन्।
उनले आफ्नो सम्बोधनमा यसपल्ट ‘गोर्खाल्याण्ड’-को नाउँ त लिएनन् नै तर अघिलो लोकसभा चुनावमा भोट बटुल्नका निम्ति मात्रै भनिएको ‘गोर्खाको सपना मेरो सपना’ समेत भनेनन्।  उनले आजको जनसभा केवल एनआरसीको मुद्दालाई लिएर मात्रै गोर्खाहरूलाई सम्बोधन गरे। भाजपा अध्यक्ष अमित शाहले बङ्गालमा एनआरसी लागु गर्नेछु भनि विवाद चुलिएपछि आज प्रधानमन्त्री मोदीले एन.आर.सीले गोर्खाहरू कुनै अप्ठ्यारो पर्दैन भने।

No comments:

Post a Comment

Post Bottom Ad