जनतालाई बारम्बार ढाँट्ने विमल गुरुङले मुद्दा होइन आफ्नो सुरक्षा मात्रै हेर्दैछ – आलोक कान्त थुलुङ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, April 4, 2019

जनतालाई बारम्बार ढाँट्ने विमल गुरुङले मुद्दा होइन आफ्नो सुरक्षा मात्रै हेर्दैछ – आलोक कान्त थुलुङ

गफसफ.com, दार्जीलिङ 4 अप्रेल।
जनतालाई ढाँट्न खप्पिस रहेका भगौडे नेता विमल गुरुङले यसपल्ट पनि पहाड फर्कन्छु भनेर ढाँटेका छन्। उनले जनतालाई ढाँट्ने कार्य मात्र गरेनन् तर आफ्नै कार्यकर्ताहरूलाई समेत फँसाउने कार्य गरेका छन्। ईन्डिगो एयरलाइन्सको विमानसङ्ख्या 6E2367 मा विमल गुरुङसँगै अन्य आठजनाको टिकट सुरक्षित हुँदा हुँदै पनि भगौडे नेता विमल गुरुङले केवल योगेन्द्र प्रधान र अर्का एकजनालाई सोहि विमानमा पठाएर पक्राउ गर्ने कार्य गरेका छन्।
यसक्रममा आलोक कान्त थुलुङले पत्रकारहरूलाई सम्बोधन गर्दै विमल गुरुङले अब जनतालाई ढाँट्ने कार्य बन्द गर्नुपर्ने सुझाव दिएका छन्। आलोक कान्त थुलुङले भने -‘लेबोङको जनसभामा विमल गुरुङले सम्पूर्ण धर्मका महान् पुस्तकहरू शीरमा राखेर कसम खुवाएका हुन् तर उनले जीटीएको चौकिमा मात्रै बस्ने कार्य गरे। यो भन्दा ठूलो ढाँट के मान्नु?’। यसक्रममा उनले पछिबाट जीटीएको चौकि त्यागेर पुन त्यहीँ त्यागेको चौकिमा बसेर जनतालाई धोका दिएको उदाहर्ण दिँदै आज पुन पहाड फर्कन्छु भनेर पहाडका मानिसहरूलाई अझै एकचोटी ढाँटेको पोख्रेलले बताएका छन्।
‘विमल गुरुङले सन् 20110 मा गोर्खाल्याण्ड ल्याउन सकिन भने निधारमा गोलि ठोकेर मर्छु भनेका हुन्। आज उनै विमल गुरुङ जनतालाई अलपत्र पारेर भागेपछि फेरि पहाडमा फर्कने घोषणा समेत गरेर नफर्कनु ढाँटको पराकाष्ट हो। यस्तो ढाँटको राजनीति गर्नु विमल गुरुङले बन्द गर्नुपर्छ’ आलोक कान्त थुलुङले भनेका छन्।
आलोक कान्त थुलुङले भने – ‘आज ईन्डिगो एयरलाइन्समा टिकट हुँदा पनि उनी नआएर दुईजनालाई भुपार्ने कार्य मात्रै गरे। यसरी जनतालाई बेसी भुपार्ने कार्य नगर्नुहोस्। जनतालाई हुच्च्याएर फसाउँने विमल गुरुङको जनता उनै तकभर समष्टिमा समेत छैन। यतिमात्रै होइन विमल गुरुङले मुद्दा गोर्खाल्याण्डको निम्ति होइन आफ्नो स्वार्थ र चौकिको निम्ति यसरी जनतालाई ढाँट्ने कार्य गरिरहेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad