विमल गुरुङ जनतालाई भुपार्ने मसिन हुन् – विनय तामाङ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, April 4, 2019

विमल गुरुङ जनतालाई भुपार्ने मसिन हुन् – विनय तामाङ


गफसफ.com, कालेबुङ, 4 अप्रेल।
विमल गुरुङ जनतालाई भूपार्ने मसिन हुन्। उनले आउँछु आउँछु भनेको दुई वर्ष भइसक्यो तर आजपनि आउन सकेन। यसभन्दा अघि पनि उनले घरि अडियो पठाएर त घरि भिडियो पठाएर बारम्बार आउँछु भनेका हुन्। तर, उनी आउन सकेनन्। हिजै मात्र उनी पहाडमा फेरि फर्कने भने पनि आज विमानको टिकट हुँदा हुँदै पनि फर्केनन् बरू उनले दुईजना भाइहरूलाई पठाएर भूपारेका छन्। उनी जनतालाई निकास दिने होइन तर भूपार्ने मसिन हुन्’ – उक्त कुरा गोजमुमो अध्यक्ष विनय तामाङले आज कालेबुङमा भनेका हुन्।

गोजमुमो विनय तामाङ समुहद्वारा समर्थित तृणमूल कङ्ग्रेस प्रार्थी अमरसिँह राईको चुनाव प्रचारको क्रममा कालेबुङ आइपुगेका विनय तामाङले लोकसभा चुनाव जितिसकेको दाबी पनि गरे। यसक्रममा उनले गत 2017 को 105 दिने बन्दको क्रममा भूमिगत बनेका नेता विमल गुरुङ आज पहाड फर्कने भनिएर नआएपछि कटाक्ष गर्दै उनले जनतालाई केवल ढाँट्ने कार्य मात्रै गरिरहेको दाबी गरेका हुन्।
उनले आज विमल गुरुङसँगै अन्य आठजना पहाड फर्कने भनेर दुईवटा विमानमा मोठ 9 जनाको टिकट समेत काटे पनि केवल विमल गुरुङले दुईजनालाई पठाएर आफु भने सुरक्षित बस्ने कार्य गरेको आरोप लगाएका छन्। जसले गर्दा गुरुङले जनताको सुरक्षा होइन तर, आफ्नो सुरक्षा हेरेर अरूलाई भने बारम्बार फसाउँने कार्य गरिरहेको आरोप लगाएका छन्।
उनले यसभन्दा अघिका दिनहरूमा पनि जनतालाई ढाँट्ने कार्य गरेको आरोप लगाउँदै सोहि प्रकारणले आज पनि जनतालाई ढाँटेको तर्क दिएका छन्। यसक्रममा उनले चुनावी मैदानमा आफुहरूको जित निश्चित बनिसकेको पनि दाबी गरेका छन्।
उनले पहाडका जनताको पक्षमा यसपल्ट गोजमुमोले तेस्रो मोर्चालाई समर्थन गरेको अनि आफुहरूले आठवटा मागहरू राखेको अनि उक्त सबै मागहरू पहाडका जनताको पक्षमा रहेको पनि दाबी गरेका छन्। उक्त आठ सूत्रीय मागको पहिलो बुँदामा नै पहाडका जनताको चिन्हारीको प्रश्न र राष्ट्रिय सुरक्षाको मुद्दालाई उठान गरेको भन्दै अन्य मुद्दाहरू पनि जनताको हितमा रहेको दाबी गरेका छन्।
यसक्रममा तामाङले भारतीय जनता पार्टी प्रति पनि कटाक्ष गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले यसपल्ट सिलगडीमा आएर गोर्खाको सपना भुलेको भन्दै 11 जात गोष्ठिलाई जनजातिको मान्यता दिनेछु भन्ने पुरानो चुनावी बाचा समेत भुलेको बताएका छन्। जसको कारण भाजपालाई गोर्खाहरूले विश्वास गर्नुपर्ने कुनै ठाउँ नरहेको भन्दै जनताले चुनावमा यस्तो पार्टीलाई सही जवाब दिनुपर्ने आह्वान पनि तामाङले गरेका छन्।
अर्कोतर्फ चुनावी सभालाई सम्बोधन गर्नेक्रममा गोजमुमो समर्थित तृणमूल प्रार्थी अमरसिंह राईले पनि चुनावमा आफ्नो जित निश्चित रहेको दाबी गर्दै भाजपाले अहिलेसम्म केवल जनतालाई ठग्ने कार्य गरिरहेको दाबी गरेका छन्।  
‘यो चुनावमा हामी निश्चय जित्नेछौँ। यसपाली जितेर म जनताको समस्यालाई संसदमा उठान गर्नेछु। यसका साथै संसदमा हाम्रो परिचयको संकटलाई पनि उठान गरेर समाधानको पहलमा कार्य गर्नेछु’ प्रार्थी अमरसिंह राईले भने।
यसक्रममा उनले पहाडका मानिसहरूको निम्ति आफ्नो जमीनको मालिकाना हक दिलाउने बाचा गर्दै डीआई फण्ड क्षेत्रमा रहेका मानिसहरूलाई समेत पर्जापट्टा दिलाउने दाबी गरेका छन्। यसका साथै उनले पहाडको सर्वाङ्गिन विकासका कार्यहरूलाई समेत महत्व राखेको भन्दै विशेष गरेर शैक्षिक विकासमा आफुले अझ धेर कार्य गर्ने भन्दै उक्त कार्य भाजपा अनि राजु विष्टले गर्न नसक्ने दाबी गरेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad