बिमल गुरुङको जारी गरे ताजा भिडियो सन्देश; भने - ‘मेरो ईन्काउन्टर हुन सक्थ्यो, त्यसैले आइनँ’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, April 5, 2019

बिमल गुरुङको जारी गरे ताजा भिडियो सन्देश; भने - ‘मेरो ईन्काउन्टर हुन सक्थ्यो, त्यसैले आइनँ’

गफसफ.com, दार्जीलिङ 5 अप्रेल।
दार्जीलिङ पहाड फर्कन्छु भनेर पहाड फर्कन नसकेका भूमिगत नेता विमल गुरुङले आफु आउन नसक्नुको कारण बताउँदै भिडियो सन्देश जारी गरेका छन्। उनले आफु पहाड फर्किएको भए बाघडोग्रा विमान स्थलबाट पुलिसले पक्राउ गर्न सक्ने सम्भावना मात्र नभएर हत्या समेत गर्न सक्ने षडयन्त्र रचेको कारण आफु पहाड नआएको दाबी गुरुङले भिडियो सन्देशमा गरेका छन्।
Bimal Gurung - File Photo
‘मलाई बाघडोग्रा विमान स्थलमा ओर्लिनसाथ पक्राउ गरेर कुनै न कुनै मुद्दामा हाल्न बङ्गालले रणनीति बनाएको थियो। म त्यहाँ पुग्दा बङ्गालको कालो कानूलले राखेका तृणमूलका मानिसहरूले उत्तेजित गराएर हामीभित्रमा झगडा गराउने षडयन्त्र रचेको थियो। अनि त्यहीँ दङ्गामा मेरो ईन्काउन्टर गर्ने षडयन्त्र सएत रचेको थियो। मलाई भगवानले बँचाएका हुन्’ विमल गुरुङले भिडियोमा भनेका छन्।
उनले आफु पहाड फर्कनुको निम्ति विमान स्थलसम्म पुगेको दाबी गर्दै बाघडोग्रा विमानस्थलको सम्पूर्ण अवस्था बुझेर नै आफु अन्तमा कार्यकर्ताहरूको अपिल सुनेर पहाड नआएको उनले दाबी गरेका छ। ‘मैले सम्पूर्ण रिपोर्टहरू लिइरहेको थिएँ। बाघडोग्रा विमानस्थलको सम्पूर्ण रिपोर्ट मलाई आइरहेको थियो। त्यहाँको वातावरण बुझेपछि मलाई मेरा समर्थकहरूले नफर्किने अपिल गरे। तपाईँ बाँच्नु नै जातिको भलाई हुनेछ, तपाईँ आउनु भन्दा नआएकै राम्रो हुनेछ भन्दै मेरा समर्थकहरूले भने। तपाईँ नरहे गोर्खा जातिको भविष्य नै नरहनुसक्छ भन्दै मलाई मेरा मानिसहरूले भनेपछि मैले पनि कुनै अशान्ति नहोस् भने आउन चाहिँन’ विमल गुरुङले भने।
आफुलाई पहाडमा फर्कन नदिनुमा तृणमूल कङ्ग्रेस सरकारको मुख्य भूमिका रहेको भन्दै सर्वोच्च अदालतको आदेशलाई समेत बङ्गाल सरकारले पालन नगरेको गुरुङले आरोप लगाएका छन्\ सर्वोच्च न्यायालयकै आदेश अनुसार आफु अन्तरिम जमानतको निम्ति जलपाईगडीको सर्किट बेञ्चमा आवेदन गर्नका निम्ति आउन लाग्दा बङ्गाल प्रशासनले रोकेको भन्दै यसको जवाब जनताले आगामी 18 अप्रेलका दिन ब्यालेट मार्फत दिनुपर्ने पनि विमल गुरुङले अपिल गरेका छन्।
‘मेरो गोर्खे सन्तानले आफ्नो पीर मर्का सहेर पनि आफ्नो जातिको भलाईको निम्ति मेरो स्वागतका निम्ति आएका थिए। तर अन्तमा उनीहरूले बरू पीर मर्का नै सहन्छौँ तर तपाईँ नआइदिनुहोस् भन्दै जनताले अपिल गरेपछि मैले नआउँदा नै जनताको भलाई हुन्छ भनेर नआउन उचित ठाने’ विमल गुरुङले भने।  
उनले आफु आउँछु भनेर पनि आउन नसक्दा धेरै दुखी रहेको भन्दै बङ्गालले विमान स्थलमा आउँदा षडयन्त्र गरेर नयाँ मुद्दा थोपेर पक्राउ गर्ने प्रयास गर्न षडयन्त्र रचेको पनि आरोप लगाएका छन्। ‘म एकदमै दुखी छु। पीडित छु। मलाई भेट्न तपाईँहरू आउनुभएको थियो तर सुप्रिम कोर्टले दिएको आदेशलाई पनि बङ्गालको तानाशाही राजनीतिले अवहेलना गरेर हामीलाई षडयन्त्रमा फँसाएर मार्ने प्रयास गरे’ विमल गुरुङले अझ भनेका छन् –‘यसैकारण मैले मेरो त्यहाँ कुनै दङ्गाफसाद नहोस् भनेर मैले यो निर्णय लिएँ सम्पूर्ण पहाड, तराई डुवर्सका जनताले मन नदुखाएदिने अपिल गर्दछु।’
गुरुङले अब आफु पहाडमा सम्पूर्ण कानुनी प्रक्रिया अनुरूप सबै कार्य गरेर फर्कने दाबी गर्दै जनतासँग भेट्ने बाचा पनि गरेका छन्। ‘अब म सम्पूर्ण आफ्नो कानूनी विषयलाई एकदमै छिनाफाना गरेर मात्र म तपाईँहरूसँग भेट गर्नेछु’ उनले भनेका छन्।  यसक्रममा उनले गोजमुमो अध्यक्ष विनय तामाङ, अनित थापा छिरिङ दाहाल, आलोक कान्त थुलुङ आदिको नाउँ लिँदै उनीहरूले जातिलाई बेच्ने कार्य गरेको पनि आरोप लगाएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad