विनय तामाङले नामङ्कन भर्न अघि देखाए दर्जीलिङमा शक्ति प्रदर्शन; भने –‘जनताको हितमा निर्णय लिएको हुँ’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, April 26, 2019

विनय तामाङले नामङ्कन भर्न अघि देखाए दर्जीलिङमा शक्ति प्रदर्शन; भने –‘जनताको हितमा निर्णय लिएको हुँ’

गफसफ.com, दार्जीलिङ, 26 अप्रेल।
दार्जीलिङ पहाडका धेरै समस्या समाधान गर्ने अनि पहाडका जमीनको पर्जा-पट्टाविहीन नागरिकहरूलाई पट्टा प्रदान गर्ने संकल्प दोहोर्‍याउँदै आज गोजमुमो अध्यक्ष विनय तामाङले आफ्नो नामाङ्कन पत्र दर्ता गरे। यसका साथै उनले जीटीए (गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन)-का अध्यक्ष पदबाट पनि राजीनामा दिए।

आज उनले रामाङ्कन पत्र पेश गर्नअघि गोर्खा जनमुक्ति मोर्चा, तृणमूल कंग्रेस कार्यकर्ताहरूले यहाँको रेलवे स्टेशनबाट एक र्‍याली निकालेका थिए। जसमा दार्जीलिङ विधानसभा आसनको उपचुनाउमा खडा भएका गोजमुमो उम्मेद्वार विनय तामाङ, महासचिव अनित थापा, दार्जीलिङ हिल तृणमूल कंग्रेस अध्यक्ष एलबी राई, राज्यसभा सांसद वा तृणमूल कंग्रेस नेत्री शान्ता छेत्रीका साथै पार्टीका कैयौं समर्थकहरू सामेल थिए। जसले विनय तामाङ जिन्दावाद, विनय तामाङलाई भोट देऊ भन्ने नारा जिल्लापाल कार्यालयसम्म नै चर्काए। जहाँ उनले दार्जीलिङका महकुमा अधिकारी वा रिटर्निङ अफिसर कौशिक सिन्हाको हातमा आफ्नो नामाङ्कन पेश गरे अनि नेपाली भाषामा शपथ ग्रहण गरे।

यसपछि पत्रकारहरूसित कुराकानी गर्दै उनले यस उपचुनाउमा जितेर विधायक बनेको खण्डमा विधानसभामा पनि आफ्नो मातृभाषा नेपालीमा नै शपथ ग्रहण गर्ने वाचा गरे। उनले भने-सांसदको काम दिल्लीमा पुगेर गोर्खा जातिको चिन्हारी अनि सुरक्षा, गोर्खा जातिलाई भाषिक अल्पसंख्यकको दर्जा दिलाउने साथै अन्य कामहरू गर्नु हो। तर विधायक वा राज्यमा पुगेर मन्त्री बन्नेको काम भूमिहीन जनतालाई भूमि अधिकार दिलाउनु, पहाडका सरकारी कार्यालयहरूमा रहेका रिक्त पदहरूमा नियुक्ति प्रदान गर्नु साथै अन्य छन्। यसको लागि म राज्य र पहाडमाझ एक पुलको रूपमा कार्य गर्नेछु। उनले भने-दार्जीलिङ पहाडका 82 प्रतिशत जनतासित जमीनको मालिकाना अधिकार नै छैन। यसैले राज्यमा एक मन्त्री बनेको खण्डमा यसमाथि अवश्यै काम गर्न सकिनेछ। ताकि हाम्रा जनता आफ्नो जमीनको मालिक बन्न सकुन्।
उनले भने-जीटीए मेरो हातमा आएको 17 महीनाभित्र दार्जीलिङ पहाडमा धेरै समस्याहरू देखें। जसमध्ये कतिपय समस्यालाई जीटीएबाटै समाधान गर्ने काम गरियो अनि समाधान गर्ने दिशामा जोडतोडले काम भइरहेको छ। तर धेरै यस्ता समस्याहरू छन्, जसलाई राज्य सरकारबाटै समाधान गर्न सकिन्छ। जसमा दार्जीलिङ पहाडका 8 वटा खण्डलाई विभाजन गरेर 11 वटा बनाउऩुपर्ने, दार्जीलिङ नगरपालिकालाई महा-नगरपालिकाको दर्जा प्रदान गर्नु, मिरिक नोटिफोइड क्षेत्रलाई पूर्ण नगरपालिकाको दर्जा प्रदान गर्नु, सोनादा, सुकेपोखरीलाई नगरपालिका बनाउऩु अनि बिजनबारीलाई महकुमा बनाउने माग वा मुद्दाहरू सामेल छन्। यदि यस उपचुनाउमा मेरो जीत भए अनि राज्यमा मन्त्रीको पद प्राप्त भए यी समस्याहरूलाई आगामी वर्ष 2021-को विधानसभा चुनाउ अघिसम्म समाधान गर्नेछु। यी समस्याहरूको समाधान गर्नको लागि नै मैले विधानसभामा जाने अनि पार्टीले पनि मलाई विधानसभामा पठाउने निर्णय लिएको हो।
उनले जीटीए अध्यक्षको पदबाट राजीनामा दिएपछि आफू चौकी लोभी होइन भन्ने प्रमाणित गरेको बताउँदै भने-जीटीएको चौकी मेरो हातमा आएपछि धेरैले मलाई चौकी लोभीको आरोप लगाए, तर आज दार्जीलिङ पहाड अनि पहाडका जनताको हितमा मैले त्यो चौकी त्यागेको छु।

No comments:

Post a Comment

Post Bottom Ad