सुप्रिम कोर्टद्वारा भूमिगत नेता विमल गुरुङ अनि रोशन गिरीलाई झट्का; चुनाव प्रचारको निम्ति मागेको अन्तरिम राहातको अर्जी रद्द - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, April 3, 2019

सुप्रिम कोर्टद्वारा भूमिगत नेता विमल गुरुङ अनि रोशन गिरीलाई झट्का; चुनाव प्रचारको निम्ति मागेको अन्तरिम राहातको अर्जी रद्द


गफसफ.com, नयाँ दिल्ली, 3 अप्रेल।
भारतको सर्वोच्च न्यायालयले भूमिगत नेता विमल गुरुङ अनि रोशन गिरीलाई गतिलो झट्का दिएको छ। सर्वोच्च न्यायालयमा भूमिगत नेता विमल गुरुङ अनि रोशन गिरीले लोकसभा चुनाव प्रचारको निम्ति मागेको अन्तरिम राहतको अर्जी रद्द गरेको छ। यसका साथै भूमिगत नेताद्वयलाई कोलकोता उच्च न्यायलयमा आवेदन बुझाउने निर्देश पनि दिएको छ। सर्वोच्च न्यायालयले यस मुद्दामा गुरुङको आवेदनमाथि आगामी चारदिन भित्रमा उच्च न्यायलयलाई सुनवाई गर्नुपर्ने निर्देश पनि दिएको छ।

समाचार एजेन्सी ए.एन.आई-ले प्रकाशित गरेको खबर अनुसार भूमिगत नेता विमल गुरुङ अनि रोशन गिरीले आगामी तीन सप्ताहको निम्ति लोकसभा चुनाव प्रचार गर्न सर्वोच्च न्यायालयमा अर्जी गरेको थियो। उनीहरूलाई आगामी तीन सप्ताह लोकसभा चुनाव प्रचार गर्दा कुनै पनि बलजफ्ती कार्वाही गर्न पाइन्दैनभन्ने आदेश सर्वोच्च दियाजाओस भनि अर्जीमा उल्लेख गरेको थियो। यस अवस्थामा विभिन्न मुद्दाहरू लागेका भूमिगत नेताद्वय विमल गुरुङ अनि रोशन गिरीको अर्जीलाई खारेज गर्दै सर्वोच्च न्यायालयले उक्त अर्जी लिएर कोलकोता उच्च न्यायालयमा जानु भनेको छ।

सर्वोच्च न्यायालयले विमल गुरुङ अनि रोशन गिरीको सन्दर्भमा कोलकोता उच्च न्यायलयलाए आगामी चारदिनभित्रमा सुनवाई गरेर आफ्नो फसेला समेत दिनु भनेको छ। यदि कोलकोता उच्च न्यायालयले उक्त मुद्दाको सुनवाईमा गुरुङ अनि गिरीलाई पक्राउ गर्नमा रोक लगाए उनीहरू चुनाव प्रचार गर्न बाहिर निस्कनेछन् भने यदि रोक नलगाएको खण्डमा उक्त मुद्दा पुन: सर्वोच्च न्यायालयमा नै पुग्ने भएको छ। जसपछि सर्वोच्च न्यायालयले आफ्नो सुनवाई गर्ने सम्भावना रहेको छ।

1 comment:

Post Bottom Ad