गफसफ.com, कालेबुङ, 27 अप्रेल।
दार्जीलिङ
विधानसभा उप-चुनावमा क्रामाकपा पछि गोर्खाल्याण्ड संयुक्त संघर्ष समिति (जीएसएसएस)
ले पनि भाजपा उम्मेद्वारा निरज जिम्बालाई समर्थन नगर्ने घोषणा गरेको छ। जीएसएसएसका
अध्यक्ष किरण बिकेले लोकसभा चुनावमा राष्ट्रिय मुद्दालाई हेरेर भाजपालाई समर्थन
जनाए पनि विधानसभामा भने क्षेत्रिय मुद्दाको उठान हुनपर्ने भएको कारण भाजपा
प्रार्थीलाई समर्थन नगर्ने अडान लिएको स्पष्ट पारेका छन्।
![]() |
FIle Photo |
यसैक्रममा
उनले विधानसभा उप-चुनावमा क्षेत्रीय राजनैतिक दलहरूले संयुक्त रूपले क्षेत्रीय प्रार्थी
खडा गर्न नसक्नुको पक्षि क्षेत्रिय नेतृत्वहरूमा आत्माविश्वासको कमी हो? भन्ने प्रश्न गर्दै यस्तो बाध्यता कहाँबाट आयो
भनेका छन्। ‘क्षेत्रिय पार्टीहरूलाई आफ्नो क्षेत्रिय अस्तित्वलाई अत्मसमर्पण गर्नुपर्ने
स्थिति कहाँबाट आउँदैछ? यो विधानसभा उपचुनाव केवल दार्जीलिङ विधानसभा क्षेत्रभित्र
मात्रै हुँदैछ अनि यस्तो अवस्थामा सबै क्षेत्रिय दलहरूले आफ्नो शक्तिलाई एकमुष्ठ
पारेर मैदानमा उत्रन सकिन्थ्यो। दार्जीलिङ लोकसभा क्षेत्रमा मोठ सातवटा विधानसभा
क्षेत्र छन्। भोलि यी सातवैटै विधानसभामा जतिबेला चुनाव हुनेछ त्यतिबेला झन् के
गर्ने? एउटा आसनमा चुनाव लड्न नसक्ने क्षेत्रिय दलहरूले अब आफ्नो सम्पूर्ण
अस्तित्व गुमाएका हुन्?’ किरण बिकेले प्रश्न तेर्साएका छन्।
उनले
मुद्दाकै सन्दर्भमा कुरा गर्दा पनि अहिलेसम्म दार्जीलिङ पहाडवासीले खेताला मात्र
लगाउने कार्य गरेको हो भन्दै यसपल्ट गोर्खा प्रतिनिधी राजु विष्टबाट धेरै अपेक्षा
राख्न सकिने बताए। यद्यपी विधानसभामा भने पहाडमा भाजपा प्रार्थी जानु क्षेत्रिय
आकाङ्क्षा र क्षेत्रिय मुद्दाको मृत्यु हुनु हो समेत भने।
‘हामीले
क्षेत्रिय मुद्दालाई बोक्न यदि राष्ट्रिय पार्टीका प्रतिनिधी पठायौँ भने त्यहाँ
त्यस दलका प्रतिनिधीले कमलकै फूलले लेखेको स्क्रिप्ट पढ्नेछ। त्यतिबेला हाम्रो
क्षेत्रिय मुद्दा मर्नेछ। क्षेत्रिय मुद्दा सँगै क्षेत्रिय पार्टीहरू पनि मर्नेछ।
यति भएपछि जनताको क्षेत्रिय आकाङ्क्षा पनि पुरा हुनेछैन। यसैकारण हामी क्षेत्रिय
मुद्दामा राष्ट्रिय दलको प्रतिनिधी हुनपर्छ भन्ने कुरालाई पटक्कै समर्थन गर्दैनौँ’
किरण बिकेले भने।
No comments:
Post a Comment