भाजपाको चुनावी घोषणा पत्र केवल आश्वासन रहेको तृणमूलको आरोप; एल.बी राईले भने –‘राजु विष्ट कुनै फ्याक्टर होइन’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, April 8, 2019

भाजपाको चुनावी घोषणा पत्र केवल आश्वासन रहेको तृणमूलको आरोप; एल.बी राईले भने –‘राजु विष्ट कुनै फ्याक्टर होइन’


गफसफ.com, मिरिक, 8 अप्रेल।
भारतीय जनता पार्टीको चुनावी घोषणा पत्र केवल आश्वासन मात्र रहेको हिल तृणमूल अध्यक्ष एल.बी राईले दाबी गरेका छन्। उनले आज पत्रकारहरूसँग कुराकानी गर्नेक्रममा भने –‘भाजपा हामीसँग ईमान्दार छैन। त्यस्तो ईमान्दार नभएको पार्टीसँग जनताले के आशा साँच्नु? उनीहरूको घोषणा पत्र केवल आश्वासन मात्रै हो।’ उनले भाजपा सत्ता हुँदा केहि नगरेको भन्दै अब उनीहरूबाट केहि आशा साँच्न नसकिने पनि बताएका छन्।

यसैक्रममा राईले दार्जीलिङ लोकसभा संसदीय क्षेत्रबाट आफुहरूको जित निश्चित रहेको दाबी गर्दै भाजपा प्रार्थी राजु विष्ट कुनै फ्याक्टर होइन समेत भनेका छन्। उनले मिरिकमा भाजपाको जनसभामा धेरै जनता निस्केको सन्दर्भमा बोल्दै राजु विष्ट आफुहरूको निम्ति कुनै फ्याक्टर नरहेको दाबी गरेका हुन्। यसक्रममा उनले उक्त भीडले आफ्ना पार्टी कार्यकर्ताहरूमा कुनै फरक नपर्ने पनि दाबी गरेका छन्।
यसै अवसरमा एल.बी राईले चिया श्रमिकहरुको निम्ती पर्जा पट्टाको निम्ति राज्य सरकारलेनै पहल गर्ने कुरामा आफु आशावादी रहेको बताउदै आज मिरिक नगरपालिका क्षेत्रका नागरिकहरुले पर्जा-पट्टाको सुबिधा पाएको उदाहरण पनि पेश गरे। ‘तृणमुल काङ्ग्रेस पार्टीको भिजन स्पष्ट छ। जनताले बुझिसकेका छन्। जनता शान्ति एकता र बिकासको पक्षमा रहेका छन्’ राईले भने।

No comments:

Post a Comment

Post Bottom Ad