गोजमुमो विमल गुटका नेता एवम् पूर्व सभासद सुनिल प्रधान तृणमूल कङ्ग्रेसमा सामेल - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, April 8, 2019

गोजमुमो विमल गुटका नेता एवम् पूर्व सभासद सुनिल प्रधान तृणमूल कङ्ग्रेसमा सामेल

गफसफ.com, कालेबुङ, 8 अप्रेल।
गोर्खाल्याण्ड आन्दोलनमाको क्रममा पक्रा परेर आफ्नो खुट्टा समेत भाँचेका पूर्व सभासद सुनिल प्रधानले तृणमूल कङ्ग्रेसको झण्डा ग्रहण गरेका छन्। तृणमूल कङ्ग्रेसका नेता एवम् मन्त्री अरूप विश्वासको बाहुलीबाट पूर्व सभासद प्रधानले आज तृणमूल कङ्ग्रेसको झण्डा ग्रहण गरेर लोकसभा चुनाव अघि आफ्नो दल परिवर्तन गरेका हुन्।
मन्त्री विश्वास आज बेलुकी पख कालेबुङ आइपुगेका छन्। उनले भोलि कालेबुङमा गोजमुमो समर्थित तृणमूल प्रार्थी अमरसिंह राईको पक्षमा चुनाव प्रचार गर्दै रोड शो गर्ने भएको थाह लागेको छ। यसभन्दा अघि उनले आज आफ्ना पार्टी कार्यकर्ताहरूसँग वैठक गरेका छन्। यसैक्रममा कालेबुङ बोङ-दुर्पीन समष्टिका पूर्व सभासद एवम गोर्खा जनमुक्ति मोर्चा विमल गुटका नेता सुनिल प्रधानले आज आफ्नो पार्टी त्यागेर तृणमूल कङ्ग्रेसको झण्डा ग्रहण गरेका हुन्।
गोजमुमो विमल गुट त्यागेर तृणमूल कङ्ग्रेसमा सामेल भएका पूर्व सभासद सुनिल प्रधानले तृणमूल कङ्ग्रेसको विकासको मन्त्रलाई आत्मासाथ गरेर आफु उक्त पार्टीमा सामेल बनेको बताएका छन्। यसक्रममा उनले हाम विमल गुरुङसँग आफु सम्पर्कमा नरहेको भन्दै विमल गुरुङ पहाड फर्कन सक्ने नसक्ने सबै कानुनी प्रक्रिया रहेको बताएका छन्।  
स्मरण रहोस्, छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको क्रममा भूमिगत नेता विमल गुरुङले थालेको डुवर्स चलो अभियानको क्रममा सुनिल प्रधानलाई पुलिसले पक्राउ गरेको थियो। यसै अवधी उनको खुट्टा समेत भाँच्चिएको थियो।

No comments:

Post a Comment

Post Bottom Ad