गोजमुमो विमल गुट अनि गोरामुमो पार्टीबाट तृणमूल कङ्ग्रेसमा सामेल - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, April 8, 2019

गोजमुमो विमल गुट अनि गोरामुमो पार्टीबाट तृणमूल कङ्ग्रेसमा सामेल

गफसफ.com, मिरिक, 8 अप्रेल।
मिरिकमा गोरामुमो-गोजमुमो विमल गुटले भाजपा प्रार्थी राजु विष्टको पक्षमा चुनाव प्रचार गर्दै शक्ति प्रदर्शन गरेको एक दिन बित्न नपाई गोजमुमो विमल गुट अनि गोरामुमो पार्टीका कार्यकर्ताहरू तृणमूल कङ्ग्रेसमा सामेल भएका छन्। मिरिकको सौरेनी समष्टिको साधु गाउँबाट गोरामुमो र गोजमुमो बिमल गुटका मोठ बीस परिवारले आफ्नो दल त्यागेर आज तृणमुल कङ्ग्रेसको झण्डा ग्रहण गरेका छन्।

समर्थन जनाउनेहरूलाई हिल तृणमुल अध्यक्ष एलबी राई, मिरिक ब्लक तृणमुल अध्यक्ष अनिल छेत्री युवा मिरिक तृणमुल अध्यक्ष सोभन घिसिङ आदिले दलीय झण्डा प्रदान गरी तृणमुलमा स्वागत जनाए। सामेल हुनेहरूले मोर्चा बिमल पन्थी र गोरामुमोले यो चुनावमा गलत निर्णय लिएकोले पहाडको शान्ति र बिकाशको पक्षधर तृणमुल नै पहाडको बिकासको निम्ति पक्षधर रहेकोले तृणमुललाई समर्थन जनाएको बताए।
तृणमुल कंग्रेस सौरेनी समष्टि अध्यक्ष अनिल सुब्बाले अब सौरेनी समष्टिमा बिमल पन्थी गोजमुमोको अस्तित्व नरहेको घोषणा गर्दै गोरामुमो पनि अल्पमतमा रहेको बताए।उनले आउदो लोकसभा चुनावमा टीएमसीले जित्ने दाबी गरे।
तृणमुल युवा मिरिकका अध्यक्ष सोभन घिसिङले आजको समर्थन कार्यक्रम तृणमुलप्रति आम जनताको विश्वास रहेको बताउदै आउदो चुनावमा हाम्रो भूमिपुत्र योग्य शिक्षित अमर राईलाई अवश्यै पहाडले जिताउने उनले दाबी गरे।उनले भाजपाले उम्मेदवारले आफ्नै नेपाली भाषा समेत राम्रो बोल्न नसक्ने बताउँदै भाजपालाई भोट दिनु भनेको पहाडको भलो नचाहनु रहेको बताए।

No comments:

Post a Comment

Post Bottom Ad