लोकसभा चुनावमा भाजपालाई सघाउने क्रामाकपाले विधानसभा उप-चुनावमा क्षेत्रिय दललाई सघाउनुपर्ने राख्यो अडान - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, April 25, 2019

लोकसभा चुनावमा भाजपालाई सघाउने क्रामाकपाले विधानसभा उप-चुनावमा क्षेत्रिय दललाई सघाउनुपर्ने राख्यो अडान

गफसफ.com, दार्जीलिङ, 25 अप्रेल।
दार्जीलिङ विधानसभा आसनको उपचुनाउमा राष्ट्रिय पार्टीहरूले क्षेत्रीय पार्टीलाई समर्थन जनाउनुपर्ने क्रामाकपाको अडान छ। आज यसै विषयमाथि जोड दिंदै क्रामाकपाको केन्द्रिय कार्यकारी समितिको बैठक भएको थियो। यसैको जानकारी गराउँदै पार्टीद्वारा गठित उपचुनाउ समितिका समन्वयक किशोर प्रधानले आगामी 19 मईको दिन हुने दार्जीलिङ विधानसभा आसनको उपचुनाउमा पनि साझा उम्मेद्वार नै हुनपर्छ भन्नेमाथि पार्टीले प्रयास जारी राखेको बताए।

उनले भने-गत लोकसभा चुनाउमा क्रामाकपाले आफ्नो नीति, सिद्धान्त आदिलाई पर राखेर भए पनि भारतीय जनता पार्टीलाई समर्थन जनाएको हो। लोकसभा चुनाउमा हामी राष्ट्रिय पार्टीलाई समर्थन जनाएका थियौं भने दार्जीलिङ विधानसभाको उपचुनाउमा राष्ट्रिय पार्टीहरूले क्षेत्रीय पार्टीहरूलाई नै सहयोग प्रदान गर्नपर्छ। यसैले सबै क्षेत्रीय दलहरू एकमतमा आएर साझा उम्मेद्वार खडा गर्नपर्छ अनि यसको लागि क्रामाकपाले विभिन्न पार्टीहरूसित कुराकानी गर्न शुरू पनि गरिसकेको छ। यसबारे आगामी आइतबार फेरि पार्टीको कोर कमिटीको एक बैठक हुनेछ र त्यसमा यस चुनाउबारे अझै व्यापक छलफल गरिनेछ।
यद्यपि, उनले क्रामाकपाले यस उपचुनाउमा पनि लोकसभा चुनाउमा जस्तै साझा उम्मेद्वार खडा गर्ने दिशामा पहल गर्न आवश्यक ठानेको बताए। उनले भने-यस उपचुनाउको लागि नामाङ्कन भर्ने अन्तिम मिति 29 अप्रेल तोकिएको कारण पार्टीले साझा उम्मेद्वारको लागि 28 अप्रेलसम्म प्रयास जारी राख्ने तय गरेको पनि बताए।

No comments:

Post a Comment

Post Bottom Ad