गोर्खाहरूको चिन्हारीको सङ्कट समधान गर्ने ममता ब्यानर्जीको दाबी; विधानसभा चुनावमा गोजमुमोलाई ममताले सघाउने - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, April 11, 2019

गोर्खाहरूको चिन्हारीको सङ्कट समधान गर्ने ममता ब्यानर्जीको दाबी; विधानसभा चुनावमा गोजमुमोलाई ममताले सघाउने

गफसफ.com, दार्जीलिङ, 11 अप्रेल।
राज्यकी मुख्यमन्त्री वा तृणमूल कङ्ग्रेस नेत्री ममता व्यानर्जीले लोकसभा चुनाउमा सहयोगको साटो विधानसभा चुनाउमा गोजमुमोलाई सघाउने वचन दिइन्। उनले स्पष्ट शब्दमा भनिन्-लोकसभा चुनाउमा तृणमूल कङ्ग्रेसले पश्चिाम बङ्गालका 42 वटा आसनमा 42 वटैमा जीत दर्ता गर्नुपर्छ, किनभने दिल्लीमा सत्ता हत्याउनुछ। यसैले यसपालीको लोकसभा चुनाउमा दार्जीलिङ आसनमा गोर्खा जनमुक्ति मोर्चाले तृणमूल कङ्ग्रेसलाई सघाएको छ भने विधानसभा चुनाउमा दार्जीलिङ पहाडका आसनहरूबाट तृणमूल कङ्ग्रेसले गोजमुमोलाई सघाउनेछ। 
•  चियाश्रमिकहरूलाई 104 दिन बन्दावधिको क्षतिपूर्ति दिने
•  गोर्खाको चिन्हारी र सुरक्षा सुनिश्चित गर्ने 
•  चिया-सिन्कोनावासीलाई पर्जा-पट्टा दिने
विधानसभा चुनाउमा दार्जीलिङ पहाडका आसनबहरूबाट तृणमूल कङ्ग्रेसले आफ्नो उम्मेद्वार नै खडा गर्नेछैन। यसैबीच, मुख्यमन्त्री व्यानर्जीले दार्जीलिङ पहाडका चियाश्रमिकहरूलाई 104 दिने दार्जीलिङ पहाड बन्दावधिको क्षतिपूर्ति पनि दिने वाचा गरिन्।
दार्जीलिङको मोटर स्ट्याण्डमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भनिन्-अहिले चुनाउको कारण आदर्श आचार संहिता लागू छ, यसैले कुनै पनि कार्यको घोषणा गर्न सकिन्दैन। तरै पनि दार्जीलिङ पहाडका चियाश्रमिकहरूलाई मानवताको नातामा 104 दिन पहाड बन्द अवधिको क्षतिपूर्ति दिने वाचा गरिन्।
आज दार्जीलिङ लोकसभा आसनबाट खडा भएका गोजमुमो समर्थित तृणमूल कङ्ग्रेस उम्मेद्वार अमरसिंह राईको पक्षमा चुनावी जनसभामा भाग लिन दार्जीलिङ आएकी मुख्यमन्त्री व्यानर्जीले चियाबगानवासी जनता, डीआई फण्ड साथै सिन्कोना बगानवासी जनताको लागि पर्जा-पट्टाको व्यवस्था गरिदिने पनि वचन दिइन्। उनले जीटीएको चुनाउअघि नै यो समस्या समाधान गर्ने पनि आश्वा्सन दिएकी छन्। जसको लागि एक रिभ्यू कमिटीको गठन गरिएको बताउँदै यो कमिटीको रिपोर्ट आएपछि जमीनको सर्वेक्षण गर्ने बताइन्।
यति मात्रै होइन, मुख्यमन्त्रीले गोर्खा जातिको चिन्हारी र सुरक्षाको पनि वाचा गर्दै भाजपाले गोर्खाको लागि केही नगरेको पनि बताइन्। उनले भनिन्-म चुनाउको समय मात्रै दार्जीलिङ पहाड आएको होइन। अहिलेसम्म सयौंपल्ट दार्जीलिङ आइसकेकी छु। किनभने, म दार्जीलिङ पहाडको विकास, बेरोजगारहरूको लागि रोजगार दिन चाहन्छु। तर भाजपाले दार्जीलिङ पहाड वा गोर्खा जातिको लागि के दियो? दार्जीलिङबाट एसएस आहलुवालिया सांसद बनेर गए, तर उनले दार्जीलिङ पहाडको लागि के दिए? भाजपाका साथै विपक्षी पार्टीहरूमाथि कटाक्ष प्रहार गर्दै भाजपाले दार्जीलिङ पहाडलाई अलिकति पनि माया नगर्ने बताइन्।
उनले चौकीदार चोर हो भन्ने नारा गुञ्जाउँदै अघि भनिन्-मणिपुरबाट आएका उम्मेद्वारले चुनाउ जितेको खण्डमा उनी फेरि दार्जीलिङबाट हराएर जानेछन्। जसरी विगतमा दार्जीलिङका सांसद एसएस आहलुवालिया हराएर गएका थिए।
यसअघि गोजमुमो अध्यक्ष विनय तामाङले पनि यस सभालाई सम्बोधन गर्दै दार्जीलिङ पहाडका चियाश्रमिकहरूलाई पहाड बन्दावधिको क्षतिपूर्ति प्रदान गरिदिने, पर्जा-पट्टाको र गोर्खा जातिको चिन्हारी र सुरक्षाको लागि पहल गरिदिने मुख्यमन्त्रीसमक्ष अपील गरेका थिए।
उनले भाजपाका राष्ट्रिय अध्यक्ष अमित शाह आज चुनाउ प्रपचार गर्नको लागि कालेबुङ आएको सन्दर्भ झिक्दै भने-2017-को आन्दोलनकालमा दार्जीलिङ पहाडका 13 जना गोर्खाल्यान्डप्रेमीहरूको मृत्यु हुँदा एक शब्द पनि बोल्न नसक्ने अनि एक घण्टाको लागि पनि दार्जीलिङ आउन नसक्ने  भाजपालाई चुनाउको समय मात्रै याद आउने गरेको स्पष्ट भएको छ। यसैले भाजपाको यस्तो नीतिको विरोधमा पहाडका जनताले अमरसिंह राईको पक्षमा मतदान गर्नुपर्ने पनि आह्वान गरे।

1 comment:







  1. Hi, Friends
    Unbelievable...
    all shopping portal
    in one place A-Z
    under your finger
    Most profitable incomes
    Inviting you to join CASH BAG
    an interesting app which provides you
    incredible offers on Recharge, Money Transfer, Shopping & many more.

    Use my referrer code :

    HZT506374

    Download app from link : https://digitalcashbag.page.link/wPwuqKf17tMj89w99



    Hi, Friends
    Unbelievable...
    all shopping portal
    in one place A-Z
    under your finger
    Most profitable incomes
    Inviting you to join CASH BAG
    an interesting app which provides you
    incredible offers on Recharge, Money Transfer, Shopping & many more.

    Use my referrer code :

    HZT506374

    Download app from link : https://digitalcashbag.page.link/wPwuqKf17tMj89w99

    ReplyDelete

Post Bottom Ad