जस्वन्त सिंह अनि एसएस आहलुवालीलाई प्रार्थी बनाउँदा विमल गुरुङले करोडौँ रूपिया थापेको विनय तामाङले लगाए गम्भीर आरोप ; भने –‘राजु विष्टबाट कति पायौँ?’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, April 16, 2019

जस्वन्त सिंह अनि एसएस आहलुवालीलाई प्रार्थी बनाउँदा विमल गुरुङले करोडौँ रूपिया थापेको विनय तामाङले लगाए गम्भीर आरोप ; भने –‘राजु विष्टबाट कति पायौँ?’

गफसफ.com, कालेबुङ, 16 अप्रेल।
दोस्रोचरण लोकसभा चुनावको प्रचार अभियान थामिएको छ। आगामी 18 अप्रेलका दिन हुने दार्जीलिङ संसदीय क्षेत्रको निम्ति हुने लोकसभा चुनाउको आज अन्तिम प्रचार अभियानको क्रममा गोजमुमो समर्थित तृणमूल कङ्ग्रेस प्रार्थी अमरसिंह राईको पक्षमा कालेबुङमा जनसभा सम्पन्न भयो। गोजमुमो-तृणमूल कङ्ग्रेसद्वारा संयुक्त रूपमा आयोजित उक्त चुनावी जनसभामा प्रार्थी अमरसिंह राई सँगै गोजमुमो अध्यक्ष विनय तामाङ, राज्यसभा सांसद शान्ता छेत्री लगायत पार्टीका अन्य नेत्रीत्ववर्गसँगै समर्थकहरूको भीड जमेको थियो।

चुनाव प्रचारको अन्तिम दिन गोजमुमो अध्यक्ष विनय तामाङले भूमिगत नेता विमल गुरुङले सांसद जसवन्त सिंहलाई 2009 मा दार्जीलिङ आसनबाट प्रार्थी बनाउँदा 32 करोड रूपियाँ अनि 2014 मा एस.एस आहलुवालीयालाई प्रार्थी बनाउँदा 30 करोड रूपियाँ लिएको गम्भीर आरोप लगाएका छन्। यसका साथै यसपल्ट भाजपा प्रार्थी राजु विष्टलाई प्रार्थी बनाएर ल्याउँदा कति लियौ? भनि प्रश्न तेर्साएका छन्।
चुनाव प्रचारको अन्तिम दिन तामाङले गोजमुमो समर्थित तृणमूल प्रार्थी अमरसिंह राईलाई बिजय बनाउनुपर्ने अपिल गर्दै आफुले नयाँ नियुक्ति दिएका शिक्षकवर्गले भारतीय जनता पार्टीलाई समर्थन गरिरहेको देख्को बताउँदै यसको परिणाम आगामी 24 मईदेखि देखिने पनि स्पष्ट पारेका छन्। यसक्रममा उनले नवनियुक्त शिक्षकवर्गलाई दुर्गम क्षेत्रहरूमा स्थान्तरण गर्ने खुल्ला चेतावनी दिएका छन्।

‘मैले 429 जनता शिक्षकहरूको नियुक्ति गर्दा पूर्ण रूपले उदारता बनेर अन्य पार्टीकाहरूलाई समेत नियुक्ति दिएको छु। अब मैले आफ्नो असलीयत देखाउने समय आएको छ, किनभने उनीहरूले रङ्गी विरङ्गी झण्डा फहराउँदै भाजपाको समर्थन गरेको रङ्ग देखाइरहेका छन्। यो रङ्ग आगामी 18 तारिकसम्म मात्रै हो अनि 24 मईको पछि म आफ्नो रङ्ग देखाउनेछु। यसलाई चेतावनीको रूपमा लिन सक्नेछौ’ विनय तामाङले भने।
उनले जनसभालाई सम्बोधन गर्दै एनआरसीले गोर्खाहरूलाई समस्या सिर्जना हुने भन्दै यदी एनआरसी लागु भए यहाँ जमिनको कागतपत्र समेत नभएका गोर्खाहरू धेरै प्रभावित हुने दाबी गरे। जमिनको कागत एउटा सबैभन्दा महत्वपूर्ण दस्तावेज भएकै कारण आफुहरूले चिया अनि सिन्कोनावासीका निम्ति पर्जापट्टाको निम्ति काम गरिरहेको भन्दै यदी एनआरसी लागु गरिए जमीनको कागतपत्र नभएका गोर्खाहरू बिस्तापित बन्नपर्ने स्थिति सिर्जा हुने दाबी गरे। भाजपाले गोर्खाहरूलाई सुनियोजित तरिकाले बिस्थापित गर्ने प्रयास गरिरहेको भन्दै आफुहरू एनआरसीको विरोधमा लगातार कार्य चुनावपछि पनि गर्ने तामाङले स्पष्ट पारेका छन्। 
‘भाजपाले एनआरसी बङ्गालमा लागु गर्ने भनिरहेका छन् अनि यसले गोर्खाहरू प्रभावित हुनेछैन भन्दैछ। आफ्नो जमीनको कागतपत्र समेत नभएका गोर्खाहरू कसरी सुरक्षित हुन्छ?’ तामाङले प्रश्न गरे।
अर्कोतर्फ कालेबुङको मोटर स्ट्य़ाण्डमा आयोजित जनसभालाई सम्बोधन गर्दै गोजमुमो समर्थित तृणमूल प्रार्थी अमरसिंह राईले पहाडवासीको निम्ति आफुले धेरै काम गर्ने दाबी गर्दै जनताले भोट दिएर बिजय बनाउनुपर्ने अपिल गरे। आफुले राज्य सरकारसँग राम्रो सम्बन्ध स्थापिअ गरेको बताउँदै पहाडवासीको हितमा अझ धेर कार्य गर्ने पनि उनले बताएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad