कालेबुङ जिल्लामा मोठ 71.21 प्रतिशत मतादाताहरूले गरे मताधिकारको प्रयोग - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, April 18, 2019

कालेबुङ जिल्लामा मोठ 71.21 प्रतिशत मतादाताहरूले गरे मताधिकारको प्रयोग

गफसफ.com, कालेबुङ १८ अप्रेल। 

कालेवुङ जिल्लाभरी १७ औंं लोकसभा चुनाव छुटपुट घट्नाबाहेक शान्तिपूर्ण सम्पन्न भएको छ। कालेबुङ जिल्लामा मोठ 71.21 प्रतिशत मतादाताहरूले मताधिकारको प्रयोग गरेका छन् जसमा खन्ड ३ गोरूबथान खन्डबाट सर्वाधिक 74.35 प्रतिशत मतदान भएको छ भने खन्ड 2 बाट 73.21 प्रतिशत अनि कालेबुङ खन्ड 1 बाट केवल 69.15 प्रतिशत मतदाताहरूले मताधिकारको प्रयो गरेका छन्।

चारैतिर शान्तिपूर्ण मतदान भैरहेको समयमा भारतीय जनता पार्टीलाई समर्थन गर्ने गोजमुमो विमल गुटका युवा नेता तोप्देन भोटियाको वाहन तोडफोड गरिएको थियो। यसका साथै मिडियाको वाहनलाई पनि तोडफोड गरिको छ। कालेबुङ डम्बर चौक नजिक उक्त घट्ना घटेको हो।

छोटा भालुखोप स्थित चम्पामाया बुथबाट फर्किरहेको समय उक्त घट्ना भएको हो। उक्त तोडफोडको घट्नापछी बिजेपी समर्थकहरूल्व उक्त घट्ना विनय तामाङ समुहले गरेको आरोप लगाएको छ। यसका साथै घट्नालाई लिएर कालेबुङ थानामा तोप्देन भोटियाले प्राथमिकी पनि दर्ता गरेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad