भाजपा प्रार्थी राजु विष्टको समर्थनमा गोरूबथानमा पहाडका राजनैतिक दलहरूले देखायो एकवद्धता - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, April 9, 2019

भाजपा प्रार्थी राजु विष्टको समर्थनमा गोरूबथानमा पहाडका राजनैतिक दलहरूले देखायो एकवद्धता

गफसफ.com, दार्जीलिङ, 9 अप्रेल।
भाजपा प्रार्थी राजु विष्टको चुनाव प्रचारको क्रममा गोरूबथानमा विभिन्न राजनैतिक दलहरूले आफ्नो एकबद्धता देखाएको छ। भाजप प्रार्थी विष्टको चुनाव प्रचारको क्रममा अज गोरूबथानमा भाजपा, गोजमुमो विमल गुट, गोरामुमो, क्रामाकपा, गोरामुमो, गोर्खालिग, जीएसएसएस आदि नेताहरू एउटै मञ्चमा उभिएर सबैले जातिय हितको निम्ति तृणमूल कङ्ग्रेसलाई पराजित गरेर राजु विष्टलाई बिजय बनाउनुपर्ने आह्वान गरे।

गोरूबथानको सोम्बारे बजारमा आयोजित चुनावी जनसभामालाई सम्बोधन गर्दै भाजपा प्रार्थी राजु विष्टले दार्जीलिङसँग आफ्नो रगतको साइनो रहेको बताए। ‘मलाई तपाईँहरूले सांसद बनाएर दिल्ली पुर्‍याउनुहोस्, म तपाईँहरूको निम्ति सबै कार्य गर्नेछु’ राजु विष्टले भने। यसक्रममा उनले प्रधानमन्त्री मोदीसँग आफो सम्बन्ध नजिक रहेको भन्दै दार्जीलिङको समस्या मोदीले निश्चय समाधान गर्ने दाबी पनि गरे।
यसक्रमा विष्टले दार्जीलिङका जनताले आफुलाई सहयोग दिनुपर्ने अपिल गर्दै गोर्खाको सपना पुरा गर्ने दाबी पनि गरे भने 11 जातगोष्टिलाई जनजातिको मान्यता दिलाउन कार्य गर्ने पनि प्रतिवद्धता जाहेर गरे। यसक्रममा उनले भाजपाको चुनावी घोषणा पत्रमा उल्लेखित दार्जीलिङ पहाडको स्थायी समाधानको कुरा समय आएपछि बताउने पनि दाबी गरे। यसैक्रममा उनले 105 दिनको बन्दमा राज्य सरकारको षडयन्त्रमा परेर भूमीगत बन्न परेकाहरूलाई कानुनी रूपले लडेर बाहिर निकाल्ने पनि बताएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad