दार्जीलिङ
लोकसभा समष्टिका गोर्खाहरूसमक्ष अहिले केन्द्रमा भाजपा सरकार फर्काइल्याउनै पर्ने
इमरजेन्सी लागू भएजस्तो गर्दैछ भाजपाले। प्रत्यक्ष रूपमा यसले आफ्नो राजनैतिक
बाध्यता यहाँका इमान्दार गोर्खाहरूमाथि फेरि थोपर्न चाहन्छ।
हामी
आफैले रुचाएका, चिनेका
र जानेका उम्मेद्वारलाई सांसद चुन्नपर्ने छ। भाजपा भने गोर्खाहरूलाई फेरि
ठिङ्गुरामै हाल्न चाहन्छ। यसअघि पनि आवेगमा ल्याएर यसैलाई चोइस गर्न बाध्य बनाइएको
हो। यसचोटि पनि त्यस्तै बाध्यता थोपर्न खोज्दैछ। यसले भ्रामक र अफवाहको राजनीति
गरिरहेको छ। यसमा मल-जल गर्न आउँदैछन् यसका राष्ट्रिय अध्यक्ष भोलि।
भारी
अन्तरविरोध र अन्तरद्वन्द्व सिर्जना गरेर राजनैतिक लाभ उठाउने ताकमा छ भाजपा।
एका-अर्कामा भात-पानी बाराबार गर्नेहरू एउटा मञ्चमा ल्याइएको छ। भाजपा के ठान्छ
भने पहाड़वासी भारी अन्तरद्वन्द्व र अन्तरविरोधमा परेपछि यसैलाई चोइस गर्नेछन्।
पहाड़वासीलाई ढाँटेरै सजिलै भोट जित्न सकिन्छ भन्ने भ्रम हटेको छैन यसको।
धुमाइ-फिराइ अरुले भनिसकेका कुराहरू दोहोऱ्याइरहेको छ। पहिल्यै आफैले बोलेर नगरेका
कुराहरूनै अर्को लवजमा भट्ट्याइरहेको छ। गोर्खा जातिको हित र उन्मुक्तिको दुहाई
दिइरहेको छ।
भाजपाको
घोषणा पत्र
चमत्कारको
राजनीति गर्ने भाजपाको चुनाउ घोषणा पत्रमा कुनै चमत्कार छैन। एक किसिमले
पहाड़वासीको खिल्ली उड़ाइएको छ बरू। 8 अप्रेलमा जारी घोषणा पत्रमा
एघाह्र जातिलाई जनजाति दिने र दार्जीलिङ, सिलगढी, समतल
र डुवर्स क्षेत्रका समस्याको स्थायी समाधान गर्ने आश्वासन दिएको छ। जुन कुरा ममता
ब्यानर्जीले अगावै भनिसकेकी हुन्। त्यसैलाई भाजपाले घुमाएर भनेको छ। एघाह्र
जातिलाई जनजाति बनाउनुपर्ने सिफारिश राज्यले उहिल्यै गरेको हो। यसलाई भाजपा
सरकारले नै रोकेर राखेको जगजाहेर छ। यसबारे उदासीनता यसैलेनै देखाएको हो। जनजाति दिन
कति समय लाग्छ? यो
कुरा सबैलाई थाहा छ।
अर्कातिर
साना राज्यहरूको हिमायती भन्ने भाजपाले घोषणा पत्रमा गोर्खाल्याण्ड वा भारतीय
गोर्खाहरूका चिन्हारीको समस्या भनेर कहीं कतै पनि उल्लेख छैन। भाजपाको स्थायी
समाधानको अर्थ र आशय सङ्घीय ढाँचामा रहेर क्षेत्रको विकास गर्नु नै हो। जुन राजु
विष्टले आउनेसाथ भनेका हुन्-भाजपाको मूल मुद्दा विकास हो। राष्ट्रिय चिन्हारीको
मुद्दा समाधानको कुरा त ममताव ब्यानर्जीले पनि गरिरहेकी छन्। भाजपाको स्थायी
समाधान के हो? मोडेल
सार्वजनिक गर्न चाहँदैन। यसैले यसको नियत स्पष्ट गर्दैन? भाजपाको
घोषणा पत्रको अनावश्यक व्याख्या विश्लेषणमा बहकिने यहाँ कुनै सवालै उठ्दैन।
विकासको लागि प्रतिनिधि चुन्न आवेगमा आएर हुन्छ त?
'गोर्खा
नाम जपना, पराय भोट अपना’
भाजपाको
यो घोषणलाई कुनै चमत्कारको रूपमा व्याख्या नगर्दा हुन्छ। भोटमा पार पाउनकै लागि यो
घोषणामा दुई कुरा समावेश गरिएको हो। यो उसको अहिलेको बाध्यता हो। चुनाउ जितेपछिको
बाध्यता होइन। भाजपाको ट्रेक रेकर्ड नै केही नदिनुमा छ। 2009को
घोषणामा 'गोर्खाहरूका
माग सहानुभूतिपूर्वक विचार गरिनेछ' भनेपछि जसवन्तलाई जितायौं।
मोदीको ‘गोर्खाको
सपना’मा
अहलुवालियालाई चुन्यौं। जनजातिको मान्यताबारे कुनै पत्यारिलो काम गरेन। एकसय पाँच दिनको आन्दोलनमा आफ्नै मतदाताहरूका
लागि पनि यसले सहानुभूतिको देखाएन।
उसै
पनि यो देशमा घोषणा-पत्रको आधार र वाचामा भाजपाले कहाँ राजनीति गरेको छ? जात
र धर्मकै नाममा समाजलाई विभाजित गर्नमा लागिपर्ने भाजपा र यसका पोषक नेताहरूलाई
घोषणा-पत्र चुनावी औपचारिकता भन्दा अरू केही होइन। पहाड़वासीमा माइन्डसेट तयार
गरेपछि मात्रै घोषणा पत्र जारी गऱ्यो। नत्र चुनाउको तीन दिनअघि मात्र एउटा
राष्ट्रिय पार्टीले किन घोषणा-पत्र निकाल्थ्यो? स्पष्ट छ। घोषणा पत्रबाट
हरेक ठाउँलाई चाहिने बुँदामात्र त्यो ठाउँ/प्रान्तमा टपक्क टिपेर प्रचार गर्दैछ।
यस्तोमा भाजपाले पहाडवासीका समस्या समाधान र जनजातिको कुरा यति भाइरल गर्दैछ कि
त्यो पार्टीको सिङ्गो घोषणा-पत्र हेरेर सामान्य चर्चा गर्ने फुर्सद आममान्छेसित
छैन। 18
तारिखसम्म भाजपा=जनजाति+स्थायी समाधान जप्नेछ। अहिलेको यसको नारा हो- 'गोर्खा
नाम जपना, पराय
भोट अपना।’
चुनौतीमा
खरो उत्रौं
पहाड़ले
तथाकथित जातिवादको राजनीतिले भित्र्याएको परिणाम धेरै भोगिसकेको छ। विगतमा चुकेका
हेक्का र अनुभव पर्याप्त छ। यस्तोमा पनि भाजपा पहाड़बाट आफूलाई पार लगाउन चाहन्छ।
पहाड़वासीले आफ्नो भविष्य अँध्यारो पारेर आफूलाई पार लगाओस् भन्ठान्छ यो।
पहाड़वासीसित
आफ्नै समस्य़ा र पीड़ाहरू बगुन्द्र छन्। दैनिक जीवनमा झेल्नपर्ने अभाव र सङ्कटहरू
छन्। पूर्वाधार निर्माण गरी त्य़सलाई अझ संस्थागत गर्नु छ। आवेगको राजनीतिले
लथालिङ्ग र भताभुङ्ग भएका पूर्वाधारहरूको पुनर्निर्माण थाँतीमा छ। आफ्ना लागि
चुनौती छ। भावी पीड़िका लागि पनि उस्तै ठूलो चुनौती र जिम्मेवारी छन्। यसैका
समाधानका लागि पनि कमिटेड, सहज, सुलभ र इमान्दार नेतालाई
सांसद बनाउन पर्ने भएको छ। यस सन्दर्भमा भाजपा उम्मेद्वारलाई कसरी चुन्ने? दार्जीलिङ
पहाड़सित कुनै जवाफ छैन। जुन उम्मेद्वारसित पहाड़वासीका समस्याहरू बारेमा सामान्य
ज्ञान छैन। पोलिटिकल एक्सपिरेन्स छैन। आरएसएस सदस्य र उद्योगपति हुनु के एक
जनप्रतिनिधिमा हुनपर्ने योग्यता हो? जनताका हितमा काम गर्नेसित
राजनैतिक ज्ञान र अनुभव हुन पर्दैन? सामान्यले पनि बुझ्नसक्ने
कुराहरू हुन् यी।
भाजपाले
यसचोटि किन यसरी जोड़जुलुम गर्न परिरहेको छ? पहाड़वासीले बुझेका छ्। के
पहाड़वासी सामाजिक र अर्थनैतिक रूपमा सबल भइसकेका छन् त? यसअघि
पहाड़वासीले दुई-दुइचोटि भाजपालाई चुनेनन्? सरकार बनाएनन्? सरकारमा
मन्त्रीसमेत भएनन्? तरै पनि यसले के गऱ्यो? भाजपासित
यसको जवाफ माग्ने बेला यही हो।
यो
चुनाउ पहाड़वासीका निम्ति व्यावहारिक राजनीतिको जग बसाउने पहिलो चुनौती र अवसर हो।
यहाँ कसैलाई बचाउनु छैन। केवल आफूलाई उभ्याउनु छ। बस् आफूलाई दह्रो गरी उभ्याउनु
छ।
No comments:
Post a Comment