चुनावपछि डीआई फण्ड क्षेत्रवासीको निम्ति पर्जापट्टाको समाधान गर्नेछु – अमरसिंह राई - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, April 9, 2019

चुनावपछि डीआई फण्ड क्षेत्रवासीको निम्ति पर्जापट्टाको समाधान गर्नेछु – अमरसिंह राई

गफसफ.com, दार्जीलिङ, 9 अप्रेल।
कालेबुङ डीआई फण्ड क्षेत्रका बासिन्दाहरूका निम्ति जमीनको पट्टा दिलाउने गोजमुमो समर्थित तृणमूल प्रार्थी अमरसिंह राईले दाबी गरेका छन्। उनले कालेबुङको डीआई फण्डअधिनस्थ क्षेत्रहरूमा बसोबासो गर्दै आइरहेका वासिन्दाहरूले भोग्दै आइरहेको विभिन्न समस्याहरूको समाधानको निम्ति पहल गरिन आवश्यक रहेको क्षेत्रवासीहरूले गरेको गुनासो अनि प्रत्यक्ष भ्रमण गरेपछि थाह पाएको बताउँदै चुनाउपछि झट्टै कार्य गर्ने उनले बताएका छन्।

‘विशेष डीआई फण्डअधिनस्थ जमीनहरूको ट्याक्स अत्य़ाधिकरूपमा बड़ेको त्यहीमाथि एरियर पनि थपिएको हुनाले गर्दा क्षेत्रवासीहरूलाई ट्याक्स तिर्नसमेत गाह्रो परिरहेको छ। यसैले गर्दा घर बनाउन तथा किनबेच गर्नसमेत हालमा ठप्प भएर बसेको छ। यी डीआईफण्डको अधीनमा पर्ने अधिकाशं जमीनहरू भिरालुक्षेत्रहरूमा परेको छ भने थोरै जमीनहरूमात्र व्यावसायिक रुपमा प्रयोग हुनसक्ने स्थितिमा रहेको छ। यसैले उक्त क्षेत्रका वासिन्दाहरूले आफ्नो जम्मै जमीन बेचेर तोकिएको ट्याक्स तिर्न सक्ने स्थितिमा रहेको छैन। ट्याक्स नतिर्नु क्षेत्रवासीको निम्ति बदमासी वा ऐन अवमान्य होइन तर बाध्यता भइरहेको छ’
यसबाहेक धेरै ठाउँहरूमा धामिर्क अल्पसंख्यक समुदायका भूमिहरूमा भूमि अधिकारीहरूबाट अनुमति लिएर घर बनाइएको भएतापनि सरकारी रेकर्ड खातामा भने उक्त भूमि भेस्टल्याण्डको रूपमा ररहेकोले बर्षौदेखि बसोबासो गदै आइरहेका धैरै परिवारहरूलाई यो भूमिको रेकर्ड संशोधन गर्नुपर्ने तथा जमीन अधिकार (पर्जापट्टा) प्रदान गरिनुपर्ने पनि आवश्यकता देखिएको अमरसिंह राईले बताएका छन्।
‘डीआई फण्डअधिनस्थ रहेका उक्त जमीनहरू यथाशीघ्र डिस्ट्रीक्ट ल्याण्ड एण्ड ल्याण्ड रिफर्म अफिस (डीएलएलआरओ) मा हस्तान्तरण गरिनु आवश्यक रहेको छ। क्षेत्रवासीहरूको पनि यही चाहना रहेको छ भने चुनाउ समाप्त भएपछि राज्य सरकारसित यस विषयमा शीघ्र कुराकानी अघि बड़ाइनेछ। उक्त विषय राज्य सरकारको अधीनमा रहेको हुनाले राज्य सरकारलेमात्रै यस विषयमा निर्णय लिन सक्नेछन् भने राज्य सरकारले यस विषयमा अवश्यै सकरात्मक पदक्षेप लिनेछन् भन्ने पनि मलाई आशा भरोषा रहेको छ’ अमरसिंह राईले भने।
यसैक्रममा राईले कालेबुङवासीहरूको पिउने पानीको समस्या, पार्किङ समस्या तथा थुप्रै क्षेत्रीय समस्याहरूको रिपोर्ट पनि स्थानीयवासिन्दाहरूबाट सङ्कलन गरेको बताउँदै यी सबै समस्याहरू समाधानको कार्य गर्ने बताएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad