लोकसभा चुनाव 2019 : गोर्खाल्याण्डको मुद्दा हराएपछि दार्जीलिङ पहाडमा पर्जा-पट्टा नै बन्दैछ प्राथमिक मुद्दा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, April 7, 2019

लोकसभा चुनाव 2019 : गोर्खाल्याण्डको मुद्दा हराएपछि दार्जीलिङ पहाडमा पर्जा-पट्टा नै बन्दैछ प्राथमिक मुद्दा

गफसफ.com, दार्जीलिङ, 7 अप्रेल।
दार्जीलिङ पहाडको चुनावी माहौल एनआरसीले तत्ताइरहेको भए पनि पर्जा-पट्टा सबैको साझा चुनावी मुद्दा बनेको छ। यसैले तृणमूल कंग्रेसदेखि भारतीय जनता पार्टी, गोजमुमो, जनआन्दोलन पार्टी सबैले नै यस मुद्दालाई प्रमुखता दिएर यस चुनाउमा उठाइरहेका छन्।
यसबारे हिजो मात्रै राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीले एक चुनावी जनसभालाई सम्बोधन गर्दै चियाबगानका बासिन्दाहरूका लागि जमीनको मालिकाना अधिकार वा पर्जा-पट्टा दिलाउनको लागि एक कमिटीको गठन गरिएको  जानकारी गराएकी थिइन्। यसबाट तृणमूल कंग्रेसले यस चुनाउमा विशेष दार्जीलिङ लोकसभा आसनको लागि पर्जा-पट्टालाई एक मुख्य मुद्दा बनाएको स्पष्ट भएको छ।
यति मात्रै होइन, गोजमुमोले यो माग अघिबाटै तेस्रो मोर्चाअघि पेश गरिसकेको छ। ताकि केन्द्रमा यसपाली तेस्रो मोर्चाको सरकार गठन भए, यो मुद्दाले पार पाउनुपर्छ। यसैकारण पनि यो चुनाउमा विनय तामाङपन्थी गोजमुमोले पर्जा-पट्टालाई मूल विषय बनाएको छ।
यसरी नै जनआन्दोलन पार्टीले पर्जा-पट्टामाथि नै विशेष जोड दिंदै पर्जा-पट्टाको माग पूर्ण भए एनआरसी लगाए पनि आपत्ति नरहे बताएको छ। आज दार्जीलिङमा चुनाउ प्रचार गर्न आएका जनआन्दोलन पार्टीका उम्मेद्वार डा. हर्कबहादुर छेत्रीले भने-अहिले बङ्गालमा एनआरसी लागू गर्ने विषयले चुनाउको माहौल तात्तिएको छ। यो नराम्रो होइन, तर दार्जीलिङ पहाड, तराई, डुवर्स सबै क्षेत्रमा सयौं वर्षदेखि बस्दै आए पनि आफ्नो नाममा जमीनको कागज पत्र नभएका बासिन्दाहरूलाई जमीनको मालिकाना अधिकार दिएपछि मात्रै एनआरसी लागू गर्नुपर्छ। भाजपाले बङ्गालमा विशेष बङ्गलादेशबाट अनुप्रवेश गरेका मुस्लिमहरूलाई लक्ष्य गरेर नै एनआरसीको कुरा गरेको स्पष्ट छ।
किनभने, उनीहरू भाजपाका मतदाताहरू होइनन्।  यदि उनीहरूले भाजपालाई भोट दिन्थे भने यहाँ भाजपाले एनआरसीको कुरा नै गर्ने थिएन। उनले अझै अघि भने-एनआरसीमा जमीनको कागज पत्र प्राथमिक हो, तर दार्जीलिङ पहाडका अधिकांश जनतासित आफ्नो जमीनको कागज पत्र नै छैन। यो ठूलो चिन्ताको विषय हो, तरै पनि यहाँ एनआरसी लागू गरिन्छ भने जमीनहीन जनतालाई उनीहरू वर्षौंदेखि बस्दै आएको जमीनको मालिकाना अधिकार दिनुपर्छ।
आज डा. हर्कबहादुर छेत्रीले दार्जीलिङको चौरास्ताबाट आफ्नो चुनाउ प्रचार अभियान शुरू गरेका थिए। जुन अभियान भोटेबस्ती, लेबोङ, चित्रे, सिंहमारी हुँदै दार्जीलिङ शहरमा आएर टुङ्गियो। उनले यसपाली दार्जीलिङ लोकसभा आसनको चुनाउ चाखलाग्दो भइरहेको स्वीकार गर्दै यसअघिसम्म पहाडमा एकतर्फी चुनाउ हुन्थ्यो भने। गोर्खाल्यान्डको विषयमा प्रशेन गर्दा उनले भने-अघिसम्म गोर्खाल्यान्ड भनेर चुनाउ जित्नेहरूले दार्जीलिङको चौकबजार, कालेबुङको डम्बर चौक र खरसाङको मोटर स्ट्याण्डसम्म मात्रै यो माग वा आवाजलाई सीमित राखे। सुकुना पार हुनसाथ उनीहरूले आफ्नो स्वरमा परिवर्तन गर्थे। तर यसपाली मैले चुनाउ जितेर संसद पुगेको खण्डमा केन्द्रले गोर्खाल्यान्ड किन दिंदैन भन्ने प्रश्‍न गर्नेछु अनि दिंदैन भने त्यसको आधार पनि सार्वजनिक गर्न लगाउनेछु। यसैले यसपाली एकतर्फ गोर्खाल्यान्ड दिंदै दिन्न भन्ने तृणमूल कंग्रेस छ, अर्कोतिर दिन्छु भनेर संसदमा बोल्दै नबोल्ने भाजपा छ। यसकारण जनताले सही निर्णय लिनपर्छ, उनले जनतासमक्ष अपील गरे।

No comments:

Post a Comment

Post Bottom Ad