गोर्खाहरूको राष्ट्रिय सुरक्षा अनि चिह्नारीको समस्या मुख्यमन्त्रीले नै समाधान गर्नेछिन्- विनय तामाङ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, April 6, 2019

गोर्खाहरूको राष्ट्रिय सुरक्षा अनि चिह्नारीको समस्या मुख्यमन्त्रीले नै समाधान गर्नेछिन्- विनय तामाङ

गफसफ.com, दार्जीलिङ, 6 अप्रेल।
चुनाव प्रचारको क्रममा बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीले नक्सलबारीमा आयोजित जनसभालाई सम्बोधन गर्दै गोर्खाहरूको चिन्हारीको समस्या समाधान गर्नेछुभनेपछि यता गोजमुमो अध्यक्ष विनय तामाङले आभार प्रकट गरेका छन्। नक्सलबारीमा आयोजित एउटा चुनावी जनसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री ममता व्यानर्जीले गोर्खाहरूको राष्ट्रिय सुरक्षा एवं चिह्नारीको समस्या समाधान गरिदिने प्रतिवद्धता जाहेर गर्नु भएकोमा म भारतभरिको डेड़ करोड़ गोर्खाहरूको पक्षमा उनलाई हार्दिक आभार व्यक्त गर्दछुविनय तामाङले भनेका छन्।

यसक्रममा गत जनवरी महीनामा दार्जीलिङको चौरास्तामा आयोजित आधिकारीक सभाबाट पनि मुख्यमन्त्रीले गोर्खाहरूको राष्ट्रिय सुरक्षा एवं चिह्नारीको समस्या समाधान गरिदिने कुरा उल्लेख गरेकी थिइन् भने हिजो फेरि पूर्ण प्रतिवद्धताको साथमा गोर्खाहरूको राष्ट्रिय चिह्वारीको समस्या समाधान गर्ने कुरा बताएर उनले गोर्खाहरूप्रति रहिआएको उनको प्रेम अनि सम्मान प्रस्फुटित गरेकी विनय तामाङले दाबी गरेका छन्।
लोकसभा चुनाउमा बङ्गालको सत्ता ताकेर एकातिर गोर्खाहरूले 10 वर्षदेखि आशा- भरोषा गर्दै आइरहेको भाजपा नेताहरूले घरि गोर्खाहरूलाई नेपालको नागरिक भनिरहेका छन् भने घरि एनआरसी लागु गरेर शरणार्थी बनाई मेचीको बगरमा पुराउने कुरा गरिरहेका छन्। तथापि चुनाउको यस्तो चरम स्थितिमा पनि मुख्यमन्त्री ममता व्यानर्जीले गोर्खाहरूको राष्ट्रिय चिह्नारी अनि सुरक्षाको समस्या समाधान गरिदिन्छु भनेर जुन साहसिक कार्य गरेका छन् यो अहिलेसम्मको बङ्गालको इतिहासमा पहिलोचोटि हो। यसैले हामी मुख्यमन्त्री ममता व्यानर्जीलाई आभार व्यक्त गर्दछौं र गोर्खाहरूले लामो समयदेखि झेलिरहेको राष्ट्रिय सुरक्षा अनि चिह्नारीको सङ्कट मुख्यमन्त्रीबाट नै समाधान हुने विश्वास साथै आशा भरोषा रहेको पनि जनाउन चाहन्छौंतामाङले भनेका छन्।
उनले राजनीतिमा डिप्लोमेसी अनि सही रणनीतिको अत्यन्त आवश्यकता पर्दछ भन्दै सोही कुरा विगतमा विमल गुरूङमा नहुँदा राज्य सरकारसमक्ष आफ्नो माग सही प्रकारले पस्किन सकेनन् भनि बताएका छन्। उनले केवल हिँसा र धम्की दिएर गोर्खाल्याण्डलाई बार्गेनिङ पोइन्ट बनाएर राखे भन्दै यसैले दार्जीलिङ पहाड़लाई स्वीजरल्याण्ड बनाउँछु भनेर थापेको जीटीएले न त विकासकार्यहरू हुन सक्यो न त गोर्खाल्याण्डको मुद्दा नै एक इञ्च अघि सर्न सक्यो भनेका छन्।  
विमल गुरूङ वास्तवमा कण्ट्राक्टर अनि गुण्डाहरूको कठपुतली भएर बसे यसैले बुद्धिजीवीहरू उनीदेखि टाड़िए अनि पहाड़ हिँसाको आगोमा सल्किदै गयो। विमल गुरूङले यसरी सल्काएको पहाड़लाई साम्य पारेर अहिले हामी नयाँ सोच अनि नयाँ विचारहरू लिएर नयाँ रणनीतिहरूसित अघि बड़िरहेका छौं। यसैको फलस्वरूप छोटो अवधिमै पहाड़मा उल्लेखनीय कार्यहरू भइरहेका छन् भने मुख्यमन्त्री ममता व्यानर्जी स्वयँले गोर्खाहरूको राष्ट्रिय सुरक्षा एवं चिह्नारीको सङ्कट समाधान गरिदिन्छु समेत भनिसकेकी छिन्। योभन्दा ठूलो उपलब्धि हाम्रो निम्ति अरू के हुन सक्छ !!विनय तामाङले भनेका छन्।
यसक्रममा उनले जसलाई लामो समयसम्म शत्रु भनेर गाली गरिरहयौं उसैले गोर्खाहरूको सबै काम गरिरहेको पनि बताएका छन्। पहाड़को विकासविश्वविद्यालयशिक्षकहरूको नियुक्तिपर्जापट्टा यी सबै कामहरू नै हामीलाई दुश्मन भनी चिनाएको राज्य सरकारले गरिरहेको छ। तर हाम्रो मित्र भनेको भाजपाले हाम्रो निम्ति के गरेमुख्यमन्त्री ममता व्यानर्जीले त गोर्खाहरूको राष्ट्रिय सुरक्षा एवं चिह्नारीको समस्या समाधान गरिदिन्छु समेत भनिन्। भाजपा सरकार अनि नरेन्द्र मोदीले के भनेको छजनताले यो कुरा राम्ररी बुझ्ने समय आएको छ। कसैको बहकावामा होइन तर आफ्नो विवेकले हिँसात्मक आन्दोलन एवं उपलब्धिबिनाको राजनीतिलाई प्रश्रय दिन होइन तर भावी पीढ़िको भविष्यको निम्तिसुन्दर अनि शान्त दार्जीलिङ स्थापनाको निम्ति आफ्नो मत प्रयोग गर्नुपर्ने सही समय यही रहेको छतामाङले भनेका छन्।
यसका साथै आफुहरूले गोर्खाहरूको निम्ति अवसरमय समय एवं परिवेश निर्माण गरिदिएका छौं जुन समयमा जनताले सही निर्णय लिए दीर्घकालीन पर्जापट्टाको समस्याचियाबारीको मिनिमम् वेजेस एक्टराष्ट्रिय चिह्नारी एवं सुरक्षाको समस्या समाधानलगायत थुप्रै कुराहरू सम्भव भएर जाने पनि उनले बताएका छन्। सोहिकारण लोकसभा चुनाउ गोर्खाहरूको सुनौलो भविष्यको ढोका खोल्ने अवसर हो भन्दै तामाङले सबै सजग बनौं। सही चिनौंसही चुनौंभनेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad