पूर्व सभासद सामुएल गुरुङमाथि अज्ञात मानिसहरूले गरे प्राणघातक आक्रमण - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, April 8, 2019

पूर्व सभासद सामुएल गुरुङमाथि अज्ञात मानिसहरूले गरे प्राणघातक आक्रमण

गफसफ.com, कालेबुङ, 8 अप्रेल।  
पूर्व सभासद सामुएल गुरुङलाई अज्ञात मानिसहरूले प्राणघातक हमला गरेर गम्भीर घाइते बनाएको छ। आइतबार अपरान्ह 4 देखि 5 बजेभित्र उक्त घट्ना भएको हो। कालेबुङ शहर नजिक मल्लीरोडमा निर्माणाधिन एउटा बिल्डिङको कार्य हेर्न गएको समय पूर्व सभासद गुरुङलाई अज्ञात मानिसहरूले पछिबाट आक्रमाण गरेर गम्भीर घाइते बनाएका छन्।

पछाडीबाट अज्ञात मानिसहरूले आक्रमण गरेर गुरुङको शिरमा प्रहार गरेपछि उनी अचेत भएका थिए। त्यसपछि उनी अचेत बनेर भुँइमा लडेपछि पनि उनलाई आक्रमणकारीहरूले प्रहार गरेर चोटिल पारेका छन्। जसको कारण उनी सिकिस्त घाइते भएका छन् भने उनलाई अहिले सिलगडी एउटा नर्सिङ होममा उपचारको निम्ति भर्ना गरिएको छ।
उक्त घट्ना सम्बन्धमा आज पूर्व सभासद सामुएल गुरुङकी पत्नीले कालेबुङ पुलिस थानामा प्राथमिकी दर्ता गरेर दोषीहरूलाई पक्राउ गर्नुपर्ने माग गरेका छन्। आफ्नो पति घरबाट निर्माणाधीन बिल्डिङमा कार्य हेर्न गएकै समय उनलाई अज्ञात मानिसहरूले आक्रमण गरेर गम्भीर घाइते बनाएको भन्दै उक्त अज्ञात आक्रमणकारीहरूलाई पुलिसले झट्टै पक्राउ गर्नुपर्ने माग गरेकी छन्।

No comments:

Post a Comment

Post Bottom Ad