भूमिगत नेता विमल गुरुङले जारी गरे ताजा भिडियो : भने –‘भाजपाले 11 जातिलाई जनजाति बनाउँनेछ अनि पहाडको राजनैतिक समस्याको समाधान गर्नेछ’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, April 13, 2019

भूमिगत नेता विमल गुरुङले जारी गरे ताजा भिडियो : भने –‘भाजपाले 11 जातिलाई जनजाति बनाउँनेछ अनि पहाडको राजनैतिक समस्याको समाधान गर्नेछ’

गफसफ.com, कालेबुङ, 13 अप्रेल।
बङ्गाल सरकारले चुनावको समयमा पहाडमा केवल भोटको राजनीति गरिरहेको विमल गुरुङले ताजा भिडियो सन्देश जारी गरेर आरोप लगाएका छन्। यसक्रममा उनले मुख्यमन्त्री ममता ब्यानर्जीले दार्जीलिङमा चुनाव प्रचारको क्रममा चियाकमानका श्रमिकहरूलाई 105 दिने पहाड बन्दको क्रममा नपाएको पैसा 15 सय गरेर दिने घोषणा गरेर चुनाव आदर्श आचार संहिताको उल्लघन समेत गरेको गुरुङले भिडियो सन्देशमा जारी गरेका छन्।

‘आज पहाडका दाजु –भाइहरू डरले त्राही-त्राही छन्। उनीहरूलाई आगामी 18 अप्रेलको दिन चुनाव समापन भएपछि पुलिस प्रशासन लगाएर कार्वाही गर्ने धम्कि दिने कार्य भइरहेको छ। यस्तो त्रासको राजनीति धेरै दिन चल्दैन। यो जनताले बुझिसकेका छन् अनि आगामी 18 तारिकको दिन यसको जवाब जनताले दिनेछन्’ विमल गुरुङले भिडियो सन्देशमा भनेका छन्।
उनले चुनावको दिन जनताले पहाडमा गणतन्त्र खोसिएको विरोधमा जवाब दिनुपर्ने अपिल गर्दै विनय तामाङ अनि अनित थापाहरूले पहाडवासीको गणतान्त्रिक अधिकार खोस्ने कार्य गरिरहेको आरोप लगाएका छन्। यसक्रममा गुरुङले चुनावको समयमा बङ्गाल सरकारले पहाडका मानिसहरूलाई सम्झने गरेको आरोप लगाउँदै बेरोजगार युवाहरूलाई चुनावपछि रोजगार दिने फोस्रो आश्वासन दिने कार्य गरिरहेको पनि आरोप लगाएका छन्।
उनले जारी गरेको भिडियो सन्देशमा भाजपाले 11 जात गोष्ठिलाई जनजातिको मान्यता दिनेछु भन्ने बाचा गरेर चुनावी घोषणा पत्रमा समावेश गर्नको साथै दार्जीलिङ पहाडको राजनैतिक समस्या समाधान गर्ने समेत भएको दाबी गर्दै जनताले सोहि अनुसार काम गर्नुपर्ने पनि भूमिगत नेता विमल गुरुङले अपिल गरेका छन्। ‘भाजपाले 11 जातगोष्ठिलाई जनजाति दिने दाबी गरेका छन्। यसका साथै हाम्रो राजनैतिक समस्याको समाधान गर्ने पनि चुनावी घोषणा पत्रमा लेखेको छ। यसकारण जनताले सोहि अनुरूप काम गर्नुपर्नेछ’ विमल गुरुङले भनेका छन्।
उनले भाजपा प्रार्थी राजु विष्टलाई चुनावमा बिजयी गराएर 11 जातगोष्टिलाई जनजाति बनाउने अनि पहाडको राजनैतिक समस्याको समाधानको काम गर्नुपर्ने अपिल गरेका छन्। यसैक्रममा उनले आफुले कहिल्यै अगणतान्त्रिक कार्य नगरेको आरोप लगाउँदै बङ्गाल सरकार र बिनय तामाङ र अनित थापाहरूले जीटीएको पैसालाई आफ्नो स्वार्थको निम्ति प्रयोग गरिरहेको आरोप लगाएका छन्।

1 comment:

  1. Jai bimal jai bjp daju dhukka base huncha kamal ko phool phulaw chan...

    ReplyDelete

Post Bottom Ad