चुनावपछि सिन्कोनावासीको पर्जा-पट्टा र पदोन्नतीको कार्य पुरा हुनेछ – अमरसिंह राई - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, April 13, 2019

चुनावपछि सिन्कोनावासीको पर्जा-पट्टा र पदोन्नतीको कार्य पुरा हुनेछ – अमरसिंह राई

गफसफ.com, दार्जीलिङ, 14 अप्रेल।
सिन्कोना बगानका पदोन्नति, स्थायीकरणलगायत पर्जापट्टा आदिको समस्याहरूको निम्ति आगामी लोकसभा चुनाउपछि राज्य सरकारसित कुराकानी शुरू गर्ने गोजमुमो- तृणमूल प्रार्थी अमरसिहँ राईले बताएका छन्। उनले एक प्रेस विज्ञप्ति जारी गरी उक्त कुरा बताएका हुन्।

‘थाह लागेअनुसार, हालमा सिन्कोना बगानमा लगभग 800 वटा जति पदहरूमा पदोन्नति गरिनुपर्नेछ। उक्त प्रक्रियाको फाइल हालमा कलकत्तासम्म पुगिसकेको छ भने अब कलकत्ताबाट अनुमोदनको आवश्यकता रहेको छ। यदि उक्त पदहरूमा पदोन्नति भएको खण्डमा सिन्कोना बगानका सिजनल लेवरहरूको समस्या पनि समाधान भएर जानेछ। किनभने सिन्कोना बगानमा हालमा कूल 652 जना सिजनल लेवरहरू रहेका छन् जसलाई स्थायी श्रमिकको दर्जा प्रदान गर्न आवश्यक रहेको छ तर पदोन्नति रोकिएको कारणले गर्दा उक्त कार्य पनि गर्न सकिएको छैन। यसैले लोकसभा चुनाउको लगत्तैपछि सिन्कोनाको पदोन्नतिको फाइलमाथि राज्य सरकार अनि मुख्यमन्त्री ममता व्यानर्जीसित कुराकानी गरी यथाशीघ्र पहल अघि बड़ाउने प्रयास गर्नेछु’ अमर सिंह राईले भनेका छन्।
यसबाहेक सिन्कोना बगानका श्रमिकहरूले बर्षौदेखि कमाइराखेको उनीहरूको घर-जमीनको पर्जापट्टा दिलाउने दिशामा पनि पूर्ण प्रतिवद्धताको साथमा कार्य गर्ने उनले प्रतिवद्धता जाहेर गरेका छन्। ‘पर्जा-पट्टाको विषयमा त मुख्यमन्त्री ममता व्यानर्जीले कमिटीसमेत गठन गरिसकेका छन् भने चियाबारीसितै सिन्कोनाबासीहरू पनि चाड़ै आफ्नो जमीनको आफै मालिक बन्नेछ भन्ने मलाई विश्वास छ’ राईले भनेका छन्। 
विगतका जन-प्रतिनिधि एवं नेतृत्वहरूले उक्त उद्योगलाई लिएर कुनै गम्भीर पदक्षेप नलिएको कारणले गर्दा नै सिन्कोना बगानको दुर्दशा भएको बताउँदै उनले अघि भनेका छन्-  राज्य सरकारअधिनस्थ रहेको सिन्कोना उद्योगका समस्याहरूलाई सही प्रकारले राज्य सरकारसमक्ष उठान गरिएको खण्डमा यसको समाधान पनि अवश्यै हुनेछ भन्ने मलाई विश्वास छ।यसैले चुनाउ लगत्तैपछि जीटीएको सहयोगमा म सिन्कोना उद्योगका समस्याहरूको समाधानको दिशामा कार्य गर्नेछु भनेर सिन्कोनावासीलाई अवगत गराउन चाहन्छु।
उनले यसभन्दा अघि पनि सिन्कोनाका विभिन्न समस्याहरूको विषयमा जीटीएको रिभ्यू मीटिङको समय मुख्यमन्त्री ममता व्यानर्जीसमक्ष कुराकानी राखिसकेका पनि जानकारी गराएका छन्। ‘विशेष गरी रूग्न अवस्थामा रहिआएका सिन्कोना बगानलाई व्यवस्थित अनि विकसित बनाउनु राज्य सरकारको इच्छाशक्तिमाथि भर पर्छ। किनभने यो राज्य सरकारको अधीनमा रहेको उद्योग हो। यसैले राज्यसित राम्रो सम्बन्ध रहेको यस घड़ीमा नै सिन्कोनाको व्यवस्थापन अनि विकासको पहल गर्न सहज हुनेछ भन्ने मलाई लागेको छ’ राईले भनेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad