दार्जीलिङ विधानसभा उप-चुनाव : चुनावी मैदानमा 10 जना प्रार्थीहरूले बुझाए नामङ्कन - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, April 29, 2019

दार्जीलिङ विधानसभा उप-चुनाव : चुनावी मैदानमा 10 जना प्रार्थीहरूले बुझाए नामङ्कन

गफसफ.com, दार्जीलिङ, 29 अप्रेल।
दार्जीलिङ विधानसभा आसनको उपचुनावी मैदानमा 10 जना खेलाडी भए। जसमा गोजमुमोका स्वतन्त्र उम्मेद्वार विनय तामाङको विरोधमा हिल तृणमूल महिला कंग्रेस अध्यक्षा शारदा राई सुब्बा पनि सामेल छिन्। नामाङ्कन भर्ने अन्तिम दिनको अन्तिम क्षणमा शारदा राई सुब्बाले पनि स्वतन्त्र उम्मेद्वारका नामाङ्कन भरेर सबैलाई हत्प्रभ बनाइन्। किनभने, यस विधानसभा आसनको उपचुनाउमा दार्जीलिङ हिल तृणमूल कंग्रेसले गोजमुमोका स्वतन्त्र उम्मेद्वार विनय तामाङलाई सहयोग प्रदान गरिरहेको छ भने तृणमूल कंग्रेस नेत्री ममता व्यानर्जीले अघिबाट लोकसभा चुनाउको साटो विधानसभा चुनाउमा तृणमूल कंग्रेसले गोजमुमोलाई समर्थन जनाउने घोषणा गरिसकेकी थिइन्।

यसैले आज हिल तृणमूल कंग्रेस नेत्रीले विनय तामाङको विरोधमा चुनाउ मैदानमा खडा भएको बताएपछि तृणमूल कंग्रेससँगै विनय तामाङपन्थी गोजमुमोमा पनि खल्बली मच्चिएको छ। तर यसको ठीक विपरीत गोरामुमो, भाजपा, विमल गुरूङपन्थी गोजमुमोमा हर्ष छाएको पनि जानकारी पाइएको छ।
गोजमुमो अनि तृणमूल कंग्रेस समर्थित निर्दलीय प्रार्थी गत तीन दिनदेखि चुनाउ प्रचार प्रसार कार्यमा व्यस्त रहेका छन्। दार्जीलिङका सुदूरवर्ती क्षेत्रहरू क्रमैले रिम्बीक-लोधोमा समष्टिलगायत विजनबारीका विभिन्न क्षेत्रहरूमा तामाङले चुनाउ प्रचार गरिरहेका छन् भने तृणमूल कंग्रेसका वरिष्ठ नेतृत्ववर्ग क्रमैले एनबी खवास अनि केएन सुब्बा पनि उनीसित प्रचारकार्यमा व्यस्त छन्।
यसबाहेक यस चुनाउको मैदानमा आज स्वराज थापा, जनआन्दोलन पार्टीका उम्मेद्वार अमर लामा, माकपा उम्मेद्वार केबी वातरले पनि गतिलै प्रभाव जमाउन सक्ने अनुमान लगाउन सकिन्छ। यीमध्ये स्वराज थापालाई क्रामाकपाले समर्थन जनाएको आज घोषणा गरेको छ। आज नामाङ्कन भर्नेहरूमा भाजपाबाट निरज जिम्बा, जापबाट अमर लामा, आईडीआरएफबाट संजय ठकुरी, गोर्खीलीगबाट विप्लव राई, माकपाबाट केबी वातर, निर्दलीय उम्मेद्वार स्वराज थापा, शारदा राई सुब्बा अनि प्रवेश छेत्री सामेल छन् भने गोजमुमोबाट विनय तामाङ र गोर्खा राष्ट्रिय कंग्रेसबाट अमर लक्समले अघिबाटै नामाङ्कन दर्ता गरिसकेका छन्।
शारदा राई सुब्बा निर्दलीय- गत लोकसभा चुनाउमा तृणमूल कंग्रेसका उम्मेद्वार थिए र त्यसमा हामीले सहयोग गर्नु परम कर्तव्य थियो। तर विनय तामाङ गोजमुमोका निर्दलीय उम्मेद्वार हुन्। 2017-को आन्दोलनमा तृणमूल कंग्रेसका समर्थकहरूको घर खाक बनाउने को हो? यसैकारण ती तृणमूल कंग्रेस समर्थकहरूले अपील गरेको कारण नै मैले स्वतन्त्र उम्मेद्वारका रूपमा खडा हुने निर्णय लिएकी हुँ। यदि यसको लागि पार्टीले म-माथि कार्वाही गर्छ भने त्यसलाई म स्वागत गर्छु। तर म तृणमूल कंग्रेसकी नेत्री ममता व्यानर्जीको कदमसित कदम मिलाएर अघि बढ्नेछु।

निरज जिम्बा भाजपा- गोर्खाको हित चाहने, देश हित चाहने पार्टी हो भाजपा। जसले 11 जातलाई जनजाति बनाउने कुरालाई पनि आफ्नो चुनावी घोषणा पत्रमा स्थान दिएको छ। जाति अस्मिता रक्षाको लागि आरबी राईले जति योगदान कसैले दिएको छैन। यो चुनाउ गोर्खा हित र गोर्खा विरोधीमाझको लडाईं हो। एकतिर राज्य छ, जसले गोर्खा जाति विरोधी कुरा गरिरहेको छ, तर अर्कोतर्फ भाजपा छ, जसले गोर्खा हितको कुरा गरिरहेको छ। भाजपाको मूल मुद्दा राम जन्म भूमि हो, त्यो पूर्ण भएको छैन। गोर्खा सपना पनि पूरा भएको छैन। तर ती दुवै मुद्दा पूर्ण हुनेछ।
स्वराज थापा निर्दल- यस चुनाउमा मैले एक निर्दल उम्मेद्वारको रूपमा भाग लिइरहेको छु। जसको लागि क्रामाकपाले समर्थन जनाएको छ भने अन्य पार्टी र व्यक्ति विशेषहरूले पनि समर्थन जनाउने भएका छन्। दार्जीलिङको राजनैतिक स्थितिमा ठूलो सुधार ल्याउनको लागि नै मैले यस चुनाउमा भाग लिएको हुँ। क्रामाकपाले उनको जीतको लागि कठोर संघर्ष गर्ने पनि वचन दिएको छ।

अमर लामा जाप- उनले नामाङ्कन पत्र पेश गरेकै दिन आज चुनाउ चिन्ह सिटी पाएका छन्। जसले क्षेत्रीयता र क्षेत्रीय पार्टी संकटमा रहेको कारण त्यो संकट हटाउन चारैतिर सिटी फुक्ने संकल्प गरेका छन्। उनले भने-अब यहाँ क्षेत्रीय पार्टीहरूको अस्तित्व संकटमा रह्यो। यसैले यो संकट हटाउनैपर्छ। यसका साथै उनले पर्जा-पट्टा ल्याउनको लागि आफूलाई विधानसभामा पठाउने पनि जनतासमक्ष अपील गरे।
केबी वातर माकपा- उनले दार्जीलिङ पहाडका साँचो समस्याहरूलाई समाधान गर्ने संकल्प गरेका छन्। आत्मसम्मान बेचेर शरणार्थीको पर्जा-पट्टा थाप्दैनौं हामी। सम्मानसित दिइएको जमीनको मालिकाना अधिकार चाहिन्छ।

No comments:

Post a Comment

Post Bottom Ad