निर्दलीय प्रार्थी शारदा राई सुब्बालाई तृणमूल कङ्ग्रेस पार्टीले कार्वाही गर्ने - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, April 30, 2019

निर्दलीय प्रार्थी शारदा राई सुब्बालाई तृणमूल कङ्ग्रेस पार्टीले कार्वाही गर्ने

गफसफ.com, मिरिक, 30 अप्रेल।
दार्जीलिङ विधानसभा उपचुनावमा निर्दलीय प्रार्थीको रूपमा नामङ्कन पत्र दर्ता गर्ने तृणमूल कङ्ग्रेस नेत्री शारदा राई सुब्बालाई पार्टीले कार्वाही गर्ने भएको छ। हिल तृणमूल कङ्ग्रेसका अध्यक्ष एल.बी राईले पार्टीको आदेशलाई अवमान्य गरेकै कारण उनलाई पार्टीले कार्वाही गर्ने जानकारी दिएका छन्।

तृणमूल कङ्ग्रेस हाई कमाण्डले दार्जीलिङ विधानसभा उपचुनावमा गोजमुमो अध्यक्ष विनय तामाङलाई समर्थन गर्ने आदेश दिएपछि यता रूष्ट बनेकी शारदा राई सुब्बाले भने अन्तिम समयमा नामङ्कन पत्र दर्ता गरेकी छन्। यसक्रममा उनले निर्दलीय प्रार्थी विनय तामाङलाई जनताले सहय्ओग नगर्ने भन्दै आफुलाई यदि पार्टीले कार्वाही गरे उक्त कार्वाही समेत स्वीकार हुने बयान दिइसकेकी छन्। यस्तो अवस्थामा पार्टीले उनलाई कार्वाही गर्दै आगामी दिनमा उनलाई दिइएको सम्पूर्ण पदहरूबाट पनि मुक्त गरिने सम्भावना बनिसकेको छ। यस्तो अवस्थामा हिल तृणमूल अध्यक्ष एल.बी राईले उनीमाथि पार्टीले कार्वाही गर्ने सम्भावनाबारे बताएका छन्।
‘तृणमुल कङ्ग्रेस हाई कमाण्डले निर्दल पार्थी बिनय तामाङलाई सहयोग गर्नु भने पछि  दार्जीलिङ हिल टिएमसिले सहयोग गरिरहेको समय शारदा सुब्बाले दलको निर्देशलाई पालन  नगरेको कारण उनलाई हटाइने छ’ एलबी राईले भनेका छन्। यसक्रममा उनले पार्टीको आफ्नै सिद्धान्त भएको अनि सबैले पार्टीको निर्देशन पालन गर्नु पर्छ भन्दै पार्टीको आदेश पालन नगर्दा कार्वाही निश्चय नै हुने पनि बताएका छन्।

1 comment:

  1. J garyo sahi garyo akhir binay tamana sahi hunu va ta yasto garthiyna hami lai yahi bata tha lagnu jaruri xa

    ReplyDelete

Post Bottom Ad