गोर्खाल्याण्ड गठनको बाटोमा भारत-नेपाल मैत्री सन्धि बाधा रहेको गोजमुमोको दाबी; विनय तामाङले भने –‘गोर्खाल्याण्डलाई अहिलेसम्म सबैले मागी खाने भाँडो मात्रै बनाएको छ’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, March 5, 2019

गोर्खाल्याण्ड गठनको बाटोमा भारत-नेपाल मैत्री सन्धि बाधा रहेको गोजमुमोको दाबी; विनय तामाङले भने –‘गोर्खाल्याण्डलाई अहिलेसम्म सबैले मागी खाने भाँडो मात्रै बनाएको छ’

फसफ.com , कालेबुङ 5 मार्च।
‘आगामी लोकसभा चुनावमा पहाडबाट भूमीपुत्र अथवा भूमीपुत्री प्रार्थी निश्चय नै हुनेछ। दार्जीलिङ संसदीय क्षेत्रबाट हुने उक्त प्रार्थी कुन पार्टीबाट अनि कुन चुनाव चिन्हमा खडा हुनेछ भन्ने पनि तय भएको छैन। पहाडमा गोजमुमो पार्टी नै शक्तिशाली छ अनि गोजमुमो पार्टीको आशिर्वाद पाउने पार्टीले नै लोकसभा चुनाव जित्नेछ। अहिले हामी तेस्रो मोर्चामा छौँ। यसकारण पहाडबाट कुन दलको प्रार्थी हुनेछ भने अन्तिम निर्णय भएको छैन’ – उक्त कुरा गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विनय तामाङले भनेका हुन्।

उनले पत्रकारहरूसँग कुराकानी गर्दै दार्जीलिङ हिल तृणमूल कङ्ग्रेसका अध्यक्ष एल.बी राईले पहाडबाट तृणमूल कङ्ग्रेसको प्रार्थी हुनेछ भन्ने बयान आफ्नो व्यक्तिगत बयान हुनसक्ने बताउँदै पहाडबाट तृणमूल कङ्ग्रेसले प्रस्ताव पारित गरेर पठाएको हुनसक्ने पनि बताएका छन्। यद्यपी आफुहरू तेस्रो मोर्चामा समावेश भएको कारण अनि तेस्रो मोर्चाको संयोजक मुख्यमन्त्री ममता ब्यानर्जी आफै भएको कारण गोजमुमो अनि ममता ब्यानर्जीमाझ चुनावलाई लिएर वैठक हुने पनि उनले बताएका छन्। सोही वैठकपछि नै गठबन्धनको अन्तिम निर्णय लिएर प्रार्थीबारे घोषणा गर्ने पनि तामाङले बताएका छन्।
तामाङले केहिदिन अघि भारतीय जनता पार्टीका सांसद एस.एस आहलुवालीयाले गोर्खाहरूलाई नेपालको भनी आरोप लगाउने कार्य गरेको भन्दै भाजपाले दसवर्ष चुनाव जितेर गोर्खाहरूलाई बोरामा सुताउने कार्य गरेको आरोप लगाएका छन्। यसैक्रममा एक प्रश्नको उत्तर दिने क्रममा दार्जीलिङ लोकसभा समष्टी क्षेत्रबाट पहाडको भोट जसले एकमुष्ठ पाउँछ त्यसै राजनैतिक दलले जित्दै आएको भन्दै पहाडबाट भोट विभाजन हुने संकेत नरहेको पनि उनले बताएका छन्।
‘चुनावको समयमा राजनैतिक दलहरू पानदोकान खोलेको जस्तै निस्कन्छन् अनि चुनाव सकेपछि सबै हराउँछन्। पहाडमा 16 वटा राजनैतिक दलहरू एकवद्ध बन्ने पनि भनिरहेका छन् तर ती राजनैतिक दलहरूभित्रै पनि विभाज सुरु भइसकेको छ। यस्तो अवस्थामा उनीहरूमाझमा पहाडको सबै बुथहरूमा आफ्नो कार्यकर्ता समेत राख्न सक्दैनन्। हामी गोजमुमो पार्टीको सङ्गठन दह्रिलो भएको कारण हामीसँग प्रत्येक बुथसम्म पुलिङ एजेन्ट राख्न सक्नेछौँ’ तामाङले आफुहरूको पहाडमा अझै सङ्गठन दह्रिलो रहेको उदाहरण दिँदै भने। उनले गोजमुमो पार्टीले तेस्रो मोर्चालाई समर्थन जनाउँदा मुख्यरूपले 8 बुँदे माग राखेको बताउँदै उक्त सबै मागहरूलाई तेस्रो मोर्चाले मानिलिएको पनि तामाङले बताएका छन्।
अर्कोतर्फ उनले एक प्रश्नको उत्तर दिने क्रममा आगामी लोकसभा चुनावमा भाजपा नै मूल प्रतिद्वन्द्वी रहेको भन्दै आफुहरू भाजपालाई पराजित गर्न कुनै कसर बाँकी नराख्ने पनि उनले बताएका छन्। ‘भाजपालाई दार्जीलिङको आसन चुनौतिपूर्ण रहेको छ। बङ्गालमा खाता खोलेको पहिलो आसन दार्जीलिङ नै भाजपाले नगुमाउन उनीहरूले धेरै लगाव गर्नसक्छन् तर यहाँबाट भाजपा अध्यक्ष अमित शाह अथवा प्रधानमन्त्री नरेन्द्र मोदी नै खडा भए पनि हामी उनीहरूलाई पराजित गरेर देखाउनेछौँ’ विनय तामाङले भने।
उनले चुनवाको समयमा प्रत्येक राजनैतिक दलहरूको गोर्खाल्याण्डको मुद्दा झिक्ने गरेको बताउँदै चुनाव पछि गोर्खाल्याण्डको कुरा गर्ने राजनैतिक दलहरू हराउने पनि बताएका छन्। यसक्रममा ‘गोर्खाल्याण्डको मुद्दालाई अहिलेसम्म मागिखाने भाँडो’ बनाउने कार्य गरेको उनले आरोप लगाएका छन्। तामाङले गोर्खाल्याण्ड राज्य गठनको बाटोमा मूल रूपले सन् 1950 को भारत नेपाल मैत्री सन्धी रहेको बताउँदै यदि देशमा तेस्रो मोर्चाको सरकार गठन भए भारत नेपाल मैत्री सन्धिमा उल्लेखित ‘रेसिपोकल’ भन्ने सम्झौतालाई नै संशोधनको पहल गरिने पनि बताएका छन्।
‘तेस्रो मोर्चाले सरकार बनाएको खण्डमा भारत नेपाल मैत्री सन्धि संशोधनको पहिलो कार्य गर्नेछौँ। जबसम्म उक्त भारत नेपाल मैत्री सन्धि संशोधन हुँदैन तबसम्म हामीलाई गोर्खाल्याण्ड प्राप्ती गर्न गाह्रो हुनेछ। यसैकारण हामीले यहाँ भारत नेपाल रेसिपोकल भन्ने कुराले नै हामीलाई असुविधा सिर्जना भइरहेको छ’ विनय तामाङले भने।  

No comments:

Post a Comment

Post Bottom Ad