तृणमूल कङ्ग्रेसले पहाडबाट आफ्नै प्रार्थी खडा गर्ने; एल.बी राईले भने –‘तृणमूल कङ्ग्रेसले सय प्रतिशत जित्नेछ’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, March 4, 2019

तृणमूल कङ्ग्रेसले पहाडबाट आफ्नै प्रार्थी खडा गर्ने; एल.बी राईले भने –‘तृणमूल कङ्ग्रेसले सय प्रतिशत जित्नेछ’

गफसफ.com , कालेबुङ 4 मार्च।
‘तृणमूल कङ्ग्रेस दार्जीलिङ पहाडमा सबैभन्दा बलियो पार्टी हो। यसकारण हामी हाम्रो पार्टीका समर्थकहरूलाई निराश बनाउन चाहँदैनौँ। त्यसैकारण हामी पहाडमा अन्य पार्टीको नभएर आफ्नै पार्टीको उम्मेद्वार खडा गर्नेछौँ। पार्टीले आगामी सप्ताह दिनभित्रमा उम्मेद्वारको नाउँ घोषणा गर्नेछ’ उक्त कुता दार्जीलिङ हिल तृणमूल कङ्ग्रेसका अध्यक्ष एल.बी राईले भनेका हुन्।

पार्टीको कार्यक्रममा सहभागी बन्न कालेबुङ आएका राईले पत्रकारहरूसँग बोल्दै पहाडमा तृणमूल कङ्ग्रेस सबैभन्दा शक्तिशाली रहेको दाबी गर्दै लोकसभा चुनावमा जित्ने सय प्रतिशत विश्वास रहेको पनि बताएका छन्। उनले राष्ट्रिय राजनीतिमा तेस्रो मोर्चामा रहेको तृणमूल कङ्ग्रेसले पहाडबाट आफ्नै प्रार्थी खडा गर्ने दाबी गर्दै अन्य राजनैतिक दलहरूसँग गठबन्धन गर्ने पनि बताएका छन्। यद्यपी उनले कुन कुन राजनैतिक दलहरूसँग गठबन्धन गर्ने हो भन्ने कुराको पनि खुलस्त पारेनन्।
हिल तृणमूल कङ्ग्रेसका अध्यक्ष एल.बी राईले पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा तृणमूल कङ्ग्रेसले आगामी केहि दिनभित्रमा प्रार्थीको नाउँ घोषणा गर्नुको साथै लोकसभा चुनावमा तृणमूल कङ्ग्रेससँग हुने गठबन्धनको पनि घोषणा गर्ने बताएका छन्। ‘हामी अहिले ठाउँ-ठाउँमा बुथ कमिटिहरू बनाउने काम गरिरहेका छौँ। पार्टीलाई बलियो बनाउने र बुथ कमिटि बनिनेक्रम जारी रहेको छ। यसैक्रममा हामी आगामी दुईसप्ताह भित्रमा पार्टीको आफ्नो उम्मेद्वारको नाउँ घोषणा गर्नेछौँ। यसका साथै हामी हाम्रो गठबन्धनको पनि घोषणा गर्नेछौँ’ एल.बी राईले भने। उनले लोकसभा चुनावलाई लिएर गठबन्धको विषयमा भने पार्टीको हाईकमाण्डको निर्देश नै सर्वोपरी हुने पनि स्पष्ट पारेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad