भोलिदेखि नै पहाडका विद्यालयहरूमा मोठ 330 जना शिक्षकहरूको नियुक्ति प्रक्रिया आरम्भ हुने - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, March 7, 2019

भोलिदेखि नै पहाडका विद्यालयहरूमा मोठ 330 जना शिक्षकहरूको नियुक्ति प्रक्रिया आरम्भ हुने

गफसफ.com दार्जीलिङ, 7 मार्च।
‘दार्जीलिङ पहाड़का विभिन्न उच्च अनि उच्चत्तर माध्यमिक विद्यालयका 271 स्वयँसेवी शिक्षक/शिक्षिकाहरूसितै हालमा सञ्चालनमा रहेका कूल 12 वटा न्यू सेटअप अप्पर प्राइमेरी स्कूलका कूल 59 जना स्वयँसेवी शिक्षक/शिक्षिकाहरूको नियुक्ति प्रक्रिया राज्य सरकारले भोलिदेखि शुरू गर्ने भएको छ’ उक्त जानकारी जीटीए बोर्ड अध्यक्ष विनय तामाङले एक प्रेस विज्ञप्ती जारी गरेर दिएका छन्।

आज जीटीए अध्यक्ष विनय तामाङ, उपाध्यक्ष अनित थापा अनि जीटीए शिक्षा विभागका प्रभारी अमरसिहँ राईले मुख्यमन्त्री ममता व्यानर्जीसित भेटवार्ता गरेको थियो। लगभग एक घण्टासम्म चलेको उक्त भेटवार्ताको क्रममा नै उक्त निर्णय लिइएको हो भनि तामाङले विज्ञप्तीमा बताएका छन्।
‘मुख्यमन्त्री ममता व्यानर्जीले दार्जीलिङ पहाड़का उच्च एवं उच्चत्तर माध्यमिक विद्यालयका 271 स्वयँसेवी शिक्षक/शिक्षिका अनि न्यू सेटअप अप्पर प्राइमेरीका 59 जना स्वयँसेवी शिक्षक/ शिक्षिकाहरूको नियुक्ति प्रक्रिया भोलिदेखि नै शुरू गर्ने आश्वासन दिइन्। भेटवार्ताकै क्रममा मुख्यमन्त्री ममता व्यानर्जीले राज्यका शिक्षामन्त्री पार्थ च्याटर्जीलाई फोनवार्तामार्फत भोलिदेखि नै नियुक्ति प्रक्रिया शुरू गर्ने निर्देश दिइन् भने मन्त्री पार्थ च्याटर्जीले पनि भोलि बिहानदेखि नै उक्त शिक्षकहरूको नियुक्ति प्रक्रिया शुरू गर्ने बताए’ विनय तामाङले भनेका छन्।
यसबाहेक यही चुनाउअघि नै दार्जीलिङ पहाड़का 14 वटा गैर-मान्यताप्राप्त उच्च विद्यालयहरूलाई मान्यता प्रदान गर्ने प्रक्रिया शुरू गर्ने पनि मुख्यमन्त्रीले मन्त्री पार्थ च्याटर्जीलाई निर्देश दिएको तामाङले जानकारी गराएका छन्। यसका साथै जीटीएका पे-ब्याण्ड कर्मचारीहरूको थाँतीमा रहेको दुई महीनाको तनाखा पनि प्रदान गरिने राज्य सरकारले सहमति जनाएको उनले बताएका छन्।
यसबाहेक दार्जीलिङ पहाड़लाई अर्को उपहारको रूपमा कालेबुङमा आइटी पार्कको उद्घाटन गरिने भएको पनि उनले जानकारी गराएका छन्। आगामी 9 मार्चको दिन उक्त जीटीए अध्यक्ष विनय तामाङ, विधायक अमरसिहँ राई, डा. रोहित शर्मा अनि राज्यसभा सांसद शान्ता छेत्रीले उक्त आइटी पार्कको उद्घाटन गर्ने भएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad