एनआरसी लागु गरेर भाजपाले आसामपछि दार्जीलिङका लाखौं गोर्खाहरूलाई नेपालका घुसपैठी बनाउनु खोज्दैछ- विनय तामाङ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, March 30, 2019

एनआरसी लागु गरेर भाजपाले आसामपछि दार्जीलिङका लाखौं गोर्खाहरूलाई नेपालका घुसपैठी बनाउनु खोज्दैछ- विनय तामाङ

गफसफ.comदार्जीलिङ, 30 मार्च।  
भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहाले अलिपुरद्वारमा चुनाव प्रचारको समय बङ्गालमा एनआरसी लागु गर्ने घोषणा गरेर गोर्खाहरूको नागरिक अधिकार हनन् गर्न खोजेको गोजमुमो अध्यक्ष विनय तामाङले आरोप लगाएका छन्। उनले आसम राज्यमा एनाअरसी लागु भएपछि त्यहाँका गोर्खाहरूलाई एनआरसीको परिधीभित्र ल्याएर डाउडफूल भोटर बनाएर नागरिक अधिकार खोस्ने प्रयास गरेको भन्दै अब दार्जीलिङ पहाडका लाखौँ गोर्खाहरूलाई पनि भाजपाले नागरिक अधिकार खोस्ने प्रयास गरेको तामाङले आरोप लगाएका छन्।

उनले छिमेकी देश भूटानमा पनि यस्तै एनआरसी लागु गरिएको कारण त्यहाँबाट हजारौँ नेपालीहरूलाई देशबाट खेदिएको उदाहरण दिँदै यता बङ्गालमा पनि भाजपा एनआरसी लागु गरेर दार्जीलिङ पहाडका गोर्खाहरूलाई खेद्ने प्रयास गरेको तामाङले दाबी गरेका छन्।
‘दार्जीलिङ पहाड़का गोर्खाहरू भारत स्वतन्त्र हुनभन्दा अघिदेखि यस ठाउँमा बस्दै आइरहेको भएतापनि यहाँका चियाकमान, सिन्कोना बगान, नगरपालिकाक्षेत्र अनि डीआई फण्ड अधिनस्थ जमीनहरूमा बसोबासो गर्ने 82 प्रतिशत गोर्खाहरूको आफ्नो जमीनको मालिकाना अधिकार (पर्जापट्टा) छैन। यदि बङ्गालमा एनआरसी लागु गरिएको खण्डमा दार्जीलिङ पहाड़का उक्त 82 प्रतिशत गोर्खाहरूलाई नेपालको घुसपैठी (Immigrants) घोषित गरिनेछ र उनीहरूको भोटिङ अधिकारसितै एकजना भारतीय नागरिकले पाउनुपर्ने जम्मै अधिकारहरू पनि खोसिनेछ’ विनय तामाङले भनेका छन्।
यसैक्रममा उनले गत केही दिन अघिमात्र सासंद एसएस आहलुवालियाले भूमिपुत्रको कुरा गर्नेहरू आफै नेपालबाट आएका हुन् भनेर हामीलाई नेपाली घुसपैठीको संज्ञा दिइसकेको भन्दै यसभन्दा अघि भाजपा सरकारअधिनस्थ आरजीआईले पनि गोर्खा जातिको 11 वटा जातगोष्ठीलाई जनजातिको दर्जा दिइएको खण्डमा भारतका विभिन्न राज्यहरूमा भविष्यमा नेपाली घुसपैठीहरूको संख्या वृद्धि भएर जानेछ भनेर गोर्खाहरूलाई नेपालका घुसपैठी भनिसकेको दाबी तामाङले गरेका छन्।  
‘दार्जीलिङ पहाड़कै नजीक अलिपुरद्वारमा आएर पश्चिम बङ्गालमा एनआरसी लागु गर्ने घोषणा गर्नु भनेको भूमिहीन अवस्थामा बसेका पहाड़का लगभग 18 लाख गोर्खाहरूलाई आधिकारीकरूपमा नेपालको घुसपैठी बनाएर हाम्रो भोटिङ राइटसितै भारतीय नागरिक अधिकार खोसेर गोर्खाहरूलाई दार्जीलिङ पहाड़बाट उच्छेद गर्छु भनेर चेतावनी दिनु हो।  यसैकारण गोर्खाहरूलाई आफ्नो माटो अनि भूमिदेखि उच्छेद बनाउने धम्की अनि षड़यन्त्रको विरूद्ध सम्पूर्ण गोर्खाहरू एकजुट हुन अति आवश्यक रहेको छ’ विनय तामाङले भनेका छन्। यसैक्रममा उनले सम्पूर्ण गोर्खाहरूलाई एकजुट भएर हाम्रो भूमिपुत्र गोर्खे प्रार्थी अमरसिहँ राईलाई समर्थन गरी आफ्नो भूमिको पर्जा-पट्टा अनि कानूनी अधिकार हासिल गर्ने दिशातिर अग्रसर भइदिने अपिल पनि गरेका छन्।
यसक्रममा तामाङले भाजपाको यही नीति बुझेर नै आफुहरूले चुनावी घोषणापत्रमा भूमिहीन गोर्खाहरूलाई पर्जापट्टा प्रदान गरिनुपर्ने माग उल्लेख गरेको पनि दाबी गरेका छन्। ‘हाम्रो प्रार्थी अमरसिहँ राई स्वयँले यस विषयमा गम्भीरतासाथ काम गर्ने प्रतिवद्धता पनि जाहेर गरिसकेका छन्।  यसैले यसपालिको चुनाउमा हाम्रो प्रार्थी अमरसिहँ राईलाई जिताउनु भनेको आफ्नो घर-जमीनको पर्जापट्टा निश्चित गर्नु हो’ तामाङले भनेका छन्।
उनले भाजपा अध्यक्ष अमित शाहको उक्त घोषणाको खुलेर विरोध गर्दै गर्छौं भन्दै भाजपाको नियत बुझेर नै आफुहरूले राज्य सरकारसँग सम्बन्ध स्थापित गरेको अनि जनतालाई आफ्नो जमिनको मालिकाना हक दिलाउने कार्य गरिरहेको दाबी गरेका छन्। जुन कार्य आगामी दिनमा चाँढै पुरा हुने पनि तामाङको दाबी रहेको छ। ‘आफ्नो जमीन अनि घड़ेरीको सुनिश्चित गर्नको निम्ति पनि यसचोटि हामीले गोजमुमो अनि तृणमूलको संयुक्त प्रार्थी अमरसिहँ राईलाई चुनाउ जिताउन अत्यन्त आवश्यक रहेको छ’ तामाङले अन्तमा भनेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad