सन्त अगष्टिनको आयोजनामा इन्टर एंग्लो ईन्डियन आईसीएसई स्कुल डाइमण्ड जुब्ली जुनियर बास्केटबल टुर्नामेन्ट सम्पन्न - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, March 30, 2019

सन्त अगष्टिनको आयोजनामा इन्टर एंग्लो ईन्डियन आईसीएसई स्कुल डाइमण्ड जुब्ली जुनियर बास्केटबल टुर्नामेन्ट सम्पन्न

गफसफ.com, कालेबुङ 30 मार्च।
इन्टर एंग्लो ईन्डियन आईसीएसई स्कुल डाइमण्ड जुब्ली जुनियर बास्केटबल टुर्नामेन्टको खिताब सन्त जोसेफ कन्भेन्ट कालेबुङ अनि सन्त जोसेफ स्कुल दार्जीलिङले जितेर आफ्नो झोलिमा पार्न सफल भएको छ। सन्त अगष्टिन स्कुल कालेबुङको आयोजनामा सम्पन्न भएको दुई दिवसिय इन्टर एंग्लो ईन्डियन आईसीएसई स्कुल डाइमण्ड जुब्ली जुनियर बास्केटबल टुर्नामेन्टमा मोठ 21 वटा दलहरूले भाग लिएका थिए। जसको सेमिफाइनल अनि फाइनल खेला आज सम्पन्न भएको थियो। 

पुरुष अनि महिलावर्गमाझ छुट्टा छुट्टै सम्पन्न भएको उक्त बास्केटबल प्रतियोगितामा पुरुषवर्गमाझ सन्त अगष्टिन स्कुल, गोथल्स मेमोरियल स्कुल, ग्रेस ईङ्ग्लीस स्कुल पेदोङ, सन्त जोसेफ स्कुल पारेन, सन्त जोसेफ स्कुल दार्जीलिङ, सन्त जर्ज स्कुल पेदोङ, सन्त पल स्कुल दार्जीलिङ, सन्त स्टेफन स्कुल कफेर, सन्त जेभियर्स स्कुल पाक्योङ, वृन्दावन एकाडमी अनि रकभेल एकाडमीले भाग लिएका थिए। जसमध्ये सन्त जोसेफ स्कुल दार्जीलिङ अनि सन्त जेभियर्स स्कुल पाक्योङ फाइनलमा प्रवेश गरेको थियो।
दुवै स्कुलका खेलाडीवर्गले उत्कृष्ट खेलको प्रदर्शन गरे पनि आखिरमा सन्त जोसेफ स्कुल दार्जीलिङले सन्त जेभियर्स स्कुल पाक्योङको विरुद्ध 21-23 अङ्क हासिल गरेर फाइनलको खिताब आफ्नो पक्षमा पारेका हुन्। खेलको पहिलो हाफमा नै सन्त जोसेफ स्कुल दार्जीलिङले 12 अङ्क बटुल्दा सन्त जेभियर्यस स्कुल पाक्योङको झोलिमा भने केवल 3 अङ्कमा मात्रै जोडिएको थियो।

यस्तो चरम दबावको अवस्थामा खेलको दोस्रो हाफमा भने सन्त जेभियर्स स्कुलले उत्क़ृष्ट प्रदर्शन गरेर आफ्नो झोलिमा 11 अङ्क बटुल्दा सन्त सन्त जोसेफ स्कुल दार्जीलिङको पक्षमा भने 12 अङ्क नै सिमित रहेको थियो। त्यसपछि रहल तेस्रो अनि चौथो हाफमा पनि सन्त जेभियर्स स्कुल पाक्योङका खेलाडीवर्गले उत्कृष्ट खेल प्रदर्शन गरेर सन्त जोसेफ स्कुल दार्जीलिङलाई दबाव बनाइराखे पनि अन्तिम समयमा भएको गल्तिको कारण सन्त जेभियर्स स्कुल पाक्यो सन्त जोसेफ स्कुल दार्जीलिङ विरुद्ध 21-23 अङ्कले ल्याएर पाराजित बन्न परेको हो।

यसरी नै महिलावर्गमाझ सम्पन्न भएको फाइनल खेलमा सन्त जोसेफ कन्भेन्टको भीडन्त सन्त फिलोमिनासँग भएको थियो। महिलावर्गको खेल पनि उत्तिकै रोमाञ्चक सम्पन्न भएको थियो भने सन्त जोसेफ कन्भेन्ट कालेबुङले सन्त फिलोमिना स्कुल विरुद्ध 15-12 अङ्क ल्याएर बिजयी बन्न सक्षम बनेको छ।
सन्त अगष्टिनका प्राचर्य फादर जेराड मुख्य अतिथि रहेको कार्यक्रममा उप-प्राचार्य फादय भिक्टोर, फादर फ्रान्सिस क्रास्टा आदिको पनि विशेष उपस्थिति रहेको थियो। यस अवसरमा बिजयी अनि उपबिजयी दलहरूलाई कार्यक्रमका मुख्य अतिथि फादर जेराड लेप्चा लगायत अन्य विशिष्ट अतिथिवर्गको बाहुलीबाट ट्रफी अनि सर्टिफिकेट वितरण गरिएको थियो।

No comments:

Post a Comment

Post Bottom Ad