बङ्गालमा एनाअरसी लागु गरेर घौसपैठहरूलाई खोजी-खोजी निकाल्नेछौँ – अमित शाह - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, March 29, 2019

बङ्गालमा एनाअरसी लागु गरेर घौसपैठहरूलाई खोजी-खोजी निकाल्नेछौँ – अमित शाह

गफसफ.com, अलिपुरद्वार 29 मार्च।
भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले पश्चिम बङ्गालमा एन.आर.सी लागु गर्ने दाबी गरेका छन्। ‘बङ्गालमा एन.आर.सी ल्याउनेछौँ अनि घुसपैठहरूलाई खोजि खोजि बङ्गालबाट बाहिर निकाल्नेछौँ’ भाजपा अध्यक्ष अमित शाहले अलिपुरद्वारमा चुनाव प्रचारको क्रममा भनेका हुन्।

भाजपा अध्यक्ष शाहले आज अलिपुरद्वारमा आयोजित चुनावी र्‍यालीलाई सम्बोधन गर्दै पश्चिम बङ्गालका घुसपैठीहरूलाई चिह्नित गरी बङ्गालदेखि बाहिर निकाल्नको निम्ति एनआरसी लागु गर्ने भनेका हुन्। उनले बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई हमला गर्दै बङ्गालमा गणतन्त्र नभएको आरोप पनि लगाए।
स्मरण रहोस, गत सेप्टेम्बर महीनामा मात्रै असममा पनि एनआरसी लागु गरिएको थियो भने उक्त समय असममा बसोबासो गर्ने लगभग 3 लाख गोर्खाहरू पनि एनआरसीको कारण डी भोटर्स (Doubt full Voters) को दायराभित्र परेका थिए। जुन समस्याको कारण यसपल्ट हुने लोकसभा चुनावमा समेत धेरै संख्यामा गोर्खा मतदाताहरूले मतदान गर्न पाउनेछैनन्।
‘बङ्गालबाट एक- एकजना घुसपैठीहरूलाई चिह्नित गरी बाहिर निकाल्नको निम्ति एनआरसी (नेशनल रेजिस्टर अफ सिटिजन) लागु गरिनेछ। हामी हरेक हिन्दु शरणार्थीहरूलाई यो देश छोड़ेर जानुपर्दैन भनी आश्वस्त गराउन चाहन्छौं। तपाईहरू सबैले सम्मानको साथमा भारतमा बस्नु पाउनुहुनेछ। यसको लागि सिटीजनसीप एमेन्डमेन्ड बीलको निम्ति हामी प्रतिवद्ध छौं’ चुनावी र्‍यालीलाई सम्बोधन गर्दै अमित शाहले भने।
शाहले तृणमूल कंग्रेसमाथि पनि कटाक्ष गर्दै माँ, माटी मानुसको नारा लगाएर तृणमूलले माटी चै घुसपैठीहरूलाई उपहारमा दिइरहेको पनि आरोप लगाए।

No comments:

Post a Comment

Post Bottom Ad