अदालतलाई अवमानना गर्दै मेरो आप्पाको घर कुर्की गर्‍यो – दावा लेप्चा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, March 17, 2019

अदालतलाई अवमानना गर्दै मेरो आप्पाको घर कुर्की गर्‍यो – दावा लेप्चा

गफसफ.com, कालेबुङ, 17 मार्च।
कालेबुङ पुलिसले भूमिगत नेता विमल गुरुङका ज्वाईँ एवम् पूर्व सभासद दावा लेप्चाको घर कुर्की गरेपछि उनले उक्त घर आफ्नो आप्पाको रहेको बताउँदै पुलिसले अदालतको आदेशलाई अवमानना गरेको आरोप लगाएका छन्। दावा लेप्चाले एक प्रेस बिज्ञप्ती जारी गरेर उक्त घर कुर्की गरेर पहाडमा पुन: एकचोटी अप्रजातान्त्रिक अनि अन्याय र कालो शाषणको अध्याय थपिएको आरोप समेत लगाएका छन्।
दावा लेप्चा (दाहिने-फाइल फोटो) अनि अर्कोतर्फ उनको घर कुर्की गरेको सामान
‘पहाडमा नागरिक सुरक्षा दिन्छौं अनि शान्ति फर्काइ ल्याएका छौं भन्दै दावी गर्ने विनय तामाङ अनि अनित थापाको राजनैतिक अध्यायमा आज फेरी अझै एउटा अप्रजातान्त्रिक अनि अन्यायी कालो शासनको नयाँ अध्याय थपिएको छ’ दावा लेप्चाले प्रेस विज्ञप्तिमा  अझ भनेका छन् – ‘म, दावा लेप्चा, भारतभरिका गोर्खा समाजलाई यो सुचना दिँदछु कि आज कास्योंग बस्ती, पेदोङ, कलेबुङ स्थित मेरो आपा (बाबा)-को घरलाई बङ्गाल पुलिसले जबरजस्ती मलाई आरोपित बनाएको कानुनको सहारामा कुर्की गरेको छ। आज बङ्गाल पुलिसहरू आपाको घरमा आएर घर अनि सामानहरू कुर्की गर्‍यो’।
उनले आफु म गोर्खाल्याण्ड पन्थी व्यक्ति हो भन्दै त्यहीँ मुद्दा र राजनैतिक विचारधारा अनि पारिवारिक सम्बन्धको कारणले बिमल गुरुङलाई समर्थन गर्ने मान्छे रहेको बताउँदै सोही सम्बन्ध अनि राजनैतिक कारणले आज घरबाट बाहिरिएर निर्वासित जीवन बाँच्न परेको बताएका छन्। ‘जुन घर कुर्की भयो त्यो मैले बनाएको घर होइन अनि त्यो नितान्त रूपमा मेरो आपाले दुखभुक्त गरेर अर्जेको सम्पत्ति हो। आज बुढेसकालमा आपा अनि घरका परिवारले शान्तिले बस्न बनाएको घरलाई यदि बङ्गाल पुलिसले कुर्की गर्छ भने यस घटनालाई हामीले अन्यायको पराकाष्ठा मान्नुपर्छ’ दावा लेप्चाले भनेका छन्। यसक्रममा उनले बङ्गाल सरकारको दमन नीतिलाई मल-जल गर्नु आगामी चुनावमा गोर्खाहरूले बिनय र अनितको लहै लहैमा लागेर भोट दिनु उचित हुँदैन समेत भनेका छन्।
उनले उक्त घर कुर्की गर्दा पुलिसले अदालतको आदेश उल्लंघन गरेको आरोप लगाउँदै भनेका छन् –‘अदालतले मेरो आपाको उमेर र न्यायको गुहारलाई ध्यानमा राख्दै २० नोभेम्बर २०१८ को दिन अर्डर संख्या १० जारी गरेर मेरो उपस्थितिको निम्ति मेरो आपाको सम्पत्ति कुर्की गर्नु नपाउने आदेश दिएको थियो। आज बङ्गाल पुलिसले कलेबुङ जिल्ला अदालतले २० नोभेम्बर २०१८ को दिन दिएको आपाको घर कुर्की गर्नु नपाउने अर्डर संख्या १० को उल्लङ्घन गरेर मेरो आपाको घर कुर्की गर्‍यो अनि मेरो परिवारलाई बेघर बनायो। म त्यो घरमा बस्दिन पनि थिएँ। आज मलाई लागेको आरोपमा मेरो आपाले यति ठूलो सजाय भोग्नु कहाँसम्मको न्याय हो? आज मलाई खाने बाघले भोलि अरूलाई पनि अवश्यै खान्छ नै। अब अदालतले यसमा के कदम लिन्छ होला भन्ने मेरो जिज्ञासा छ।’
यसक्रममा लेप्चाले राज्य सरकारले आफुहरूलाई जति नै दवाब दिए पनि आफ्नो प्राणमा लेखिएको गोर्खाल्याण्डलाई मेटाउन सक्दैन भनेका छन्। ‘अब समयलाई बुझ्ने पालो जनताको हातमा आएको छ। भनिन्छ पाँच वर्ष नेताको अनि चुनावको एकदिन जनताको हो। मलाई जाति नै सताओस, तर जनताले त्यो एकदिनको सदुपयोग गर्नेछन भन्ने मेरोमा पूर्ण विश्वास छ’ उनले भनेका छन्।
‘म धन्यवाद दिन चाहन्छु, विनय-अनित अनि अमर सिंह राईलाई, उनीहरूले मुद्दालाई पोको पारेर टिस्टामा बगाएको हुनाले नै हामीले त्यस पोकोलाई निकालेर छातीमा टाँसेर हिंड्न पाएका हौँ अनि समयमा नै आफ्नो र पराया छुट्याउन पाएका हौँ। फेसा खुस्किएको दिन पुच्छर चेप्टिन्छ नै, तपाईँहरूले आरनमा रगरगी गर्दै गर्नुहोस। पुलिसलाई हाम्रो विरुद्द हतियार बनाइरहनु होस्, एकदिन त्यही घटनाको सम्मुखिन तपाईंहरू उभिनुपर्छ नै’ दावा लेप्चाले अझ भनेका छन् –‘अहिले पनि समय छ, बिराएर छोडेको बाटो फर्किनुहोस। राज्यको यहि रवैयामा भविष्यको बङ्गालमा तपाईंहरू पनि सुरक्षित छैन।’

No comments:

Post a Comment

Post Bottom Ad