देशी पिस्तोल सहित युवक पक्राउ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, March 18, 2019

देशी पिस्तोल सहित युवक पक्राउ

गफसफ.com, दार्जीलिङ, 18 मार्च।
दार्जीलिङ पुलिसले एक युवकलाई पिस्तोलसँगै पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा पुलिसले दार्जीलिङ बतासे राईभिल्ला निवासी चन्दन राईलाई एउटा पिस्तोल अनि एउटा जिउँदो कार्तुससँगै पक्राउ गरेको छ। पक्रा परेका चन्दन तामाङलाई पुलिसले न्यायालयमा पेश गरेपछि न्यायालयले तीन दिनको पुलिस रिमाण्डमा पठाएको छ।

जोरबङ्लो थानाका ओसी मिङ्मा लेप्चाले दिएको जानकारी दिएअनुसार, गत केही दिनअघि जोरबङ्लो थानालाई बतासे इलाकामा एक युवक सन्देहास्पद ढङ्गमा घुमिरहेको सूचना प्राप्त भएको थियो। यो सूचनाको आधारमा नै पुलिसले बतासे इलाकामा रातीको समय एक अभियान चलाएको थियो, त्यसै समय चन्दन तामाङ सन्देहास्पदरूपमा घुमिरहेको भेटेपछि पुलिसले उनलाई सोधपुछ गरेको थियो। तर पुलिसले सोधेको प्रश्नको उत्तर सही दिन नसक्दा उनको शरीरमा खोज तलास गरिएको थियो। जसमा उनको शरीरबाट एउटा पिस्तोल फेला परेपछि उनलाई पक्राउ गरिएको हो।
चन्दन विरूद्ध अन्य पनि धेरैवटा आपराधिक मामला रहेको जानकारी पाएको छ भने हाल उनलाई केरकार गर्ने क्रम जारी राखेको पनि पुलिसले बताएको छ। पक्रा परेका चन्दन तामाङबाट पुलिसले देशी पिस्तोल फेला पारेको छ भने त्यसमा एउटा जिउँदो कार्तुस पनि फेला पारेको छ। 

No comments:

Post a Comment

Post Bottom Ad