गोजमुमो 35 नम्बर समष्टिको दलीय सभा सम्पन्न; लोकसभा प्रार्थी अमरसिँह राईलाई जिताउने कसरत सुरु - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, March 17, 2019

गोजमुमो 35 नम्बर समष्टिको दलीय सभा सम्पन्न; लोकसभा प्रार्थी अमरसिँह राईलाई जिताउने कसरत सुरु

गफसफ.com, कालेबुङ, 17 मार्च।
गोर्खा जनमुक्ति मोर्चाले लोकसभा चुनावलाई ध्यानमा राखेर राजनैतिक कार्य तिब्र पारेको छ। यसैक्रममा आज गोजमुमो 35 नम्बर समष्टिका कार्यकर्ताहरूलाई लिएर पार्टी कार्यलयमा सभा सम्पन्न भएको थियो। उक्त सभामा लोकसभा प्रार्थी अमरसिँग राईलाई लोकसभा चुनावमा बिजय बनाउन प्रचार अभियानलाई तीब्र पार युवा मोर्चा अनि नारी मोर्चाको को-अर्डीनेशन कमिटि गठन गरिएको छ।

गोजमुमो 35 नम्बर समष्टिका अध्यक्ष विनय घिसिङको अध्यक्षतामा सम्पन्न भएको उक्त दलिय सभामा नारी अनि युवा मोर्चाका 21-21 जना सदस्यहरूलाई लिएर को-अर्डिनेशन कमिटि गठन गरिएको छ। उक्त कमिटिले समष्टि स्तरमा लोकसभा प्रार्थी अमरसिँह राईको प्रचारमा कार्य गर्ने भएको छ। उक्त सभामा जिल्ला कमिटिका सचिव गायत्री मुखिया, युवा मोर्चा अध्यक्ष विदुर राई, अमिर बस्नेत, भुवन खनाल लगायत पार्टीका कार्यकर्ताहरू उपस्थित रहेका थिए। यसैक्रममा भुवन खनालले लोकसभा चुनावमा प्रार्थी अमर सिँहलाई बिजय बनाउन प्रत्येक कार्यकर्ताहरूले आ-आफ्नो स्तरमा कार्यगर्नुपर्ने निर्देश दिइएको बताएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad