नामङ्कन पत्र भर्ने अन्तिम दिन भाजपासित मिलेर गोरामुमो र विमलपन्थी गोजमुमोले देखायो शक्ति; जन आन्दोलन पार्टीले पनि राजनैतिक शक्ति देखाउन परेन पछि - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, March 26, 2019

नामङ्कन पत्र भर्ने अन्तिम दिन भाजपासित मिलेर गोरामुमो र विमलपन्थी गोजमुमोले देखायो शक्ति; जन आन्दोलन पार्टीले पनि राजनैतिक शक्ति देखाउन परेन पछि

गफसफ.com, दार्जीलिङ, 26 मार्च।
भारतीय जनता पार्टीलाई अघि राखेर गोरामुमो र विमल गुरूङपन्थी गोजमुमोले आज दार्जीलिङमा आफ्नो राजनैतिक शक्ति देखाएको छ। लोकसभा चुनावका निम्ति नामङ्का पत्र दर्ता गर्ने आज अन्तिम दिन भाज प्रार्थी राजु विष्टले आफ्नो नामङ्कन दर्ता गर्न जाँदा बजारमा गोरामुमो र गोजमुमो विमल गुट मिलेर अघोषित शक्ति देखाएको छ। यसैक्रममा जन आन्दोलन पार्टीले पनि आज दार्जीलिङ शहरमा पार्टीको अघोषित शक्ति प्रदर्शन गरेको छ। र्ल्वे स्टेशनबाट जाप पार्टी कार्यकर्ताहरूले पार्टी अध्यक्ष डा. हर्कबहादुर छेत्रीले आफ्नो नामङ्कन पत्र दर्ता गर्ने क्रममा आफ्नो राजनैतिक शक्ति देखाएको हो।
यसको ठीक अर्कोतिर विमल गुरूङपन्थी गोजमुमो र गोरामुमोले पनि भाजपा उम्मेद्वार राजु विष्टलाई साथमा लिएर चौरास्ताबाट र्‍यालीको आयोजना गरेको थियो। जसमा गोरामुमो अध्यक्ष मन घिसिङ, अजय एड्वर्ड, लोप्साङ लामा, सेवानिवृत्त कर्नल रमेश आले आदि मुख्यरूपले सामेल रहेका थिए। यस र्‍यालीमा सहभागी पार्टी कार्यकर्ताहरूले यहाँ विमल गुरूङ जिन्दावादको नारा पनि लगाइरहेका थिए।
यसैबीच, दोस्रो चरणको लोकसभा चुनाउको लागि नामाङ्कन पत्र पेश गर्ने अन्तिम दिन आज क्रमैले भाजपा उम्मेद्वार राजु विष्ट, जाप अध्यक्ष डा. हर्कबहादुर छेत्री, गल्फ (गोर्खा युनाइटेड लिबरेशन फ्रण्ट)-बाट रिसीका छेत्री, आईडीआरएफ (इण्डियन डेमोक्रेटिक रिपब्लिकन फ्रण्ट)-बाट क्रिस्टोफर गहतराज, आमरा बंगालीबाट एन. चन्द्र अधिकारी, एपीआई (एब्-अरिजिनल अम्बेद्कर बन्धु आदि भूमिपुत्र)-बाट दिग्विजय मण्डल आदिले आ-आफ्नो नामाङ्कन पत्र पेश गरे।
भाजपा प्रार्थी राजु विष्ट
गोर्खाको शिर कहिले झुक्न नदिने वचनसितै चुनावी अखडामा ओर्लिए भाजपा उम्मेद्वार विष्ट। यसका साथै उनले गोर्खा जातिको पुरानो मुद्दा सुल्झाउन पूर्ण प्रयास गर्ने पनि आश्‍वासन दिएका छन्।
आज दार्जीलिङमा आफ्नो नामाङ्कन पत्र पेश गरेपछि पत्रकारहरूद्वारा सोधिएको प्रश्‍नको उत्तरमा विष्टले भने-गोर्खा जातिका 11 वटा जात-गोष्ठीलाई जनजातिको मर्यादा दिलाउने विषयमा एउटा अलगै पत्रकार सम्मेलनको आयोजना गरिनेछ। उनले दार्जीलिङ पहाडका मजबुत पार्टीहरू आफूसित रहेको बताउँदै यस चुनाउमा तृणमूंल कंग्रेससितको प्रतिद्वन्दिता त्यति ठूलो विषय नभएको पनि बताए। उनले भाजपाको मूल मुद्दा विकास रहने बताउँदै विशेष उत्तर बंगाल अनि दार्जीलिङ पहाड विकासबाट धेरै पछाडिएको कारण यस दिशामा ठोस काम गर्ने अनि चुनाउ जितेर गएपछि आफ्नो संसदीय क्षेत्रमा बेसी समय दिने पनि वचन दिए।
जापका स्वतन्त्र प्रार्थी डा. हर्कबहादुर छेत्री
कालेबुङका पूर्व विधायक डा. हर्कबहादुर छेत्रीले यसपाली लोकसभा चुनाउमा आफ्नो भाग्य अज्माएका छन्। जसले अलग राज्य गोर्खाल्यान्डको मुद्दा वा मागलाई माटोमुनि पर्न नदिनको लागि यस चुनाउमा भाग लिएको बताएका छन्। यसपालीको चुनाउ टफ हुन्छ भनेर मूल मुद्दालाई मर्न दिन त भएन नि। साझा उम्मेद्वार उठाउने प्रयासको विफलताबारे उनले भने-साझा उम्मेद्वार होस् भनेर धेरै प्रयास गरियो। तरै पनि अझैसम्म साझा उम्मेद्वारको लागि हाम्रो ढोका खुल्ला छ भन्नु पनि समय सकिंदै जाँदैछ। यसैकारण हामी बुट-पट्टी बाँधेर मैदानमा उत्रिएका हौं।
गल्फबाट स्वतन्त्र प्रार्थी रिसीका छेत्री
मूल माग अलग राज्य गोर्खाल्यान्ड हो। यसैले यस चुनाउमा हाम्रो मुद्दालाई हेरेर पनि जनताले मलाई होइन, मुद्दालाई जिताउनेछन् भन्ने पूर्ण आशा छ।
यूजीआरएफ अजय दाहाल
उनी अहिलेसम्म पनि साझा उम्मेद्वार नै होस् भन्ने पक्षमा छन्। तर साझा उम्मेद्वारको लागि सहमति बन्न नसक्दा आफू पनि यस चुनावी मैदानमा ओर्लिन परेको बताएका छन्। उनले भनेका छन्-तृणमूल कंग्रेस र भारतीय जनता पार्टीलाई पहाडबाट शुन्य भोट हुनपर्छ भन्ने मेरो नारा छ।

No comments:

Post a Comment

Post Bottom Ad