एकातिर विनय तामाङ-अनित थापा र अर्कातिर विमल गुरुङ-मन
घिसिङलाई भए भरको गाली गर्न भ्याएका अभूतपूर्व विचारकहरूले अहिले बड़ो असमञ्जसको
स्थिति सृष्टि गरेका छन् पहाड़मा। न त आफ्नो अड़ान र तर्क राख्न सकिरहेका छन्
उनीहरू,
न त शत्रु मानेका दल र नेताहरूको रणनीतिलाई ध्वस्त पार्ने
कौशल बुनिरहेका छन्। मधहोश अन्धो हात्तीहरूलाई फितलोले प्याट्ट प्याट्ट हानिरहेका
दार्शनिकहरूले एक्काइसौ शताब्दीको चुनाउलाई आफ्नो विचारको परिधिभित्र सीमित गरेर
समग्र पहाड़का मतदाताहरूलाई पनि असमञ्जसको स्थितिमा हुलिरहेका छन्। तपाईहरू नै
असमञ्जसको स्थितिमा परेको राजनैतिक पृष्ठभूमिलाई राष्ट्रिय दलका नेतृत्व अनि
रणनीतिमा महारथ हासिल गरेका नीतिकारहरूले राम्ररी केलाउन सक्छन्। यति यथार्थको
तथ्यलाई नभुल्नुहोस् होला।
भूमिपुत्रको सम्मोहनमा दार्जिलिङले मणिपुरलाई अँगाल्न नसके
गोर्खाल्याण्डको नारालाई राष्ट्रिय स्तरमा किन फैलाउने? वैश्विक समर्थन लिने नैतिक अधिकार के रह्यो तपाईहरूमा?
सिमाना सीमाङ्कित गरेर दार्जिलिङले भूमिपुत्र नै माग्छ भने
अमरसिंह राईलाई मुख्यमन्त्री ममता ब्यानर्जीले दिएकी छैनन् त! अमरसिंह राई शिक्षित
छन् अनि असल चरित्रको नेता पनि हुन्। न त भ्रष्टाचारमा लिप्त छन् न महिला विवादमा
परेका छन्। त्यो पनि स्वीकार नगर्ने, यो पनि स्वीकार नगर्ने। त्यस चेतपछिल्तिर आधार के छ हँ?
राज्य अनि केन्द्र स्पोन्सर्ड नेता अस्वीकार गर्ने र सामूहिकताको
लड़ाइ लड्ने!!! यसबारे एकजना पत्रकार तथा कविले 104 दिनव्यापी आन्दोलन अवधि के
लेखे अनि अहिले उनी के र कस्तो प्रचार गर्दैछन्? ती सबै धरातल हुन् हाम्रै सामाजिक चेतको। गम्भीरतासित
नियाल्नु आवश्यक छ। मदहोस अन्धो हात्ती जस्तै आफू पनि केवल अघि बढ्ने जमातलाई
प्रश्न सोध्ने नैतिक अधिकार रहन्न है।
सामूहिकताको वकालत गर्नेहरूलाई प्रश्न यति नै छ आरबी राई, हर्कबहादुर छेत्री, बन्दना राई, ॠषिका छेत्री, भरत दोङ, अजय दाहालहरूले कुन सामूहिकताको तर्क र जातीय चेतमा
छुट्टाछुट्टै बनेर चुनाउ लड्दैछन् त!! अलग थलग बनेर चुनाउ लड्ने उनीहरूबारे पनि
कटु आलोचना आरम्भ गर्नुपर्ने हो त!! तर होइन चुनाउ लड्नलाई गणतान्त्रिक अभ्यास पो
भन्नुहुन्छ। महाशयहरू केही दिनअघिसम्म दार्जिलिङबाट डङ्का पिटिरहेको तपाईहरूको
सामूहिकताको चेत के थियो हँ? त्यस चेतले भारतभरिका वा विश्वभरिका गोर्खाली मनोभावलाई
समेटेको थियो पनि थियो के?
पहाड़लाई हेलाहोचो भइरहेको थियो र छ पनि। कुनै सहुलियत र
अधिकार दिलाउन नसक्ने ठूल्ठूला दलहरूले चुनाउअघि यस प्रकारको क्याओस् स्थिति
जन्माउने छन् भनेर लख काटेको थिएँ तर यहाँ त आञ्चलिक सत्ताको लोलुपतामा उभेका
सबैले पो क्याओस् स्थितिको निर्माण गर्दैछन्। कति लज्जाजनक चेत हाम्रो। यति पनि
नसोच्ने?
लामो सङ्घर्षको विकल्प छ हामीसित। तर चेतनाविहीन सङ्घर्ष
छिट्टै मरेको उत्तम। चेतनाविहीन सङ्घर्षले जातीयवादलाई उँभो होइन सधैँ उँधो लगाएको
उदाहरणहरू छन् हामीसित।
No comments:
Post a Comment