गोजमुमो विमल गुटमा पैह्रो जान सुरु; गुरुङका निकटतम सहयोगी स्वाराज थापाले भरे स्वतन्त्र उम्मेद्वारको रूपमा आफ्नो नामङ्कन - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, March 26, 2019

गोजमुमो विमल गुटमा पैह्रो जान सुरु; गुरुङका निकटतम सहयोगी स्वाराज थापाले भरे स्वतन्त्र उम्मेद्वारको रूपमा आफ्नो नामङ्कन


गफसफ.com, दार्जीलिङ 26 मार्च।
भूमिगत नेता विमल गुरुङका राजनैतिक सल्लाहकार स्वाराज थापाले दार्जीलिङ लोकसभा आसनबाट स्वातन्त्र प्रार्थीको रूपमा आफ्नो नामङ्कन पत्र दर्ता गरेका छन्। विमल गुरुङ अनि गोरामुमो पार्टी मिलेर भाजपा प्रार्थी राजु विष्टलाई दार्जीलिङ लोकसभा आसनबाट चुनावी मैदानमा खडा गरेपछि रूष्ट बनेका स्वाराज थापाले गोजमुमो विमल गुटबाट राजीनामा दिएका थिए। जसको लगत्तैपछि आज उनले स्वतन्त्र उमेद्वारको रूपमा नामङ्कन पत्र दर्ता गरेर विमल गुरुङ विरुद्धै चुनावी विगुल फुकेका छन्।

राजनैतिक रूपले अपरिपक्क रहेको राजु विष्टलाई दार्जीलिङ आसनबाट विमल गुरुङले समर्थन गरेपछि नै उनकै निकटतम सहयोगी स्वाराज थापा पूर्णरूपले असन्तुष्ट बनेका थिए। छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको समयमा गुरुङलाई भरपुर सहयोग गर्ने अनि 105 दिने बन्दमा समेत सहयोग गरेर गुरुङसँगै भूमिगत अवस्थामा रहेर विस्तापित जीवन बिताइरहेका स्वारज थापा यसपल्टको लोकसभा प्रार्थीलाई लिएर भने पूर्णरूपले असन्तुष्ट बनेका थिए। जसको कारण गोजमुमो विमल गुटबाट राजीनामा दिँदै पार्टीभित्र रहेको असन्तुष्टिको लहरलाई उजागर गरेका थिए। केही दिन अघिसम्म गुरुङको साथमा रहने थापाले लोकसभा चुनावमा प्रार्थी चयन ठिक नभएको भन्दै राजीनामा दिनका साथै आफैले स्वतन्त्र प्रार्थीको रूपमा आफ्नो नमङ्कन पत्र दर्ता गरेर गोजमुमो विमल गुटभित्र रहेको असन्तुष्टिको लहरलाई ध्रुवीकरण गर्ने कार्य आरम्भ गरेका छन्।

स्वराज थापाले राजु विष्टलाई बाहिरको अनुभवहीन प्रार्थीको संज्ञा दिँदै उनलाई दार्जीलिङ पहाड़को राजनैतिक समस्याहरूसितै गोर्खाल्याण्ड मुद्दाबारे केही थाह नभएको तथा हालमा भाजपाले अहिलेघरि विमलपन्थी गोजमुमो नेताहरूमा पूर्ण नियन्त्रणमा लिएको कारणले गर्दै नै यस्तो भएको उल्लेख गर्दै उनले राजीनामा लेखेका थिए। थापाले आफ्नो बूताँअनुसार नै गोर्खाल्याण्डको मुद्दा अनि गोर्खाहरूको निम्ति कार्य गर्ने कुरा पनि आफ्नो राजीनामा पत्रमा लेखेका थिए भने आज उनले दार्जीलिङ चुनाव कार्यालयमा पुगेर स्वतन्त्र प्रार्थीको रूपमा नामाङ्कन दर्ता गरेका छन्।
थापाको विद्रोहले प्रार्थी छनौट प्रक्रियामा विमल समूहबीच आएको फाटो पनि स्पष्टरूपमा बाहिरिसकेको छ भने अब स्वतन्त्र प्रार्थीको रूपमा उनले नामाङ्कन भरेपछि विमल गुरूङकै समर्थकहरूको भोट पनि बाड़िने स्थिति देखापरेको छ। किनभने विमल समूहका समर्थकहरूमाझ पनि प्रार्थी छनौटलाई लिएर व्यापक असन्तुष्टि देखिएको छ भने स्वराज थापाको पदक्षेपलाई समर्थन पनि जनाइरहेका छन्। यसैक्रममा अहिलेसम्म विमल गुरुङलाई नै पर्खेर बसेका उनका समर्थकहरू पनि भाजपा प्रार्थीप्रति असन्तुष्ट बनिरहेका छन् भने स्वाराज थापाको कदमलाई सह्राना गर्दै उनलाई सहयोग गर्न अघि आउने भएका छन्।  

No comments:

Post a Comment

Post Bottom Ad