गोरामुमोले साझा उम्मेद्वारको रूपमा डा. महेन्द्र पी. लामा अथवा डा. मुनिष तामाङलाई खडा गर्नुपर्ने राख्यो प्रस्ताव - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, March 12, 2019

गोरामुमोले साझा उम्मेद्वारको रूपमा डा. महेन्द्र पी. लामा अथवा डा. मुनिष तामाङलाई खडा गर्नुपर्ने राख्यो प्रस्ताव

गफसफ.com , दार्जीलिङ, 12 मार्च।
दार्जीलिङ लोकसभा आसनबाट यसपल्ट भाजपा अनि तृणमूल कङ्ग्रेस विरोधीहरू एक बनेर साझा उम्मेद्वार खडा गर्नुपर्ने विषयमा एकाधिकपल्ट सर्वदलिय वैठक भए पनि वैठकले कुनै निष्कर्ष निकाल्न सकेको छैन। यस्तो अवस्थामा गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले साझा उम्मेद्वारको प्रस्ताव डा. महेन्द्र पी. लामा अथवा डा. मुनिष तामाङको नाउँ अघि सारेको छ। यसभन्दा अघि नै क्रामाकपाले साझा उम्मेद्वारको सहमती नबनेपछि आर.बी राईलाई प्रार्थी बनाउने घोषणा गरिसकेको छ भने गोरामुमो डा. महेन्द्र पी लामा अथवा डा. मुनिष तामाङको नाउँ अघि सारेर आर.बी राईको उम्मेद्वारिता माथि पनि अघोषित असहमती जनाएको छ।
Dr. Munish Tamang (Left) and Dr. M.P Lama (Right) - File Photo
गोरामुमो नेता वाई लामाले आज पत्रकारहरूसँग कुराकानी गर्दै यसपल्ट दार्जीलिङ पहाडवासीले जातिय हितमा कुनै पनि राजनैतिक दलका नेताहरूलाई नभएर राजनैतिक दलबाट बाहिर रहेका प्रार्थीलाई साझा उम्मेद्वार बनाउनुपर्ने आह्वान गरेका छन्।
‘दार्जीलिङ पहाडमा धेरैवटा राजनैतिक पार्टीहरू छन्, जसको आ-आफ्नै नीति र सिद्धान्तहरू छन्। यसैले एउटा पार्टीले खडा गराएको उम्मेद्वारलाई अर्को पार्टीले समर्थन जनाउन चाहँदैन वा समर्थन जनाउन हिच्किचाउने गर्छन्। पार्टी भन्नसाथ सबै पार्टी आ-आफ्नो उम्मेद्वार खडा गर्न मैदानमा आउनेछन्। तर अहिले सम्पूर्ण गोर्खा जातिलाई एकताको सूत्रमा बाँधिने सुनौलो अवसर आएको छ। यसैले सबै राजनैतिक पार्टीहरूले यसपाली आफ्नो पार्टी, झण्डालाई पर सारेर जाति हितको लागि अघि आउनुपर्छ अनि राम्रो उम्मेद्वार खडा गराउऩुपर्छ’ गोरामुमो नेता वाई लामाले भने।
उनले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सबै राजनैतिक दलहरूले आम सहमति बनाएर जातिय हितमा अघि बड्नुपर्ने पनि आह्वान गरेका छन्। ‘गत 10 मार्चको दिन भएको सर्वदलीय बैठकमा तय भएको मियादअघि नै साझा उम्मेद्वारको चयन हुन सकोस् अनि जीतको बिगुल बजाउनुपर्छ। पार्टी गर्ने समय धेरै छ, तर आज गोर्खा जातिको धरातल बँचाउनुपर्ने अवस्था आएको छ। यसैले गोर्खा जातिलाई असल ढङ्गले प्रतिनिधित्व गर्नसक्ने व्यक्तिलाई दार्जीलिङबाट खडा गर्नुपर्नेछ’ वाई लामाले भने।
उनले अराजनैतिक व्यक्तिलाई  चुनाउको मैदानमा खडा गराइए सबै पार्टीले समर्थन जनाउऩ सक्छन् भन्दै सोहिकारण गोरामुमो पार्टीले यसपालीको लोकसभा चुनाउमा दार्जीलिङ लोकसभा आसनबाट एक अराजनैतिक व्यक्तित्वलाई खडा गराउऩुपर्छ भन्ने अडान राखेको पनि स्पष्ट पारेका छन्। यसैक्रममा हालमा डा. महेन्द्र पी लामा अनि डा. मुनिश तामाङहरूको नाउँ चर्चामा आएको भन्दै उनीहरूसँग कुराकानी गरेर मनाउनुपर्ने बताएका छन्। ‘समग्र गोर्खा जातिलाई प्रतिनिधित्व गर्न मुनिष तामाङ वा डा. महेन्द्र पी. लामा दक्ष छन्’ लामाले भने।

No comments:

Post a Comment

Post Bottom Ad