विधायक अमरसिँह राईलाई तृणमूल कङ्ग्रेसले दार्जीलिङ लोकसभा आसनबाट उतार्‍यो चुनावी मैदानमा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, March 12, 2019

विधायक अमरसिँह राईलाई तृणमूल कङ्ग्रेसले दार्जीलिङ लोकसभा आसनबाट उतार्‍यो चुनावी मैदानमा

गफसफ.com , कालेबुङ, 12 मार्च।
दार्जीलिङ लोकसभा समष्टिबाट तृणमूल कङ्ग्रेसले गोजमुमो पार्टीको विधायक अमरसिँह राईलाई आफ्नो प्रार्थीको रूपमा खडा गरेर चुनावी मैदानमा ओह्रालेको छ। तृणमूल नेत्री ममता ब्यानर्जीले आज कोलकोतामा विधायक अमरसिँह राईको नाउँ तृणमूल कङ्ग्रेस प्रार्थीको रूपमा घोषणा गरेकी हुन्।
Amarsingh Rai (file Photo)
अन्तत: तृणमूल कङ्ग्रेस आगामी लोकसभा चुनावको निम्ति पश्चिम बङ्गाल राज्यको 42 वटा आसनमा नै आफ्नो उम्मेद्वार खडा गरेको छ। दार्जीलिङ लोकसभा आसनबाट तृणमूल कङ्ग्रेसले यसपल्ट गोर्खा जनमुक्ति मोर्चाका विधायक अमरसिँह राईलाई पार्टीको प्रार्थी बनाएको छ। मुख्यमन्त्री ममता ब्यानर्जीले आज कोलकोतामा 42 वटा आसनका प्रार्थीहरूको नाउँ घोषणा गर्ने क्रममा दार्जीलिङ लोकसभा आसनबाट विधायक अमरसिँह राईको नाउँ पनि घोषणा गरेकी हुन्।
अहिले सम्म दार्जीलिङ आसनबाट तृणमूल कङ्ग्रेसले प्रार्थी खडा गर्ने हुन् कि गोजमुमो पार्टीले आफ्नै प्रार्थी खडा गर्ने हुन्? भन्ने चर्चा चलिरहेको थियो। यस्तो अवस्थामा आखिरमा तृणमूल कङ्ग्रेस पार्टीले गोजमुमो पार्टीद्वारा चयनित प्रार्थीलाई तृणमूल कङ्ग्रेसको प्रार्थी बनाएर खडा गरेको छ। वर्तमान दार्जीलिङ विधानसभा क्षेत्रका विधायक एवम् गोजमुमो (विनय गुट) पार्टीको केन्द्रिय समिति सदस्य रहेका अमरसिँह राईलाई तृणमूल कङ्ग्रेसले लोकसभा चुनावको निम्ति आफ्नो पार्टीको प्रार्थी बनाएको हो।
तेस्रो मोर्चाको घटक दलको रूपमा रहेको गोर्खा जनमुक्ति मोर्चा (विनय गुट) ले यसभन्दा अघि दार्जीलिङ पहाडबाट भूमिपुत्र प्रार्थी नै हुने भन्दै आएको थियो। यद्यपी प्रार्थी को अनि कुन दलको हुनेछ भन्ने कुराको भने कुनै पुष्टि गरेको थिएन। आखिरमा भारतको निर्वाचन आयोगले लोकसभा चुनावको घोषणा गरेपछि आज तृणमूल कङ्ग्रेस नेत्री ममता ब्यानर्जीले कोलकोताबाट 42 वटा आसनबाट लड्ने प्रार्थीहरूको घोषणा गर्ने क्रममा विधायक अमरसिँह राईलाई दार्जीलिङ लोकसभा आसनबाट तृणमूल कङ्ग्रेस प्रार्थीको रूपमा मैदानमा उतारेका छन्।
स्मरण रहोस्, यसभन्दा अघि विधानसभा चुनावमा कालेबुङ विधानसभा क्षेत्रबाट जन आन्दोलन पार्टीका अध्यक्ष डा. हर्कबहादुर छेत्रीलाई पनि तृणमूल कङ्ग्रेसले आफ्नो प्रार्थीको रूपमा नाउँ घोषणा गरेको थियो। गोजमुमि त्यागेर जन आन्दोलन पार्टी बनाउने डा. हर्कबहादुर छेत्रीको नाउँ त्यसबेला तृणमूल प्रार्थीको रूपमा घोषणा भएपछि नै उनको विरुद्ध लड्नेहरूले प्रचार गर्ने अवसर पाएको थियो भने डा. हर्कबहादुर छेत्रीले भने तत्कालै आफु तृणमूल कङ्ग्रेस पार्टीको प्रार्थी नभएर जन आन्दोलन पार्टीको प्रार्थी भनि घोषणा गरेर क्षतिपूर्ति गर्ने प्रयास गरेका थिए। यद्यपी उनी पछिबाट चुनावमा गोजमुमो प्रार्थी सरिता राईसँग पराजित बन्न परेका थिए। तर यसपल्ट भने अघिबाटै गोजमुमो पार्टीले तेस्रो मोर्चालाई समर्थनको घोषणा गरेको कारण गोजमुमोकै विधायकलाई समेत तृणमूल कङ्ग्रेसले आफ्नै पार्टीको प्रार्थी बनाएर दार्जीलिङ संसदीय क्षेत्रबाट चुनावी मैदानमा ओह्रालेको छ।

No comments:

Post a Comment

Post Bottom Ad