साझा उम्मेद्वारको बाटोबाट हर्कबाहादुर छेत्री बाहिरए; भने – ‘सबैजनाको सद-बुद्धी आओस्’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, March 13, 2019

साझा उम्मेद्वारको बाटोबाट हर्कबाहादुर छेत्री बाहिरए; भने – ‘सबैजनाको सद-बुद्धी आओस्’

गफसफ.com , कालेबुङ, 13 मार्च।
जन आन्दोलन पार्टीका अध्यक्ष डा. हर्कबहादुर छेत्रीले लोकसभा चुनावमा प्रार्थीको होडबाट आफुलाई अलग राखेको घोषणा गरेका छन्। दार्जीलिङ संसदीय क्षेत्रबाट साझा उम्मेद्वारको होडमा रहेका डा. हर्कबहादुर छेत्रीले आज एक पत्रकार सम्मेलन डाकेर आफुसँग जन आन्दोलन पार्टीलाई लोकसभा चुनावको होडबाट अलग गराएको घोषणा गरेका हुन्।
Dr. H.B Chhetri-File Photo
साझा उम्मेद्वारको निम्ति विभिन्न राजनैतिक दलहरूमाझ वैचारिक एकता बनिन नसकेपछि नै उनले आफु अनि आफ्नो दललाई चुनावी होडबाट बाहिर राखेको डा. छेत्रीले बताएका छन्। “मधेशका दलहरूसँग हामीले झगडा गर्थ्यौँ तर ती दलहरूले नै हामीलाई मिलेर आयौ भने बिनासर्त समर्थन गर्छौँ भनेपछि हामी विशेषगरेर  जाप, गोरामुमो र क्रामाकपालेले साझा उम्मेद्वारको पक्षमा काम गर्‍यौँ। तर दुर्भाग्यवस सम्भावना अलिक दुर्बल देखिँदा यो चुनाव लोकसमा गएर चौकि ओगड्टे मात्र नभएर गोर्खाहरूको आत्मासम्मान, स्वाभिमान सप्पैलाई यो चुनावले दिशा दिन्छ भनेर हामीले प्रयास गर्‍यौँ। यहीँ पृष्टभूमीमा हामीमाझ सहमती आउँदैन भने, बाझा-बाझ हुन्छ भने जनताले एकचोटी धोका पाउनेछन्। यस्तो परिस्थितिमा मिल्न सक्नेहरू मिलुन्, यो लोकसभा आसनको दौडमा जन आन्दोलन पार्टी आजदेखि छैन। हामी बाहिरिन्छौँ’ डा. हर्कबहादुर छेत्रीले भने।
उनले आगामी दिनमा साझा उम्मेद्वारको निम्ति सहमती आउन् भन्ने शुभकामना दिँदै साझा उम्मेद्वारको निम्ति सबैमा सद्-बुद्धि आउन् भनि बताएका छन्। ‘सबैजनाको सद-बुद्धी आओस् अनि राम्रो उम्मेद्वारमा उनीहरू सर्वसहमतिमा पुगुन्। पहाडको मान्छेले फेरि धोका नपाओ। यदि त्यो प्रतिस्पर्धामा हामी नहुदा पहाडका जनताको राम्रो हुन्छ भने जनताले राम्रो प्रार्थी चुनुन् भन्दै हामी अब त्यो दौडमा छैन भन्ने घोषणा गर्दछौँ’ डा. हर्कबहादुर छेत्रीले भने।
उल्लेखनीय रहोस् जाप, गोरामुमो, क्रामाकपा, माकपा, काङ्ग्रेस, सुमेटी मुक्ति मोर्चा आदि दलहरूले साझा उम्मेद्वार खडा गर्नको निम्ति चारवटा बैठक गरिसकेको छ भने उम्मेद्वारिताको निम्ति अझसम्म पनि कुनै निष्कर्ष निस्कन सकेको छैन। यसैबीच गोरामुमो अनि क्रामाकपाले आ-आफ्नो पक्षबाट उम्मेद्वारको सम्भावित नाम सार्वजनिक गरिसकेको छ। यस स्थितिमा साझा उम्मेद्वारलाई लिएर भइरहेको तानातानी अनि साझा मञ्चले साझा उम्मेद्वार बनाउन नसकेपछि नै छेत्रीले चुनावी उम्मेद्वारको होडबाट आफू अनि पार्टीलाई अलग गराएका हुन्। भाजपा अनि तृणमूललाई शुन्य भोट भन्ने नारा लिएर अघि बडिरहेको साझा मञ्चबाट साझा उम्मेद्वार खडा गर्न नसक्नु, मञ्चबाट जाप हट्नुले पहाडको राजनैतिक माहौल अलग दिशातर्फ मोडिन शुरू भएको छ।

No comments:

Post a Comment

Post Bottom Ad