साझा उम्मेद्वारलाई लिएर चुडान्त निर्णय लिन जन आन्दोलन पार्टीले चाँढै वैठक डाक्नेछ – डा. हर्कबहादुर - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, March 1, 2019

साझा उम्मेद्वारलाई लिएर चुडान्त निर्णय लिन जन आन्दोलन पार्टीले चाँढै वैठक डाक्नेछ – डा. हर्कबहादुर

गफसफ.com, कालेबुङ 1 मार्च।
जन आन्दोलन पार्टीले आगामी केहि दिनभित्रमा नै लोकसभा चुनावामा साझा उम्मेद्वार खडा गर्ने सन्दर्भमा सर्वदलिय वैठक डाक्ने भएको छ। उक्त जानकारी जाप अध्यक्ष डा. हर्कबहादुर छेत्रीले एक पत्रकार सम्मेलन डाकेर दिएका छन्। उनले दार्जीलिङ संसदीय क्षेत्रमा सम्पूर्ण राजनैतिक दलहरूको सहयोगमा एउटा साझा उम्मेद्वारा खडा गर्नुपर्ने विषयमा हालमा राजनैतिक कसरतहरू चलिरहेको भएपनि उम्मेद्वारलाई नै लिएर भने जापले सर्वदलिय डाक्ने भएको अनि त्यसपछि चुडान्त निर्णय लिने तय गरेको पनि डा. छेत्रीले स्पष्ट पारेका छन्।
FILE PHOTO
‘हामी उम्मेद्वारलाई लिएर केहिदिनभित्र वैठक गर्नेछौँ। त्यस वैठकमा सर्वसहमतिद्वारा अघि बड्न सक्नेछौँ वा सक्दैनौँ त्यो चुडान्त निर्णय गर्नेछौँ। यदि सर्वसहमतिद्वारा अघि बड्न सक्छौँ भने अघि बड्नेछौँ यदि बड्न सक्दैनौँ भने त्यसपछि जापले आफ्नो अडान स्पष्ट पार्नेछ’ डा. हर्कबहादुर छेत्रीले भने।
उनले सर्वसहमतिद्वारा सबै मिलेर अघि बड्न सके राम्रो हुने भएको बताउँदै यदि सर्वसहमति हुन नसके आफुहरूले चुनावबारे आफ्नो राजनैतिक अडान स्पष्ट पार्ने पनि बताएका छन्। यद्यपी उनले सर्वसहमितिद्वारा अघि बड्न सके असल हुने कुरामा नै सर्वसहमिति बन्नुपर्ने आशा व्यक्त गरेका छन्।
उनले लोकसभा चुनावलाई लिएर अहिलेनै निश्चित प्रार्थीबारे चुडान्त निर्णय नभएको बताउँदै सबै दलहरूमाझ खुल्ला भएर चर्चा गर्ने ठाउँ राखिएको पनि बताएका छन्। सबै दलहरूमाझ खुल्ला चर्चा गर्दा नै त्यहाँ सबैको बिचार आउने अनि त्यहीँ नै राम्रो प्रार्थीको प्रस्ताव ग्रहण गरे आफुहरू सबै मिलेर अघि बड्न सक्ने पनि उनले बताएका छन्। ‘हामी पूर्णरूपले खुल्ला छौँ। सबै पक्षमा खुल्ला रूपले चर्चा गरेर एउटा निष्कर्षमा पुग्न चाहन्छौँ। यदि राम्रो प्रार्थीको निर्णयमा सहमति बन्न सक्यो भने हामी सघाउन पनि पछि हड्दैनौँ’ डा. छेत्रीले भने।
उनले चुनावमा जितेर संसदमा जाने व्यक्ति राष्ट्रिय राजनीतिमा आफ्नो कुरा स्पष्ट भन्न सक्ने प्रकारको हुनपर्ने भन्दै अहिलेसम्म गोर्खाहरू हार्नुको पछि सहि ठाउँमा सहि कुरा पुराउन नसक्ने व्यक्तिको कारणले गर्दा रहेको पनि डा. छेत्रीले बताएका छन्। उनले राज्यसत्ता र केन्द्र सत्तासँग नमिल्ने पहाडका राजनैतिक दलहरू एकठाउँमा रहेको अनि केहि मधेशका दलहरू समेतले आफुहरूलाई सघाउने बताइरहेको अवस्थामा अब चुडान्त निर्णय लिनुपर्ने समय आएको पनि डा. छेत्रीले बताएका छन्।
‘राज्य सत्तालाई पनि शुन्य भोट अनि केन्द्र सत्तालाई पनि शुन्य भोटको नारा नै यसपल्टको चुनावमा मूल मुद्दा रहनेछ। किन भने हामीले राज्य सत्ता र केन्द्र सत्ता दुवै देखिसकेका छौँ। यसकारण हामी यसपल्ट दुवै सत्ताको पछि लाग्नु हुँदैन’ डा. हर्कबहादुर छेत्रीले भने।

1 comment:

  1. hjur pani aashamaii hunuhunxa ki kso? Harka Sir pahile nee MLA ma nbikeko va ta hjur fit candidate hunuhunthyo ni tara hjurle aafno ghudama aafaii banchoro hannubho. Aba hjurko kura kasle patyauune?

    ReplyDelete

Post Bottom Ad