‘भूमीपुत्रको कुरा गर्नेहरू नेपालमा जन्मेका हुन्’ भनि विवादित बयान दिने सांसद एस.एस आहलुवालीयाको चौतर्फी विरोध - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, March 1, 2019

‘भूमीपुत्रको कुरा गर्नेहरू नेपालमा जन्मेका हुन्’ भनि विवादित बयान दिने सांसद एस.एस आहलुवालीयाको चौतर्फी विरोध

गफसफ.com, कालेबुङ, 2 मार्च  
छुट्टै राज्य गोर्खाल्याण्डको नाउँमा पाँचवर्ष अघि दार्जीलिङ लोकसभा संसदीय क्षेत्रबाट चुनावामा जितेर केन्द्रीय मन्त्री समेत बनेका सांसद एस.एस आहलुवालीयाले विवादित बयान दिएका छन्। हालमा पहाडमा आगामी लोकसभा चुनावमा ‘भूमीपुत्र’ उम्मेद्वारा हुनपर्छ भन्ने चर्चा चलिरहेको छ। ‘भूमीपुत्र’ प्रार्थीको चर्चा चलिरहेको अवस्थामा सांसद एस.एस आहलुवालीयाले भने सिलगडीमा ‘भूमीपुत्रको कुरा गर्नेहरू धेरै नेपालमा जन्मेका हुन्’ भनेर गोर्खाहरूलाई एककोटी विदेशीको लञ्छना लगाएका छन्। उनको उक्त विवादित वयानपछि सामाजिक सञ्जाल फेसबुकमा व्यापक विरोध सुरु भएको छ।
गफसफ.com-का पाठकहरूलाई सामाजिक सञ्जाल फेसबुकमा सांसद एस.एस आहलुवालीयाको बयानबारे मानिसहरूले गरिरहेको टिप्पणी जस्ताको त्यस्तै साभार गरेर प्रकाशित गरिरहेका छौँ -
Rupesh Sharma (रूपेश शर्मा)
'भूमिपुत्रको कुरा गर्नेहरू नेपालमा जन्मिएका हुन्' भनेर दार्जीलिङका सांसद एसएस अहसुवालियाले सिलगढीमा बिहीवार जुन बयान दिए, त्यसले अहलुवालियामार्फत भाजपाको नियतलाई स्पष्ट पारेको छ। पहाड़कै जनताका अविभाजित भोटबाट सांसद र मन्त्रीसमेत बनेका उनले 'भूमिपुत्रका कुरा गर्नेहरू' भनेर एकाध नेतालाई मात्र भनेका होइनन्, सम्पूर्ण गोर्खा समुदायलाई भनेका हुन्, किनभने यतिबेला पहाडसँगै संसदीय इलाकाबाहिर समेत बृहत् गोर्खा समुदाय भूमिपुत्र उम्मेदवारको कुरा गरिरहेका छन्। दश-दश वर्ष दार्जीलिङ सीट जितेर पनि 'नेपाल' -कै हाउ देखाउने भाजपाको नियतलाई उनको बयानले प्रतिविम्बित गर्दछ। 105 दिन होस् वा अन्य कुनै संकटकाल, भाजपा गोर्खाहरुलाई हेर्ने 'फिक्स्ड माइन्डसेट' कै अपरिवर्तनीय नीतिमा चलेको पुष्टि भइसकेको छ। त्यसकारण यो पार्टीबाट कुनै सम्भाव्य अपेक्छा राख्नु मूर्खता हो। आश्वासनकै भरमा यो जातिलाई दह्रो उपयोग गर्न सकिन्छ भन्ने भेउ पाएर भाजपाले बजेट सत्रको एकदिन अघिसम्म आश्वासन दिइरहेको थियो। भित्री नियत त त्यतिबेला उदाङ्गो भयो, जब जापको युवा एकाइले आरजीआईको रिपोर्ट सार्वजनिक गर्यो। आवेग र आश्वासनको भरमा पहाड़को राजनीति बाँचुञ्जेल अहलुवालियाहरू (पात्रता) फेरिनेछन्, हामीलाई हेर्ने नियत फेरिनेछैन। 
अहंकारी सांसदको यो बयान 105 दिनको हाम्रो घाउमा नूनचुक हो। उनको हदैपारको फेन्टासी त के छ भने, हामीलाई घात गरीगरी उनी यसपटक पनि हाम्रै भोटद्वारा दार्जीलिङको सांसद हुने सपना देखिरहेका छन्। ईख नभएका हामीमाझ आश्वासनको गुलियो विष बोकेर फेरि चुनावी पात्रहरू आउनेनै छ, किनभने हामी विषाक्त गुलियोका आदती भइसकेका छौं। चुनाउ जित्नका लागि हिजाज मनोविग्यानको खुब अध्ययन गरिन्छ। पहाड़ले आफ्नो मनोविग्यान नफेरे यो मवोविग्यानमाथि फेरि अर्को दाउ लगाइनेनै छ। 
अहलुवालियाको बयानको जति निन्दा गरे पनि कम हुन्छ। मुक्तिदाता खोजिहिँड्ने प्रवृत्तिको अन्त्य नभएसम्म हाम्रो भावनाको दोहन गर्नेहरु अहलुवालियाकै चरित्र बोकेर घुमिरहनेछन् यतैतिर।
Devchandra Subba Dev (देवचन्द्र सुब्बा)
राजनीतिक विचार र सिद्धान्त अलग होला तर भारतीयतामा प्रश्न उठाउने SS Ahluwalia को कुनै अधिकार छैन। Surendrajeet Singh Ahluwalia (S S Ahluwalia) you have to apologise for your statement. Bharatiya Janata Party (BJP) should take it seriously.
Tika Bhai (टीका भाइ)
विनयलाई भनेको होस कि, बिमललाई, हर्कलाई भनेको होस कि मन घिसिङ्लाई भन्नु त अलुवालियाले 'गोर्खा'-लाई नै नेपालको भनेका हुन्। हाम्रो एम.पी. भएर हामीलाई नै 'विदेशी' भन्ने उनको मानसिकता र आँट हाम्रो अनेकताले दिएको हो।
उनको उक्त वयानलाई मनबाट नै प्रतिवाद ।
आफैलाई सांसद बनाउने पहाड़का मतदाताहरूलाई अहिले नेपाल नागरिक बताउने सांसद पक्कै मानसिक रोगी हुनुपर्छ। बस कुरो त्यत्ति नै हो।
 Ajay Dahal (अजय दहाल)
please don't react on aluwala's statement cause it's a plan. we should ignore
Hemanta Thapa (हेमन्त थापा)
I strongly Condemn the statement (भूमिपुत्रको कुरा जसले गरिरहेका छन्। वास्तवमा उनीहरू नै नेपालका हुन्’) of Mr. SS Ahaluwalia (MP Darjeeling) and also regret to have the leaders who import such opportunist and irresponsible fellow. 
Shame on you Mr. Ahaluwalia. Heavy weight हरुको हामी प्रतिको धारणा यस्तो छ है बुझौ ।।
Suryaprasad Sharma (सूर्यप्रसाद शर्मा)
के भारतको संसदमा नेपालि नागरिकले पनि प्रतिद्वन्दिता गर्न पाउछन् त?पाउदैनन् भने सांसद आहलुवालियाले के भन्न चाहेका हुन्?उनि कसरि सांसद भए अनि अहिले फेरि कसरि र कुन आधारमा हामिकहाँ भोट माग्न आउने जमर्को गर्दैछन्? दार्जिलिंगे नेताहरु जाग। यसको प्रतिवाद गर। बोल नेताहरु बोल। तिमिहरुको कुम्भकर्ने निन्द्राले जनताहरुलाइ बिदेसि बनाइसक्न लाग्यो।
Bipin Syangden (विपिन स्याङदन)
भूमिपुत्र डा लामालाई हराउने बंगालकै आलु।आलुलाई जिताउने पातलेबासको कालु।कालुको बिजोग पार्ने आफैले पालेको भालु।दाह्री भाका आए अब आउँलान् तालु। बाहिरकाहरू यस्तै हुन्छन् हरामी चालु।अब खा लु। बियरको फिज जस्तै हो हामी र हाम्रो आन्दोलन। बोतलबाट हुसुसुसु निस्केर कि पोखिन्छौं कि एकैक्षणमा साम्य भइहाल्छौं।निरन्तरता छैन हाम्रो। सत्ताको मोहले छिट्टो पिरोल्छ। फाट-फुट् फेसबुकमा विरोध हुन्छ। एक-दुई दिनमा सेलिन्छ। यसैको फायदा उठाउँछन् बन सांगलोहरूले।दासी मानसिकता हाम्रो। मोज-मज्जामा मात्र बस्ने। सायद अचेल कायर पनि। एक नम्बरको स्वार्थी।जाति भन्दा बेसी जात सोंच्ने। आलु त सबसंग मिल्छ। हो रछ। बंगालसंग मिल्नुलाई यो ड्रामा।तर राजनीति यस्तै त हुन्छ। हाम्रोहरूले पारा नल्याको मात्र। उहिले आप्पाले धेरै पारा ल्याउँथे।आलुको यो एउटै बयानले तर झन् भूमिपुत्र प्रतिको माया प्रगाड हुनेभो। कुनै पार्टीले पनि एक्लैले भोट जित्दैन यो पाली। साझा मंच छिटो तयार पारेर ढाँड दुखिन्जेल निहुरिनेहरूसंग टक्कर दिनु अनिवार्य छ। जुन पार्टी साझा मंचमा आउनु चाँहदैन कि त त्यो पार्टीका नेताका घिनैलाग्दो अहंकार हो कि त उसले गत्तिलै जुग-जुग पुग्ने थापेको हुनुपर्छ। मिलेर भोटमा बिजय प्राप्त गर्न सक्यौं भने आलु र भालु दुवैलाई हाम्रो उत्तर त्यै नै हुनेछ।

No comments:

Post a Comment

Post Bottom Ad