एस.एस आहलुवालीले भूमीपूत्र भन्नेहरूलाई नेपालको भनि लगाए आरोप; विनय तामाङले जनाए जोडदार विरोध - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, March 1, 2019

एस.एस आहलुवालीले भूमीपूत्र भन्नेहरूलाई नेपालको भनि लगाए आरोप; विनय तामाङले जनाए जोडदार विरोध

भोट जित्दा विदेशी भनेनौँ ऐले विदेशी भनेर गोर्खाहरूलाई किन अपमान गर्दैछौ?’ – विनय तामाङ
गफसफ.com, दार्जीलिङ 1 मार्च।
आगामी लोकसभा चुनावमा दार्जीलिङ पहाडबाट भूमिपुत्र उम्मेद्वार हुनपर्छ भन्ने चर्चा चलिरहेको अवस्थामा भूमीपुत्रको माग गर्नेहरू नेपालका हुन् भनि सांसद एस.एस आहलुवालीयाले विवादित बयान दिएका छन्। उनको उक्त विवादित बयानपछि आज गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विनय तामाङले एक पत्रकार सम्मेलन जनाएर जोडदार विरोध जनाएका छन्।

उनले सांसद आहलुवालीयले भूमीपूत्रको कुरा गर्नेहरू नेपालका हुन् भनेर अपमानजनक बयान दिएको भन्दै उक्त बयानलाई प्रमाणित गर्नुपर्ने माग गरेका छन्। ‘दार्जीलिङ संसदीय क्षेत्रबाट भूमीपुत्र प्रार्थी हुनपर्छ भनेर अहिले पहाडमा एकमुष्ट विपक्षीदहहरूले प्रयास गरिरहेको छ भने गोजमुमो पार्टीले पनि भूमीपुत्र प्रार्थी नै हुनपर्छ भने तेस्रोमोर्चालाई लिखित रूपमा दिएका छौँ। यस्तो अवस्थामा दार्जीलिङ लोकसभा समष्टिबाट चुनाव जितेका सांसद एस.एस आहलुवालीयाले भूमीपुत्रको कुरा गर्नेहरू नेपालबाट आएका हुन् भने अपमानजनक बयान दिएका छन्। उक्त वक्तव्यको गोजमुमो पार्टी घोर विरोध गर्दछ’ विनय तामाङले भने।
सांसद एस.एस आहलुवालीयले जुन ठाउँबाट भोट जितेर सांसद बनिए त्यहीँ ठाउँका गोर्खाहरूलाई नेपालको हो भनि बयान दिनु गैरजिम्मेवारीपूर्ण रहेको भन्दै यसको प्रमाण दिनुपर्ने पनि विनय तामाङले माग गरेका छन्। तामाङले उक्त विवादित बयान विरुद्ध आफुहरू न्यायालय समक्ष जाने पनि चेतावनी पनि दिएका छन् भने सम्पूर्ण पहाडका राजनैतिक दलका नेताहरूले पनि विरोध गर्नुपर्ने आह्वान गरेका छन्। यसैक्रममा भूमिगत अवस्थामा रहेका विमल गुरुङ र रोशन गिरीहरूले पनि सांसद एस.एस आहलुवालीयाको बयानप्रति आफ्नो अडान स्पष्ट पार्नुपर्ने माग गरेका छन्।
यसैक्रममा उनले सांसद आहलीवायीले आफैलाई भूमीपुत्र ठान्छ भने आगामी लोकसभा चुनावमा पुन: दार्जीलिङमाबाटै खडा हुने चुनौति पनि दिएका छन्। ‘तिमी फर्केर दार्जीलिङ संसदीय क्षेत्रको प्रार्थी बनेर आउ त्यसको हामी जवाब दिनेछौँ’ विनय तामाङले भने।

No comments:

Post a Comment

Post Bottom Ad