गोर्खाकै भोट पाएर गोर्खाहरूलाई नेपालको भन्ने सांसद एस.एस आहलुवालीयाको जल्यो कालेबुङमा पुत्ला - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, March 3, 2019

गोर्खाकै भोट पाएर गोर्खाहरूलाई नेपालको भन्ने सांसद एस.एस आहलुवालीयाको जल्यो कालेबुङमा पुत्ला

गफसफ.com, कालेबुङ 3 मार्च।
‘भूमीपुत्रको कुरा गर्नेहरू नेपालमा जन्मेका हुन्’- भनि गोर्खाहरूलाई विदेशीको लाञ्छना लगाउने सांसद एस.एस आहलुवालीयाको पुत्ला दहन गरिएको छ। गोर्खा जनमुक्ति मोर्चाले आज कालेबुङमा सांसद एस.एस आहलुवालीयाको पुत्लालाई शव नै बनाएर शहरमा डुलाएको थियो। त्यसपछि उनीहरूले यहाँको डम्बर चौकमा आएर ‘एस.एस. आहलुवालीया मुर्दावाद’को नाराबाजी लगाउँदै उक्त पुत्ला दहन गरेको थियो।

दार्जीलिङ संसदीय क्षेत्रका सांसद एस.एस आहलुवालीयाले दुई दिन अघि मात्रै सिलगडीमा एक कार्यक्रममा सहभागी बनेर पत्रकारहरूसँग बोल्दै ‘भूमीपुत्रको कुरा गर्नेहरू नेपालमा जन्मेका हुन्’ भनेर नयाँ विवाद सिर्जना गरेका छन्। गोर्खाल्याण्डको नाउँमा पाँचवर्ष अघि  चुनाव जितेर सांसद बनेका एस.एस आहलुवालीयाले आगामी लोकसभा चुनावको ठिक अघि विवादित बनाय दिएपछी उनको चौतर्फी विरोध सुरु भएको छ। गोर्खाहरूको नागरिकताको सन्दर्भमा विवादित वयानले चौतर्फी विरोध सुरु भएपछि उनले आफ्नो फेसबुक एकाउन्ट मार्फत् माफी मागे पनि उनको बयानको विरोध जारी नै रहेको छ। यसैक्रममा आज गोजमुमोले कालेबुङमा उनको पुत्ला दहन गरेको हो।
सांसद आहलुवालीयाको पुत्ला दहनपछि पत्रकारहरूलाई सम्बोधन गर्दै गोर्खा जनमुक्ति युवा मोर्चा कालेबुङ जिल्ला समितिका सचिव अमिर बस्नेतले राष्ट्रिय राजनैतिक दलहरूलाई जब-जब गोर्खहरूको आवश्यक्ता पर्छ त्यतिबेला गोर्खाहरूको भावनासँग खेलेर भोट बटुल्ने कार्य गरेको आरोप लगाएका छन्। ठिक त्यस्तै कार्य यसपल्ट भाजपा पार्टी अनि सांसद एस.एस आहलुवालीयाले गरेको उनले आरोप लगाएका छन्।
‘सांसद एस.एस आहलुवालीयाले मधेशको भोट एक गराउनलाई पहाडको जंतासँग विभाजन ल्याउन यस्तो बयान दिएका हुन्। उनले पहाड र समतलवासीको मैत्रीपूर्ण सम्बन्धलाई तोडेर भोट बटुल्ने प्रयास गरिरहेका छन्। यस्तो तल्लो स्तरको राजनीति गरेर आहलुवालीयाले गोर्खाहरूलाई विदेशीको आरोप लगाउने कार्य गरेका हुन् जसको गोजमुमो पार्टी घोर विरोध गर्दछ’ अमिर बस्नेतले भने।
यसैक्रममा उनले भाजपा अनि सांसद आहलुवालीयाले जातिवादी कुरा गरेर मधेश अनि पहाडमा अशान्ति सिर्जना गर्ने प्रयास गरिरहेको आरोप लगाउँदै भाजपाले शान्तिमय वातवरण भङ्ग गर्ने कार्य गर्न नहुने पनि अमिर बस्नेतले बताएका छन्। भाजपाले जातिवादी कुरा गरेर पहाड अनि समतलवासीलाई टुक्राउने गरिरहेको प्रयासलाई आगामी चुनावमा गतिलो जवाब दिनुपर्ने पनि आह्वान गरेका छन्।
‘आगामी लोकसभा चुनावमा पहाड अनि समतलवासी एक भएर जवाब दिनुपर्छ। भाजपालाई दार्जीलिङ संसदीय क्षेत्रको भूमीपुत्रलाई एकभएर जिताएर हामीले यसको जवाब दिनुर्नेछ’ अमिर बस्नेतले भने।

No comments:

Post a Comment

Post Bottom Ad