(दार्जीलिङ लोकसभा समष्टिका सांसद
एस.एस आहलुवालीयाले –‘भूमीपुत्रको कुरा गर्नेहरूको जन्म नेपालमा भएको हो’- भनेर
विवादित बयान दिएपछि अहिले चारैतिर उनको विरोध भइरहेको छ। गोर्खाहरूलाई विदेशीको
तक्मा भिराउन पछि नपरेका सांसद आहलुवालीयाको विवादित वयानको चौतर्फी विरोध भएपछि
उनले फेसबुक मार्फत माफी समेत मागेका छन्।
उनको विवादित बयानबारे गोजमुमो अध्यक्ष विनय तामाङको लिखित प्रतिक्रिया गफसफ.com-का पाठकहरूका
निम्ति जस्ताको त्यस्तै प्रकाशित गरेका छौँ – सम्पादक)
सांसद एसएस आहलुवालिया जो केन्द्रिय मन्त्री पदमा समेत आसीन छन् उनले गोर्खाहरूको नागरिकताको सन्दर्भमा लगातार नकरात्मक टिप्पणी गरिरहेका छन्। ‘जसले भूमिपुत्रको कुरा गरिरहेका छन् उनीहरू नै नेपालका हुन्’ भनेर विवादित बयान दिएपछि फेरि उनले मेरो पिताको नागरिकतामाथि प्रश्नचिह्न खड़ा गरेका छन्, जो उनको रोगग्रस्त मानसिकता अनि गोर्खाहरूप्रति उनको मनभित्र रहेको द्वेष र भड़ास बाहिर निस्किएको हो।
सांसद एसएस आहलुवालिया जो केन्द्रिय मन्त्री पदमा समेत आसीन छन् उनले गोर्खाहरूको नागरिकताको सन्दर्भमा लगातार नकरात्मक टिप्पणी गरिरहेका छन्। ‘जसले भूमिपुत्रको कुरा गरिरहेका छन् उनीहरू नै नेपालका हुन्’ भनेर विवादित बयान दिएपछि फेरि उनले मेरो पिताको नागरिकतामाथि प्रश्नचिह्न खड़ा गरेका छन्, जो उनको रोगग्रस्त मानसिकता अनि गोर्खाहरूप्रति उनको मनभित्र रहेको द्वेष र भड़ास बाहिर निस्किएको हो।
सासंद एसएस आहलुवालियाले मेरो
पिताको नागरिकतामाथि प्रश्नचिह्न खड़ा गर्नु भनेको सबै गोर्खाहरूकै पिता- पुर्खाको
नागरिकतामाथि प्रश्न उठाउनु हो। मेरो पिताले दार्जीलिङको जलपहाड़ घुमबाट 1952
ब्रिट्रीस सेना भर्ती भएका हुन्। तत्कालीन समयमा सबै गोर्खा ब्रिट्रीस फौजको भर्ती
त्यहीबाट हुने गरेको थियो भने 1958 मा अन्तिम चोटि त्यहाँ भर्ती गरिएको थियो।
उहाँले 1952 मा ब्रिट्रीस फौजमा भर्ना भएपछि पछि ब्रिट्रीस फौजबाट अवकाश ग्रहण
गरेका हुन्। मेरो बाजे बोजु पिता ब्लूमफिल्ड (डाली ) चियाकमानका हुन। आहलुवालिया
आजपनि आएर मेरो बाजे बोजुको चिहान हेर्नु
चाहन्छ भने ब्लूमफिल्ड चियाकमानको सिरुबारीमा अवस्थित छ ।
हाम्रा पिता- पुर्खाको
नागरिकतामाथि प्रश्न उठाउनुभन्दा अघि सांसदले दार्जीलिङ पहाड़ अनि पहाड़वासीको
इतिहास र भावनालाई पनि सम्मान गर्नु आवश्यक रहेको छ । सासंदको उक्त बयानले
सम्पूर्ण गोर्खा फौज जसले आफ्नो मातृभूमि भारतको रक्षार्थ प्राणको आहुतिसमेत दिन
पछि परिरहेका छन् उनीहरूको योगदानको पनि गरेका छन्। यसबाहेक ब्रिट्रीस फौजका
भूतपूर्व सैनिकहरूलाई पनि अपमान अनि लाञ्छित गरेका छन्।
सरकारी वेबसाइटले भन्छ- 1890 सालमा
पूर्वीय नेपालका नेपाली गोर्खाहरूलाई अनि पश्चिम बंगाल, दार्जीलिङ जिल्लाका गोर्खाहरूलाई भर्ती गर्नको निम्ति
दार्जीलिङको घूममा गोर्खा रिक्रुइटिङ डिपोटको स्थापना गरिएको थियो ।
सासंदले सेना भर्ती प्रक्रियाबारे
जानकारी लिनलाई यो आधिकारीक वेबसाइट पढ़ुन् भन्ने सुझाउ दिन्छु- http://joinindianarmy.nic.in/alpha/history_kunraghat.htm
भाजपा प्रार्थी जसलाई हामीले भोट
दिएर सांसद बनायौं। हाम्रै भोटले उनी सांसदपछि मन्त्रीसम्म बने। अहिले आएर उनले म
अनि अनित थापाको नागरिकता अनि चिह्नारीमाथि प्रश्न तेर्साउन सक्छ भने भोलि सबै
गोर्खाहरूमाथि पनि यसो गर्न सक्छ। भाजपाको यो नीतिको जवाब सबै गोर्खाहरूले एकजुट
भएर दिनुपर्छ। हाम्रो राष्ट्रिय चिह्नारी अनि नागरिकताजस्तो सम्वेदनशील विषयमाथि
प्रश्न उठाउने सांसद एसएस आहलुवालिया अनि भाजपा हाम्रो हितैषी हुनै सक्दैनन्। यदि
गोर्खाहरूप्रति भाजपामा अलिकति पनि राम्रो भावना रहेको भए गोर्खाहरूको
नागरिकतामाथि बारम्बार प्रश्न उठाइरहेका एसएस आहलुवालियालाई भाजपाले किन कार्वाही
गरिरहेका छैनन्? गोर्खाहरूलाई नेपालको हो भन्ने
खुल्ला छुट आहलुवालियाले भाजपाबाट कसरी पाइरहेका छन्?
अनित थापा धेरै बर्ष अघि जीविका
चलाउनु दुबाई गएको हो तर कुन देशको
पासपोर्टमा गएका हुन ? सो छानबीन नगरी यसरी आरोप लगाउनु
आहलुवालियाको कहाँसम्मको मानसिकता हो ? त्यसो त भारतका अन्य
प्रान्तहरूबाटपनि दुबाईमा जागिर र व्यापार बाणिज्य गर्न जाने गर्छन् - त्यसो भए त आहलुवालियाको भनाईमा उनीहरूपनि
भारतीय होइनन् ??
भारतको इतिहास नै त्यस्तै छ -
त्यसो भए त भारतीय जनता पार्टीका लोहा पुरूष श्रीमान एल के आडवाणीज्युको जन्मपनि त
लाहोरमा भएको हो त ? त्यसो त आहलुवालियाको भनाईमा
भारतीयहरू देश देखि बाहिर जागिर र व्यापार बाणिज्य गर्न जानेहरू सबै गैर भारतीय
हुन् ???
यसबाहेक गोर्खाहरूमाथि यति ठूलो
लाञ्छना लाग्दा पनि गोर्खाहरूको चिह्नारीकै निम्ति भूमिगत भएको हुँ भन्ने विमल
गुरूङ रोशन गिरीहरूले किन सांसद आहलुवालियाको बयानको विरोध गरिरहेका छैनन्? विमल गुरूङ अनि रोशन गिरीले बोकेर
पहाड़मा हेभिवेटको ट्यागलाइन लगाएर भित्र्याइएको आहलुवालियाले गोर्खाहरूको
चिह्नारीमाथि खुल्लारूपमा प्रश्न उठाउँदा, गोर्खाहरूलाई अपमानित गर्दा पनि
उनीहरू किन मौन छन् ? वास्तवमा आहलुवालियाको बयानको
नैतिक जिम्मेवार विमल गुरूङ- रोशन गिरीहरूले पनि लिनुपर्नेछ किनभने दार्जीलिङ
पहाड़मा बोकेर ल्याउने व्यक्तिहरू उनीहरू हुन्।
यदि गोर्खाहरू भारतको नागरिक होइन
भने भारतमा बोल्ने भारतीय नेपाली भाषाले किन सम्विधानको आठौं अनुसूचिमा मान्यता
पाए? दार्जीलिङ पहाड़का एकजना गोर्खे अरिबहादुर गुरूङले संविधान
निर्माण समितिमा कसरी स्थान पाए? सासंद आहलुवालिया आफै पनि कसरी
गोर्खाहरूको भोट पाएर सांसद बने ?
वास्तवमा आहलुवालियाले बारम्बार
हाम्रो नागरिकतामाथि विदादस्पद बयानहरू सार्वजनिक गर्नु भनेको गल्ती होइन तर चुनाउको
समयमा भोट विभाजन गर्ने एउटा सुनियोजित षड़यन्त्र हो। यसैले उक्त बयानबाजी पछि
माफी माग्ने अथवा बयान सुधार्ने काम गर्नु पनि स्टन्टमात्रै हो। भाजपा
गोर्खाहरूलाई केवल भोट ब्याङ्कको नजरले मात्रै हेर्छन्, यो कटु सत्य हो। यो सत्यतालाई गोर्खाहरूले बुझ्न आवश्यक
रहेको छ।
विनय तामाङ
अध्यक्ष
गोर्खा जनमुक्ति मोर्चा।
No comments:
Post a Comment