सांसद आहलुवालीयालाई गोर्खाहरूको नागरिकताबारे बोल्ने कुनै अधिकार छैन – डा. हर्कबहादुर छेत्री - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, March 2, 2019

सांसद आहलुवालीयालाई गोर्खाहरूको नागरिकताबारे बोल्ने कुनै अधिकार छैन – डा. हर्कबहादुर छेत्री

गफसफ.com, कालेबुङ 2 मार्च।
सांसद एस.एस आहलुवालीयाको विवादित बयानको चौतर्फी विरोध सुरु भएको छ। यसैक्रममा जन आन्दोलन पार्टीले पनि सांसद एसएस आहलुवालीयाले गोर्खाहरू प्रति दिएको विवादित वयानको तिब्र विरोध गर्दै माफी माग्नुपर्ने बताएका छन्।
 ‘जुन ठाउँबाट सांसद बनेर गए त्यो ठाउँलाई प्रतिनिधित्व गर्नको साटो उल्टै त्यो ठाउँलाई लाञ्छना लगाउने कार्य गरेका छन्। यहाँ इतिहास दोहोरिने कार्य भइरहेको छ। विगतमा नेपाली भाषाले मान्यता पाउने क्रममा संसदमा इन्द्रजित खुल्लरले नेपाली भाषाको विरोधमा बयान दिएका थिए त्यस्तै आज यहाँ इतिहास दोहोरिने कार्य हुँदैछ’ डा. हर्कबहादुर छेत्रीले भने।
उनले डम्बर चौकमा पत्रकारहरूलाई सम्बोधन गर्दै सांसद एस.एस आहलुवालीयालाई नागरिकतामाथि प्रश्न उठाउने कुनै अधिकार नरहेको पनि बताएका छन्। ‘आहलुवालीयाको इतिहासको ज्ञानबारे केहि भन्नु  छैन तर, जन आन्दोलन पार्टीले गोर्खल्याण्डको बील बनाएर संसदमा पेश गर भनेर दिँदा समेत उनले पहिला त्यो बील बिधानसभामा पारित गरेर आउनु भनेका हुन्। वास्तवमा उनलाई अलग राज्यको बील बिधानसभामा पारित गर्छ की लोकसभामा पारित गर्छ भन्ने पनि थाहा छैन। भन्नै हो भने उनी सांसद बनिने योग्यको व्यक्ति पनि होइनन्’ डा. छेत्रीले आहलुवालीयाप्रति तिखो प्रतिक्रिया गर्दै भने।
यतिमात्र नभएर भूमीपुत्रको कुरा गर्नेहरू नेपालमा जन्मेका हुन् भन्ने आहलुवालीयालाई वास्तवमा नागरिकता कानुन समेत थाहा नभएको पनि डा. छेत्रीले आरोप लगाएका छन्। ‘संविधानभित्र रहेको सन् 1950 को नागरिकता कानुनले देशभित्र पाँचवर्ष बस्ने व्यक्ति पनि त्यो देशको नागरिक बन्न सक्छ। यतिपनि उनले पडेको छैन भने तत्कालै आफ्नो पदबाट राजीनामा दिनुपर्ने हो। यतिमात्र होइन द्दागोपापको सम्झौता भएपछि नागरिकता कानुन पारित भएको छ त्यो पनि उनलाई थाह हुनपर्ने हो। यस्तो थाहा नभई भोल्ने सांसदको बयानको हामी घोर भर्त्सना गर्छौँ’ डा. हर्कबहादुर छेत्रीले भने।
डा. छेत्रीले सांसद आहलुवालीयाले उक्त विवादित बयान विशेष उद्देश्य राखेर दिएको हुनसक्ने पनि बताएका छन्। गोर्खाहरूलाई नेपाल भनेपछि समतलका मानिसहरूले भाजपालाई भोटदिनेछ भन्ने चाहना राखेर उनले उक्त वयान दिएको हुनसक्ने बताउँदै यस्तो अवस्थाबाट पनि पहाडवासी सचेत हुनपर्ने डा. छेत्रीले आह्वान गरेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad